कार्गो रेलको सुविधाले ढुवानी लागत घट्ने
भारतको विशाखापट्नमबाट नेपालको विराटनगरसम्म रेल कार्गाे सिधै आउँदा ढुवानी लागत २५ प्रतिशत सस्तो हुने भएको छ । हालै भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा व्रmममा भएको नेपाल–भारत पारवहन सन्धिको पुनरवलोकनसँगै नेपालको विराटनगरसम्म रेल आउँदा ढुवानी लागत बचत हुने भएको हो । यसअघि विशाखापट्नमबाट वीरगन्ज सुक्खा बन्दरगाहसम्म मात्र रेल आउने गरेको थियो ।
वाणिज्य बैङ्क र एनटिभीबिच सम्झौता
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र नेपाल टेलिभिजनबिच व्यवसाय प्रवर्धन गर्न टिभिसी प्रसारण गर्ने सम्झौता भएको छ । आइतबार आयोजित कार्यक्रममा बैङ्क का प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले हस्ताक्षर गर्नुभएको हो । सम्झौतापछि राष्ट्रिय वाणिज्य बैङ्कले उपलब्ध गराएको टिभिसी नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बिचमा प्रसारण गर्ने छ ।
भारतबाट मुर्रा राँगा ल्याउने प्रक्रिया सुरु
भारतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणका क्रममा नेपाललाई मुर्रा जातका राँगा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । भारतसँग पाँच वर्षअगाडि नै यससम्बन्धी सहमति भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सन् २०१८ मा नेपालमा भएको नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्यसमूहको बैठकमा सो निर्णय भएको थियो ।
गलकोटमा रोपाइँको चटारो
बागलुङको गलकोटका किसानलाई असार नलाग्दै रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ ।
भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा
जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरी खोलामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ ।
अर्थतन्त्रको सङ्कटकालीन अवस्थालाई सम्हाल्ने बजेट छ : अर्थविद्
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अर्थतन्त्रको सङ्कटकालीन अवस्थालाई सम्हाल्न केही मद्दत गर्ने अर्थविद्हरूले बताउनुभएको छ ।
चालीस वर्षपछि नारायणी लिफ्टको मोटर फेरियो
पश्चिम चितवनमा सिचाइ गर्न नारायणी नदीको पानी तान्न बनाएको मोटर चालिस वर्षपछि फेरिएको छ ।
सेती जलविद्युत् आयोजना अन्तिम चरणमा
कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो ।
तीन दिन यता विद्युत अवरोध
कालिकोट जिल्लामा तिन यता बिद्युत् सेवा पुर्ण रुपमा बन्द भएको छ । राष्ट्रिय प्रसारण लाइन दुल्लु यताको लाइन अवरोध हुँदा कालिकोट जिल्ला विद्युत विहीन भएको हो । दैलेख खण्डमा एक पोल ढलेका कारणले तीन दिन यता विद्युत बन्द भएको जनाइएको छ ।
अर्थतन्त्रले निकास पाउनेमा आशङ्का
आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटले मन्दीमा रहेको अर्थतन्त्रलाई निकास दिनेमा नेपाल उद्योग परिसङ्घले आशङ्का व्यक्त गरेको छ । पुँजीगत खर्च बढाउनुपर्नेमा त्यसलाई नै सङ्कुचित पारिएको तथा कर नीतिमा अस्थिरतालगायतका केही कमजोर व्यवस्थाका कारण माग सिर्जना गर्ने, पुँजी प्रवाहलाई बलियो बनाउनेमा आशङ्का रहेको परिसङ्घले जनाएको हो ।
डेढ लाखलाई पाँच अर्ब ७७ करोड पुनर्कर्जा
नेपाल राष्ट्र बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जातर्फको लगानी २०७९ चैत मसान्तमा पाँच अर्ब ७७ करोड रुपियाँ रहेको छ । २०७९ चैत मसान्तमा एक लाख ४७ हजार ८०७ ऋणीलाई प्रवाह भएको दुई खर्ब पाँच अर्ब ११ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार दुई सय ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६५ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ७५१ महिला उद्यमीलाई प्रवाह भएको ६२ अर्ब २८ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ ।
सुनको मूल्य तोलामा पाँच हजार वृद्धि
पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रुपियाँले बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख आठ हजार एक रुपियाँमा कारोबार भएको सुनको मूल्य अन्तिम दिन शुक्रबार तोलामा पाँच हजार दुई सय रुपियाँले बढेर एक लाख १३ हजार तीन सय रुपियाँमा कारोबार भएको हो ।
भारतले दिने भयो पन्ध्र वटा मुर्रा जातका भैँसी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका व्रmममा भएको सहमति अनुसार नेपालले १५ वटा मुर्रा जातका भैँसी पाउने भएको छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुभएका बेला दुवै पक्षको बिचमा भएको छलफलबाट भारतले नेपाललाई मुर्रा भैँसी दिने सहमति भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिर्नुपर्ने
वार्षिक ६० लाख रुपियाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आयकरको ‘स्ल्याब’ मा परिवर्तन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । बजेटमा गरिएको व्यवस्था अनुसार आयकर ऐनमा संशोधन गर्दै सरकारले ६० लाख रुपियाँ करयोग्य आयमा एकल व्यक्तिको हकमा सो व्यवस्था गरेको हो । दम्पतीको हकमा भने उक्त बराबरको आयमा १८ लाख २६ हजार रुपियाँ तिर्नुपर्ने छ ।
आर्थिक हिसाबले मुलुक अप्ठ्यारो अवस्थामा छ : पूर्व अर्थमन्त्री पाण्डे
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको बताउनुभएको छ । स्व.डा.गोविन्दबहादुर थापाद्वारा लिखित अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकार्पण कार्यक्रममा शनिबार उहाँले सो कुरा बताउनुभएको हो ।
कफी प्रशोधन र प्याकेजिङमा असल अभ्यास
सरकारले कफीको गुणस्तरीय उत्पादन र निर्यात प्रवर्धनमा सहयोग पुग्ने गरी देशमै पहिलो पटक कफी प्रशोधन तथा प्याकेजिङमा असल अभ्यास लागू गर्ने भएको छ । ‘स्वच्छ तथा गुणस्तरीय कफीको प्रशोधन र प्याकेजिङसम्बन्धी निर्देशिका, २०८०’ को मस्यौदालाई कफी क्षेत्रका विभिन्न सरोकारवाला निकायसँगको चरणबद्ध परामर्शपछि शुक्रबार आयोजित कार्यक्रममा अन्तिम रूप दिइएको हो ।
बजेटप्रति पर्यटन व्यवसायी असन्तुष्ट
सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र८१ को बजेटप्रति पर्यटन व्यवसायीले असन्तुष्टि जनाएका छन् । पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्ने बजेट नआएको जनाउँदै पर्यटन व्यवसायीले आगामी आवमा पर्यटन प्रवर्धनमा कुनै उपलब्धि नहुने दाबी गरेका छन् । सरकारले आगामी आवका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयतर्फ ११ अर्ब ९६ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । विनियोजन गरिएको बजेटले नयाँ गन्तव्यको विस्तार, पर्यटन पूर्वाधार निर्माण, पर्यटन व्यवसायीलाई राहतलगायत पर्यटक आउने वातावरण नै नरहेको व्यवसायीहरूको भनाइ छ ।
रु. ६३६ मा असीमित कल
नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न सक्ने सुविधा ल्याएको छ । ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ नाम दिइएको उक्त प्याकेजको खरिदमा प्रयोगकर्ताले त्यससँगै अन्य नेटवर्कमा एक सय मिनेट कल र कम्पनीकै नेटवर्कभित्र १५० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराएको छ ।
नक्कली ‘वर्क परमिट’ बनाउने सक्रिय
वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय भएकोे जनाएको छ । विभागका अनुसार आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै उक्त गिरोहले नक्कली ‘वर्क परमिट’ बनाएर ठगी गर्ने गरेको पाइएको हो ।
दुध दिवसमा बोर्ड खारेजीकै चर्चा
‘दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ बिहीबार २३ औँ विश्व दुध दिवस मनाइएको छ । दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा छलफल दुधको हुनुपथ्र्याे तर राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजीको विषयमा नै चर्चा भयो ।
सम्झौताबाट निजी क्षेत्र उत्साहित
काठमाडौँ, जेठ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौताबाट निजी क्षेत्र उत्साहित भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका कोषाध्यक्ष निरक केसी, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्य र होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले दुई देशबिच आर्थिक विकासको नयाँ आधार तयार भएको बताउनुभयो।
दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ ।
नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन : बोर्ड अध्यक्ष केसी
चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ ।
सुदूरपश्चिमलाई सरकारबाट १४ अर्ब बजेट
सुदूरपश्चिम प्रदेशका लागि सङ्घीय सरकारले १४ अर्ब ४२ करोड १९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा सङ्घीय सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत सो बजेटको व्यवस्था गरेको हो ।