अवैध भित्रिएका भारतीय गुणस्तरहीन खाने तेल बजारमा छ्यापछ्याप्ती
बाँकेको सहरी तथा ग्रामीण क्षेत्रका बजारमा भारतबाट अवैध रूपमा भित्रिएका खाने तेल बिक्रीका लागि खुला रूपमा राख्ने गरिएको पाइएको छ ।
पाँच महिनामा भित्रिए चार लाखभन्दा बढी पर्यटक
सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार २५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् ।
भियतनामलाई लगानीको आग्रह
नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि भियतनामसमक्ष आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारत भ्रमणमा रहेको चेम्बर पदाधिकारी टोलीले नेपाल भुटान र भारतका लागि भियतनामका राजदूत न्गुयेन थान हायसँग छुट्टै भेटवार्ता गरेको थियो । हायसँगको भेटवार्ताका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल भियतनामबिच व्यापार अभिवृद्धि, लगानी प्रवर्धन, पर्यटन जस्ता क्षेत्रमा सहकार्य गर्नुपर्ने बताउनुभएको चेम्बरले जनाएको छ ।
दक्षिण कोरियामा कोटा थप्न छलफल
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकको कोटा थप गर्ने विषयमा कोरिया सरकार सकारात्मक रहेको बताइएको छ । दक्षिण कोरिया सरकारको मानव स्रोत व्यवस्थापन सेवाको आयोजनामा जेठ १२ देखि १९ सम्म इपिएसमार्फत कोरियामा पठाउने नेपाल र श्रमिक लिने देश कोरियाबिच भएको छलफलमा कोरियाली पक्ष नेपाली श्रमिकको कोटा बढाउन सकारात्मक भएको हो ।
खुला हृदयले लगानी गर्न प्रमको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ। आज साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको ‘बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गर्नुभएको हो।
मर्स्याङ्दी जलविद्युत् केन्द्रको विजुली उत्पादन बढ्यो
र्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित विजुली वृद्धि हुन थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट विजुली उत्पादन वृद्धि हुन थालेको हो ।
आर्थिक ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल
सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रदेश सभामा छलफल गरिएको छ। आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीको प्रस्तावमा सो विधेयकमाथि छलफल गरिएको हो।
भाटभटेनीमा म्याद गुज्रेको सामान
भरतपुरको भाटभटेनी तथा जुस पसलमा म्याद गुज्रेका सामग्री र अखाद्य वस्तु फेला परेको छ ।
गाउँमै चोयाचित्रो उद्योग स्थापना
झिमरुक गाउँपालिका–५ की शर्मिला थापाको दैनिकी अहिले फेरिएको छ । घरायसी काम र खेतबारीका काममा व्यस्त हुने शर्मिला अहिले भने गाउँमै चोयाचित्रोको सिप सिक्न व्यस्त हुनुहुन्छ । बिहान खाना खाएपछि उहाँ गाउँको सामुदायिक भवनमा पुगेर बाँसका सामग्री बनाउन थाल्नु हुन्छ ।
इन्धन भण्डारण : मधेशमा धेरै, कर्णालीमा न्यून
पेट्रोलियम पदार्थको भण्डारण क्षमता सबैभन्दा धेरै मधेश प्रदेशमा र न्यून कर्णाली प्रदेशमा रहेको छ । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपाल आयल निगमका प्रादेशिक भण्डारण केन्द्रमध्येमा मधेश प्रदेशमा १२ दिनसम्मको माग धान्नका लागि २४ हजार ३६२ किलोलिटर पेट्रोलियम पदार्थको भण्डारण क्षमता रहेको छ । कर्णाली प्रदेशमा दुई दिनसम्मका लागि १२६ किलोलिटर भण्डारण क्षमता रहेको छ । यस्तै बागमती प्रदेशमा १३ दिनको माग धान्ने गरी २२ हजार २८८ किलोलिटर भण्डारण क्षमता रहेको छ । यस्तै लुम्बिनी प्रदेशमा पाँच दिनका लागि सात हजार ९४८ किलोलिटर भण्डारण क्षमता रहेको छ । यस्तै गण्डकी प्रदेशमा ११ दिनलाई पुग्ने तीन हजार ५०४ किलोलिटर भण्डारण क्षमता रहेको छ ।
करको दरमा निजी संस्थाको असन्तुष्टि
आगामी आर्थिक वर्ष २०८०/८१ को घोषित बजेटले गरेको करका दर हेरफेरप्रति विभिन्न निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले असन्तुष्टि जनाएका छन् । होटल सङ्घ नेपाल, समुद्रपार निकासी पैठारी सङ्घ र नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घले करका दर वृद्धिका कारण आफ्नो क्षेत्रको उद्यमशीलता र प्रतिस्पर्धी क्षमता कमजोर हुने भन्दै बजेटको आलोचना गरेका हुन् ।
‘राजस्वका दर स्वार्थप्रेरित छैन’
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमार्फत गरिएको करको दरको परिवर्तन कसैको स्वार्थ पूरा गर्नका लागि नभएको प्रस्ट पार्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको आगामी बजेट घोषणापछिको छलफल कार्यक्रममा उहाँले कर निर्धारणमा आफूले अर्थतन्त्रको विस्तार तथा निजी लगानी प्रवर्धनलाई केन्द्रमा राखेको बताउनुभयो । “राजस्वका कुनै पनि दरको हेरफेर स्वार्थप्रेरित छैन,” उहाँले भन्नुभयो ।
भन्सार महसुल दर बढेसँगै सुनको मूल्य उच्च
स्थानीय बजारमा सुनको मूल्य बढेर प्रतितोला एक लाख १२ हजार रुपियाँ नाघेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सुनको भन्सार महसुल बढाइएसँगै सुनको मूल्य बढेको हो । बजेटमा १५ प्रतिशत सुनको भन्सार बढेको छ । बुधबार सुन तोलामा एक हजार पाँच सय रुपियाँले बढेर एक लाख १२ हजार रुपियाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज विश्व दूध दिवस मनाइँदै
आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
रोकिएन वैदेशिक रोजगारीको ठगी
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीबाट ठगिने गरेका छन् । अझ पछिल्लो पटक त शैक्षिक परामर्श दिने नाममा खोलिएका कन्सल्टेन्सीले ठूलो परिणाममा रकम ठगी गर्न थालेका छन् ।
विश्व बैङ्कद्वारा नेपाललाई ऋण र अनुदान सहयोग
नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
नेप्सेमा ३८ दशमलव ८३ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ।
सरकारको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन : पूर्व अर्थमन्त्री खतिवडा
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताउनुभएको छ ।
सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिनुभएको छ ।
तरकारी खेतीमा रमाउँदै युवा कृषक
वीरेन्द्रनगर नगरपालिका–९ की ३० वर्षीय आशा घिमिरे पाँच वर्षदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न हुनुहुन्छ। दुई बिघा जग्गामा गरिएको मौसमी र बेमौसमी तरकारी खेतीबाट घिमिरेले तरकारी बेचेर वार्षिक सरदर आठ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ। आधुनिक तरिकाले खेती गर्न थालेपछि उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा बढेको घिमिरेले बताउनुभयो।
‘बजेट राम्रो तर कार्यान्वयनमा चुनौती’
आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेटप्रति बाँकेका उद्योगी व्यवसायीले सकारात्मक प्रतिक्रिया दिँदै कार्यान्वयनमा चुनौती र शङ्का व्यक्त गरेका छन् । जिल्लाका अधिकांश उद्योगी व्यवसायीले आर्थिक सङ्कटको समयमा आएको यो बजेटले कागजमा देशको अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरेको देखिए पनि कार्यान्वयन निकै चुनौतीपूर्ण रहेकाले कार्यान्वयनमा शङ्का व्यक्त गरेका हुन् ।
आर्थिक वृद्धिको लक्ष्य महत्त्वाकाङ्क्षी : चेम्बर
नेपाल चम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन चुनौतीपूर्ण रहेको जनाएको छ । आव २०८०/८१ का लागि सरकारले ल्याएको १७ खर्ब ५१ अर्व ३१ करोड रुपियाँको बजेटको स्रोत सुनिश्चितता र आर्थिक वृद्धिको लक्ष्य प्राप्ति चुनौतीपूर्ण र महत्त्वाकाङ्क्षी रहेको जनाएको छ ।
नेपालमा उत्पादित तेल महँगो हुने
नेपालका तेल उत्पादन उद्योगीहरूले कच्चा तेल (क्रुड आयल) को भन्सार वृद्धि गरेसँगै नेपालमा उत्पादित सबै प्रकारका प्रशोधित तेल महँगो हुने बताएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रस्तुत बजेटमा कच्चा तेलको भन्सार १० प्रतिशत पु-याउने निर्णयसँगै नेपालमा उत्पादित प्रशोधित तेलको भाउ महँगो हुने भएको हो । नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घका अध्यक्ष सन्दीप अग्रवालले सरकारको बजेटबाट स्वदेशमा सञ्चालित
सेयर बजारमा उच्च गिरावट
सरकारले बजेट सार्वजनिक गरेपछिको सेयर बजारमा उच्च गिरावट आएको छ । धितोपत्र बजारमा आयकर र पुँजीगत लाभ करको विषयमा अन्योल देखिएका कारण सेयर बजारमा पहिरो गएको हो । साताको तेस्रो दिन मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक ५३.१६ अङ्कले ओरालो लागेर एक हजार ८८८.६१ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ८.७२ अङ्कले ओरालो लागेर ३६०.७१ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से २.७४ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि २.३६ प्रतिशतले ओरालो लागेको छ । आइतबार १७.३८ अङ्कको गिरावट आएको सेयर बजारमा सोमबार सार्वजनिक बजेटपछि मङ्गलबार उच्च गिरावट आएको हो ।