• ८ मंसिर २०८१, शनिबार

दस अर्बको विकास ऋणपत्र बिक्री गरिँदै

blog

काठमाडौँ, असार ५ गते । नेपाल राष्ट्र बैङ्कले १० अर्बको छ वर्ष अवधिको विकास ऋणपत्र जारी गर्ने भएको छ । विकास ऋणपत्र २०८६ (ङ) बोलकबोल प्रक्रियाद्वारा निष्कासन गरिने राष्ट्र बैङ्कले जनाएको छ ।

असार ५ गते बोलकबोल हुने विकास ऋणपत्रमा बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले बोलकबोलमार्फत खरिद गर्न सक्ने सोमबार जारी गरिएको सर्कुलरमा उल्लेख छ । यो ऋणपत्र धितो राखी कर्जा लिनदिन पाइने बताइएको छ ।

२०८० असार ५ गते अपराह्न ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र खरिद गर्न चाहनेले नेपाल राष्ट्र बैङ्कको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । असार ६ गते निष्कासन हुने विकास ऋणपत्र २०८६ असार ६ गते परिपक्व हुने छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने राष्ट्र बैङ्कले जनाएको छ ।