• १६ वैशाख २०८३, बुधबार

टिप्पर दुर्घटनामा तीन जना गम्भीर घाइते

blog

दुर्घटनामा परेको टिप्पर ।

बोमलाल गिरी

नवलपुर, वैशाख १६ गते । चुनढुङ्गा लोड गरेको टिप्पर नवलपुरमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

विनयी त्रिवेणी गाउँपालिका–५, खाम्चास्थित भित्री सडक खण्डमा सर्वाेत्तम सिमेन्टको खानीदेखि पश्चिम परासीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ख. ८७२१ नम्बरको टिप्पर अनियन्त्रित भई सडकबाट अन्दाजी ७० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा टिप्पर चालक रूपन्देहीको तिलोतमा नगरपालिकाका ४७ वर्षीय बाबुराज भट्टराई, पाल्पा माछागडी गाउँपालिका–७, मटेरीका ३५ वर्षीय कुलबहादुर ढेगा र बिनयी त्रिवेणी–५, चिडीयाका २६ वर्षीय टोपबहादुर राना घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो । 

घाइतेहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर पठाएको पण्डितले बताउनुभयो ।