डरलाग्दो बन्दै ‘लम्पी स्किन’
देशका ७१ जिल्लाका पाँच लाख पशुमा ‘लम्पी स्किन रोग’को सङ्क्रमण देखिएको छ । एक महिनाअघि ३५ जिल्लाका १५ हजार पशुमा देखिएको यो रोगको विस्तार दर डरलाग्दो देखिएको छ । सङ्क्रमणले १० हजार पशु मरेको पशु सेवा विभागले जनाएको छ । विभागका प्रवक्ता चन्द्र ढकालले अघिल्लो दिनसम्म सामान्य रहेका गाई, भैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो र गोलो गाँठा आउने, मुख र नाकमा घाउ हुने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्किएमा पशु प्राविधिकलाई बोलाउन सल्लाह दिनुभयो ।
टिभिएसको स्कुटरमा नेपाली टायर
भारतीय मोटरसाइकल तथा स्कुटर उत्पादक टिभिएस मोटर कम्पनीले उत्पादन गर्ने एन्टर्क स्कुटरमा नेपाली टायर प्रयोग हुन थालेको छ । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टिभिएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको हो । प्राविधिक रूपमा नेपाली सडक सुहाउँदो तरिकाले डिजाइन गरिएको सो टायर सुक्खा र चिसो सडकका साथै अफरोडमा समेत सहज तरिकाले प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । १००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर गुणस्तरीय र किफायती भएको कम्पनीको दाबी छ । रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धन खपतमा कमी ल्याउन पनि सहयोग गर्ने तथा अहिले बिव्रmीपछिको सेवाका लागि आवश्यक टायरका रूपमा यो टायर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
एनसेलद्वारा दाबी खारेजी पुष्टि
एनसेलको स्वामित्व खरिदबिक्रीमा नेपाल सरकारले निर्धारण गरेको पुँजीगत लाभकरविरुद्ध अन्तर्राष्ट्रिय न्यायाधिकरणमा गरेको दाबी खारेज भएको कम्पनीले पुष्टि गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आइसिएसआइडी) मा दर्ता गराएको दाबी यही जेठ २६ गते खारेज गर्ने निर्णय गरेको उल्लेख गरेको हो ।
अवैध रासायनिक मल भित्रिने क्रम बढ्दो
नियन्त्रणमा लिइएको अवैध रासायनिक मल [युरिया] राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो ।
खडेरीले बारीमै सुके मकै, धानको ब्याडमा धाँजा फाट्यो
लामो समयसम्म खडेरी हुँदा किसानले लगाएको मकै बाली सुक्न थालेको छ भने खेतमा राखिएको ब्याडमा धाँजा फाटेको छ । मकैको झार गोड्नुपर्ने समयमा मकैका बोट खडेरीका कारण सुक्न थालेपछि किसान चिन्तित भएका छन् । दाङको घोराहीमा करिब तीन साताअघि लगाइएका मकै तरकारीका बेर्ना पानी नपर्दा बारीमै सुक्न थालेका छन् ।
आलु र प्याजमा लगाइएको भ्याट फिर्ता गर्न व्यवसायीको माग
आलुु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् । नेपाल कृषि उपज आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घले सोमबार पत्रकार सम्मेलन गरेर बजेटमार्फत लगाइएको भ्याटका कारण आलु, प्याज महँगो भई उपभोक्ता मारमा पर्ने भन्दै खारेज गर्न माग गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आलु, प्याजको आयातमा भ्याट लगाउने व्यवस्था गरेको थियो ।
बैङ्कहरू सहर केन्द्रित हुँदा ग्रामीण अर्थतन्त्रमा चुनौती : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बैङ्क तथा वित्तीय संस्थाहरू सहर केन्द्रित भएको बताउनुभएको छ ।
नयाँ स्टक र ब्रोकर लाइसेन्सबारे धितोपत्र बोर्डसँग जवाफ माग्ने अर्थ समितिको निर्णय
सरकारको निर्देशनपछि रोकिएको नयाँ स्टक एक्सचेन्जको अनुमति (स्टक लाइसेन्स) र नेपाल धितोपत्र बोर्डले अघि बढाइसकेको नयाँ धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्रक्रियाबारे प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले बोर्डसँग जवाफ माग्ने भएको छ ।
अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट आएको छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको बताउनुभएको छ ।
बीमाको रकम नपाएपछि तनहुँमा किसान आन्दोलित
क्षति पुगेको बीमा रकम नपाएपछि तनहुँका पीडित किसान आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सदरमुकाम दमौलीमा विरोध प्रदर्शन गर्दै बीमा क्षतिको रकम उपलब्ध गराउने व्यवस्था मिलाइ दिन माग राखेका छन् ।
उच्च पाटन तिर लागे चौँरी गाई
हिमालपारिको गाउँ लिमीबाट चौँरी गाई उच्च पाटनतर्फ लगिएका छन् । पाटनमा जमेको हिउँ पग्लिनु र त्यहाँ घाँस उम्रिन थालेपछि पालनकै लागि चौँरी गाई पाटनमा लगिएका हुन ।
मध्यपहाडी लोकमार्गमा सत्र सय किमी फाइबर विस्तार
पाँचथरदेखि दार्चुलासम्म फैलिएको मध्यपहाडी लोकमार्गको विभिन्न खण्डमा गरी हालसम्म एक हजार सात सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ । देशैभर उच्च गतिको इन्टरनेट उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण परियोजना अन्तर्गत अप्टिकल फाइबर बिछ्याइएको हो ।
सेयर बजारमा उच्च सुधार
लगातार सुधारिएको सेयर बजार दुई हजारको बिन्दुनजिक पुगेको छ । साताको पहिलो दिन आइतबार ४० अङ्कले सुधारिएको सेयर बजारमा कारोबार रकम पनि साढे तीन अर्बनजिक पुगेको छ । गत सोमबारदेखि लगातार सुधारिएको बजार चौथो दिन पनि उकालो लागेको हो ।
पहाडमा पनि फल्यो तराईको तरबुजा
बाजुराका एक किसानले तराईको गर्मीमा फल्ने तरबुजा पहाडको चिसो ठाउँमा समेत फलाउन सफल हुनुभएको छ । बुढीगङ्गा नगरपालिका–१०, देउमाण्डौका स्थानीय भोलाराम जैसीले तराईमा फल्ने तरबुजा पहिलो पटक पहाडमा फलाउनुभएको हो ।
बालश्रम अन्त्य कागजमै सीमित
“भाँडा उठाउँदा हुन्छ नि हजुर ?” कालीमाटी रोडमा पर्ने चिया खाजा पसलमा काम गर्ने रमण भाइलाई भाडा उठाउन सधैँ यस्तै हतार हुन्छ । साहुल जुठा भाँडा टेबुलमै देख्नुभयो भने मलाई पिट्नुहुन्छ, अमिलो मन बनाउँदै रमणले भन्नुभयो । पूरा नाम भन्न नमान्ने रमण देख्दा १०/११ वर्ष जस्ता देखिनुहुन्छ तर उहाँले उमेर बढाएर १६/१७ वर्ष भन्ने गर्नुभएको छ ।
आजदेखि विज्ञान तथा प्रविधि सम्मेलन
‘स्वच्छ र स्वस्थ आहार एवं दिगो खाद्य प्रणालीका लागि खाद्य विज्ञान र नवप्रवर्तन’ मूल नाराका साथ नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन हुने भएको छ । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फिड द फ्युचर फुड सिस्टम फर न्युट्रेसन इनोभेसन ल्याब एट टफ्ट युनिभर्सिटीको संयुक्त आयोजनामा सोमबारदेखि सुरु हुने सो सम्मेलन मङ्गलबारसम्म चल्ने छ ।
दुर्गम जिल्लामा थप सत्ताइस हजार क्विन्टल चामल पठाइँदै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थप माग आएका दुर्गम जिल्लाबाट २७ हजार क्विन्टल चामल ढुवानी गर्न लागेको हो । चालु आर्थिक वर्षका लागि स्वीकृत कोटाले अपुग भएपछि १२ जिल्लाबाट थप माग आएकामा कम्पनीले २६ हजार ९७० क्विन्टल चामल पठाउन लागेको हो । खाद्यान्न अभाव भएपछि ती जिल्लाबाट चामलको माग आएको हो । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले १२ जिल्लाबाट ४३ हजार १७० क्विन्टल चामलको माग आएकामा २६ हजार क्विन्टल चामल पठाउन लागिएको जानकारी दिनुभयो ।
बजेटको प्रभावकारी कार्यान्वयन जरुरी छ : सांसद थापा
सांसद गगनकुमार थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
बिक्दैनन् फलफूलका बिरुवा
गुल्मीको रेसुङ्गा नगरपालिका –९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उहाँ बिरुवा उत्पादनमा सक्रिय हुनुहुन्छ ।
धितोपत्र बजार पुँजीकरण साढे छब्बिस खर्ब
चालु आर्थिक वर्षको वैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण २६ खर्ब ५७ अर्ब ७६ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बजार पुँजीकरण ३३ खर्ब ४३ अर्ब ५६ करोड रुपियाँ रहेको थियो । नेपाल राष्ट्र बैङ्कले शुक्रबार प्रकाशित गरेको चालु आव २०७९/८० को १० महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार २०८० वैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २५३ पुगेको छ ।
भैँसी नस्ल सुधारका कारण दुधमा वृद्धि
दुध उत्पादनमा वृद्धि तथा आत्मनिर्भरका लागि नस्ल सुधारका लागि सरकारले भारतबाट १५ वटा मुर्रा जातका राँगा ल्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्याङ्क अनुसार नेपालमा दुध दिने भैँसीको सङ्ख्या १६ लाख ३० हजार ६४२ रहेका छन् । नेपालमा लिमे, पारकोटे र गड्डीलगायत स्थानीय जातका भैँसी छन् । नेपालमा उन्नत जातका मुर्रा र निलिराभी भैँसी रहेका छन् तर ती मुर्रा जातका भैँसी क्रस भैँसीपालन गरिँदै आएको छ । पछिल्लो समय नेपालमा व्यावसायिक रूपमा भैँसीपालन गर्ने क्रम दिन प्रतिदिन बढ्दै गएको छ ।
न्यु खिम्ती सबस्टेसनको बिजुली रामेछापमा जोडिने
आफ्नै जिल्लामा ठुला ठुला जलविद्युत् आयोजना बने पनि ढल्केबर र सिन्धुपाल्चोकस्थित लामोसाँघुको बिजुली प्रयोग गर्नुपर्ने रामेछापका नागरिकको बाध्यता अब भने हट्ने भएको छ । अबको केही दिनमा रामेछाप जिल्लामा न्यु खिम्ती सबस्टेसनको लाइन जोडिने भएको हो । न्यु खिम्ती सबस्टेसनको लाइन रामेछाप जोड्ने तयारी अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
पाँचखालमा महिला औद्योगिक ग्राम बनाइने
सरकारले काभ्रेको पाँचखाल नगरपालिकामा महिला औद्योगिक ग्राम निर्माण गर्ने भएको छ । स्थानीय कच्चा पदार्थमा आधारित उद्योग महिलाले नै सञ्चालन गर्ने गरी महिला औद्योगिक ग्राम बनाउन लागिएको हो । हालै मन्त्रीपरिषद्को बैठकले पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गर्ने गरी निर्णयसमेत गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत काभ्रेको पाँचखालमा निर्माणाधीन औद्योगिक ग्रामलाई महिला उद्यम ग्रामका रूपमा नामकरण गरी महिला उद्यमीलाई उद्योग सञ्चालन गर्न प्रोत्साहित गरिने घोषणा गरेको छ । सो ग्राम निर्माणका लागि बजेटमार्फत ४१ करोड रुपियाँ समेत विनियोजन गरेको छ ।
कर र भ्याट हटाउन सरकारसँग माग
पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था गरेको कर र भ्याट हटाउन सरकारसँग माग गरेका छन् । पर्यटनसँग सम्बन्धित १५ वटा संस्थाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पाँच तारे होटलमा लगाएको विलासिता कर, विदेश घुम्न जाने नेपालीलाई लगाएको वैदेशिक पर्यटन शुल्क र हवाई टिकटमा लगाएको मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेका हुन् ।