चलचित्रको आम्दानी अव मासिक रुपमा सार्वजनिक
चलचित्रबाट भएको आम्दानी वैशाखदेखि मासिक रूपमा सार्वजनिक गरिने भएको छ । चलचित्र विकास बोर्डले आम्दानी कति भयो भनी यकिन गर्न अव मासिक रूपमै सार्वजनिक गर्ने भएको हो ।
उकालो चढ्दै चौँरी गाई (फोटो फिचर)
हिमाली काखमा रमाउने सुन्दर प्राणी हुन् चौँरी गाई । चौँरीका बथानले हिमालको सौन्दर्यतामा थप मोहकता थपिदिन्छ । चौँरी नभए हिमाली आकर्षणको साख नै घट्छ ।
दूध अभावपछि भारतबाट ल्याउन मागियो अनुमति
दूध अभाव भएपछि सरकारी तथा निजी डेरी उद्योगीहरूले भारतबाट दूध, एसएनपी (धुलो दूध) र बटर ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति माग गरेका छन् । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, निजी क्षेत्रका नेपाल डेरी एसोसिएसन र नेपाल डेरी उद्योग सङ्घले कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डमा निवेदन दिएका छन् ।
निगमको आम्दानी घट्दो
नेपाल वायुसेवा निगमको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा ३६ प्रतिशतले घटेको छ । महालेखा परीक्षकको ६०औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको गत वर्षको सञ्चालन आम्दानी १४ अर्ब ४१ करोड ८३ लाख रुपियाँ रहेकोमा यो वर्ष ३६.८३ प्रतिशतले घटेर नौ अर्ब १० करोड ९२ लाख रुपियाँ पुगेको छ ।
किसानलाई आलु रोप्ने चटारो
दैलेखमा आलुको पकेट क्षेत्र मानिने गुराँस गाउँपालिकाका तरकारी किसानलाई आलु रोप्ने चटारो बढेको छ । यहाँका किसानहरू अहिले बारीमा आलु रोप्न व्यस्त देखिन्छन् । कोही मल बोक्दै, कोही डल्ला फोर्दै, कोही जोत्दै त कोही बिउ लगाउँदै गर्दा किसानलाई फुर्सद छैन ।
चार वर्षदेखि नाका नखुल्दा सुनसान बन्यो लप्ची
चीनसँग सीमा जोडिएको दोलखाको बिगु गाउँपालिका–१ को लप्चीमा रहेको सीमा नाका चार वर्षदेखि कोभिड महामारीको कारण देखाउँदै बन्द गरिएकाले सास्ती भोगिरहेका लप्चीवासीहरू धमाधम बसाइसराइ गर्न थालेका छन् ।
कुल आम्दानी चालु खर्चलाई मात्र ठिक्क
चालु वर्षको तेस्रो त्रैमास पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चबीचको असन्तुलन झन् विस्तार हुँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चैतसम्मको सरकारको कुल प्राप्ति र खर्चबीचमा दुई खर्ब २२ अर्ब रुपियाँ बराबरको खाडल देखिएको हो । कार्यालयका अनुसार चैतसम्म सरकारले सात खर्ब २४ अर्ब ४७ करोड रुपियाँ प्राप्त गर्दा नौ खर्ब ४३ अर्ब पाँच करोड रुपियाँ खर्च गरेको छ । लक्ष्यअनुसार आम्दानी बढ्न नसक्दा सरकारको कुल आम्दानी साधारण प्रकृतिको चालु खर्चका लागि मात्र पर्याप्त हुने अवस्था सिर्जना भएको छ ।
चैत महिनामा बढ्यो वैदेशिक लगानी
चालु आर्थिक वर्षको चैत महिनामा वैदेशिक लगानी प्रतिबद्धता ह्वात्तै बढेको छ । विश्वमा देखा परेको आर्थिक सङ्कटका कारण घट्दै गएको वैदेशिक लगानी प्रतिबद्धता चैत महिनामा आएर एक्कासि बढेको हो । उद्योग विभागका तथ्याङ्कअनुसार चैत महिनामा ३३ वटा परियोजनामार्फत सात अर्ब ५५ करोड १८ लाख रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । अन्य महिनाको तुलनामा चैत महिनामा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
स्थानीय तहबाटै श्रम स्वीकृति
सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट भर्न सकिने व्यवस्था गरेको छ । वैशाख १/२ गते सार्वजनिक बिदा परेकाले ३ गतेबाट स्थानीय पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत अनलाइन आवेदनको सेवा लिन सकिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको महिना मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गर्ने निर्णय थियो । श्रम मन्त्रालयको उक्त निर्णयअनुसार २०८० वैशाख ३ गतेबाट पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिन थालिएको हो ।
हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन
ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधीन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन गरिएको छ ।
फर्केर हेर्दा २०७९ को अर्थतन्त्र
राजश्व संकलन र पुँजीगत खर्चको नाजुक अवस्था र अर्थतन्त्रका सूचकमा देखिएको दबाबबीच २०७९ साल सकिएको छ।
सरकारको आम्दानीभन्दा खर्च धेरै
चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु दुई खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो ।
स्याङ्जामा २६ करोडभन्दा बढी बेरुजु
महालेखापरिक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षभन्दा ५३ लाख ११ हजार बढेर २६ करोड ५७ लाख २८ हजार बेरुजु बढी देखिएको हो ।
भरतपुर महानगरको बेरुजु सबैभन्दा कम
देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महानगरको बेरुजु निकै कम रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनमा छवटा महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ ।
प्युठानका मल्लरानी र सरुमारानीको बेरुजु शून्य
जिल्लाका दुई वटा पालिकाको बेरुजु शून्य भएको छ । मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाको आर्थिक वर्ष २०७८-०७९ को बेरुजु शून्य आएको हो । महालेखा परीक्षकको ६० औँ प्रतिवेदन अनुसार देशभरमा प्युठानका दुई वटा पालिका मात्र शून्य बेरुजु हुने पालिकामा परेका छन् । दुवै पालिकाको आर्थिक वर्ष २०७६-०७७, २०७७-०७८ र २०७८-०७९ को बेरुजु शून्य रहेको छ ।
सेयर बजारमा करेक्सन
अघिल्लो दिन उच्च अङ्कले बढेको सेयर साता र वर्षकै अन्तिम दिन भने ओरालो लागेर बन्द भएको छ । अघिल्लो दिन ९२ अङ्कले उकालो लागेको बजार बिहीबार भने दोहोरो अङ्कले ओरालो लागेको हो । बिहीबार सेयर बजारमापक नेप्से परिसूचक २९ दशमलव ०८ अङ्कले ओरालो लागेर एक हजार ९३४ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि पाँच दशमलव ७२ अङ्कले ओरालो लागेर ३६७ दशमलव ९८ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से १ दशमलव ४८ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५३ प्रतिशतले ओरालो लागेको छ ।
चोभार बन्दरगाह सञ्चालन निष्प्रभावी
काठमाडौँको चोभारमा स्थापना भएको चोभार सुक्खा बन्दरगाह सञ्चालन भएको एक वर्षमा १३२ कन्टेनर सामान आयात र पाँच कन्टेनर सामान निर्यात भएका छन् । व्यापार सहजीकरण गर्ने उद्देश्यसहित विश्व बैङ्कको सहयोगमा स्थापित बन्दरगाह सञ्चालन भएको एक वर्षको अवधिमा न्यून परिमाणमा मात्र आयात निर्यात भएको हो । आयात निर्यात सहजीकरण गर्ने लक्ष्यसहित बन्दरगाह स्थापना गरिए पनि प्रभावकारी रूपमा सञ्चालन हुुन नसकेको हो । गत वर्ष चैत २२ गते बन्दरगाहको औपचारिक रूपमा उद्घाटन भएको थियो । नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह सञ्चालन र व्यवस्थापनको काम गर्दै आएको छ ।
बेरुजु बढेको बढ्यै
सार्वजनिक निकायमा कानुनबमोजिम रित नपु-याई हुने कारोबार अर्थात् बेरुजुको प्रवृत्ति झन् बढ्ने क्रममा रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०७८/७९ मा मात्रै एक खर्ब १९ अर्ब ७७ करोड बेरुजु थप भएको उल्लेख गरेको हो । यससँगै हालसम्म पाँच खर्ब ८७ अर्ब ३३ करोड रुपियाँ बेरुजु कायम भएको महालेखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस्तो बेरुजु २१.४५ प्रतिशतले बढेको हो । समीक्षा वर्षमा थप भएको कुल बेरुजुमध्ये ३० अर्ब ४२ करोड रुपियाँ असुल गर्नुपर्ने देखिएको छ । त्यस्तै ७९ अर्ब ४५ करोड रुपियाँ नियमित गर्नुपर्ने र नौ अर्ब ८९ करोड ८८ लाख रुपियाँ पेस्की लिएको तर रुजु नभएको रकम रहेको छ ।
मलेसियाको नेपाली दूतावासबाट श्रम स्वीकृति सेवा
मलेसियामा रहेको नेपाली दूतावासले २०८० साल वैशाख १५ गतेदेखि पुनः श्रम स्वीकृति सेवा सुरु गर्ने भएको छ । दूतावासका अनुसार मलेसियामा र ब्रुनाईका विभिन्न सहरमा श्रम स्वीकृति नवीकरण गर्न बाँकी रहेका नेपाली श्रमिकका लागि आउँदो वैशाख १५ देखि पुनः श्रम स्वीकृति सेवा सुरु गर्ने तयारी गरेको हो । दूतावासबाट पुनः श्रम स्वीकृति लिनका लागि सबैभन्दा पहिला वैदेशिक रोजगार विभागको वेबसाइटमा गई फेमिस सिस्टमबाट अनलाइन आवेदन दिनुपर्छ । दूतावासका अनुसार विदेशमा रहेका नेपालीले पुनः श्रम स्वीकृति लिँदा अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्छ । त्यसका लागि कोषको
पाँच जलविद्युत् आयोजना निर्माणका लागि लगानी स्वीकृत
लगानी बोर्ड नेपालले पाँच जलविद्युत् आयोजना निर्माणका लागि एक खर्ब ६७ अर्ब ५९ करोड रुपियाँको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५३औँ बैठकले एक खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र २१ अर्ब ३७ करोड स्वदेशी गरी कुल एक खर्ब ६७ अर्ब ५९ करोड रुपियाँ बराबरको लगानी स्वीकृत गरेको हो ।
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँछु : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई जनताले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताउनुभएको छ।
एडीबी बैठकमा भाग लिन अर्थमन्त्री दक्षिण कोरिया जानुहुने
सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६औँ बैठकमा भाग लिन जानुहुने अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ।
ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गर्नुभएको छ । लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।