अवैधानिक नेपाली श्रमिकलाई वैधानिक बनाउने पहल
वैदेशिक रोजगारीमा रहेका वैधानिक कागजात नभएका (अनडकुमेन्टेड) नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कागजातविहीन भएर बस्दै आएका नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालिएको हो ।
नयाँ आवधिक योजनाका लागि सुझाव सङ्कलन थालियो
राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजनाको अवधारणपत्र तयार पार्नका लागि सुझाव सङ्कलन थालेको छ।
अर्थ मन्त्रालयले सुरु गर्यो बजेट कार्यान्वयनको पूर्व तयारी
बिहीबार मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवसँग छलफल गरेको छ ।
नगरको समग्र विकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री कुर्मी
मधेश प्रदेशका वन तथा वातावरणमन्त्री रवीन्द्रप्रसाद कुर्मीले वातावरण संरक्षणको लागि सबैले वृक्षारोपण गर्नुपर्ने बताउनुभएको छ।
भोजपुर नगरपालिकाको बजेट ६४ करोड
भोजपुर नगरपालिकाले आव २०८०/०८१ को आठौँ नगर सभाबाट नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ।
भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्ने बढे
भैरहवा भन्सार कार्यालयले गत जेठ १६ गतेदेखि एक सयभन्दा बढी मूल्यको समान ल्याउँदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ ।
‘ब्रोइलर’ कुखुराको मासु अभाव
नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत किसानले कुखुरा पाल्न छाडेका छन् ।
तरकारी र फलफूलमा ‘भ्याट’ नलगाउन माग
उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रतिशत भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् ।
किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल
वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन् ।
तेइस जलविद्युत् आयोजना क्षतिग्रस्त
पूर्वी नेपालमा यही असार १ र २ गते आएको बढीका कारण क्षतिपुग्ने जलविद्युत् आयोजनाको सङ्ख्या २३ पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बुधबार प्रभावित आयोजनाका प्रवर्धकहरूसँग क्षति र अबको योजनाबारे छलफलका व्रmममा २३ आयोजनामा क्षति पुगेको निचोड निकालेको हो ।
स्थानीय तहमा औद्योगिक ग्राम थपिँदै
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले थप सात औद्योगिक ग्राम घोषणा गर्न लागेको छ । प्रत्येक स्थानीय तहमा ग्राम घोषणा गर्ने सरकारको नीति अनुसार थप सात ठाउँमा घोषणा गर्न लागिएको हो । हालसम्म ११३ ग्राम घोषणा भइसकेकामा थप सात ठाउँमा ग्राम घोषणा गर्नका लागि प्रस्ताव मन्त्रीपरिषद्मा पठाएको मन्त्रालयले जनाएको छ । मन्त्रीपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने छ । कालीकोटको रास्कोट नगरपालिका, कालीकोटकै नरहरिनाथ गाउँपालिका, बाँकेको राप्तीसोनारी गाउँपालिका, पाल्पाको रम्भा गाउँपालिका, अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा ग्राम घोषणा गर्न लागिएको हो । यस्तै पर्साको जगतनाथपुर गाउँपालिका, बाराको गढीमाई नगरपालिकामा ग्राम घोषणा हुुन लागेको हो ।
वैदेशिक सहयोग समेत खर्च भएन
प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपुर्याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको छ ।
म्यानपावर कम्पनी नवीकरणमा कडाइ
वार्षिक एक सय श्रमिक वैदेशिक रोजगारीमा पठाउन नसक्ने २४० म्यानपावर कम्पनी खारेजीको जोखिममा परेका छन् । नवीकरणका लागि वार्षिक रूपमा एक सय श्रमिक वैदेशिक रोजगारी पठाउनुपर्ने भए पनि जेठ मसान्तसम्म २४० म्यानपावर कम्पनीले सो सङ्ख्या पु-याउन सकेका छैनन् ।
वीरगन्ज महानगरको बजेट तीन अर्ब एक्काइस करोड
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपियाँको अनुमानित बजेट ल्याएको छ । उपप्रमुख इम्तियाज आलमले बुधबार नगर सभाको १३ औँ अधिवेशनमा उक्त अनुमानित आयव्यय बजेट प्रस्तुत गर्नुभएको हो । कुल बजेटमध्ये चालुतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार रुपियाँ अर्थात् ७७ प्रतिशत र पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपियाँ अर्थात् २२ प्रतिशत बजेट विनियोजन
तीन खर्ब ऋण थपियो दुई खर्ब भुक्तानी
चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म सरकारले तीन खर्ब सार्वजनिक ऋण उठाएको छ । राजस्व सङ्कुचनका कारण स्रोतको दबाबमा रहेको सरकारले चालु आवको सुरुवातदेखि नै खास गरी आन्तरिक ऋण उठाएर व्यवस्थापन गर्दै आएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठसम्म सरकारले दुई खर्ब २० अर्ब ३८ करोड रुपियाँ आन्तरिक ऋण लिएको छ । सोही अवधिमा ७९ अर्ब ६७ करोड बाह्य ऋणसमेत गरेर तीन खर्ब छ करोड रुपियाँ ऋण लिएको कार्यालयले जानकारी दिएको छ ।
कृषि कार्यक्रममा बजेट अभावले अन्योल
अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका केही निकायका बजेट शून्य बनाएपछि मन्त्रालयका अधिकारीहरू चिन्तित बनेका छन् । कृषि मन्त्रालयका लागि बजेट विनियोजन भए पनि सो अन्तर्गत रहेका केही निकायका कार्यक्रममा अर्थ मन्त्रालयले रकम नहालेपछि थप कार्यक्रम अगाडि बढाउन कृषि मन्त्रालय अन्योलमा परेको छ । यस विषयमा कृषिमन्त्री डा. वेदुराम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरिरहनुभएको छ ।
हवाई भाडा घट्यो
नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज हवाई यात्राको भाडा घटाएको हो ।
आर्थिक वृद्धिको धेरै महत्वाकाङ्क्षी लक्ष्य नराख्न विज्ञको सुझाव
राष्ट्रिय योजना आयोगलाई अर्थविद् तथा अन्य विज्ञहरूले आर्थिक वृद्धिको धेरै महत्वाकांक्षी लक्ष्य राख्न नहुने सुझाव दिएका छन् ।
नेपालमा अर्गानिक मल कारखानाको आवश्यकता छ : जनार्दन शर्मा
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्माले नेपालमा अर्गानिक मल कारखानाको आवश्यकता भएको बताउनुभएको छ।
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो।
ऊर्जामन्त्री बस्नेतद्वारा भार प्रेषण केन्द्रको अनुगमन
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतले नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेर देशभरि विद्युत आपूर्तिको अवस्था बारेमा निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
जोगाउनै गाह्रो भयो बुद्धकालीन कालानमक धान
अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन । पाकोस् पनि कसरी रु मर्चवारी–६ स्थित उहाँको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन । उहाँले भन्नुभयो, “कुनै समय साँझ–बिहान कालानमक चामलको भात खाने हाम्रा लागि अब त त्यो चामल बिरानो बन्न थाल्यो ।”
हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड
आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो ।
रासायनिक मल उपलब्ध गराउन माग
युवा किसान सङ्घको राष्ट्रिय भेलाले उत्कल सापकोटाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यही असार ४ र ५ गते काठमाडौँमा सम्पन्न भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।