• २२ वैशाख २०८१, शनिबार

वातावरणीय प्रभाव मूल्याङ्कन कार्य छरितो बनाइने

blog

आर्थिक वर्ष २०८०/०८१को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री डा.प्रकाशशरण महतले विस्तृत परियोजना प्रतिवेदन, वातावरण प्रभाव मूल्याङ्कन जग्गा प्राप्ति लगायतका कुरा सम्पन्न भई साइट क्लियरनेस भएका तथा खरिद योजना मात्रै सम्झौता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइने बताएका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन गर्न बन क्षेत्रमा प्रवेश गर्दा कटान हुने रुखको सङ्ख्या तथा जात अनुमानित बनको क्षेत्रफल यकिन गर्ने लगायतका कार्य एकै पटक सम्पन्न गर्ने गरी व्यवस्था मिलाइने भएको छ ।

अर्थमन्त्रीले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि रितपूर्वक पेस भएकाका आयोजना एक महिना भित्रै वातावरण मन्त्रालयले निर्णय दिनुपर्ने व्यवस्था गरिने जानकारी दिनुभयो ।

वातावरणीय प्रभाव मूल्याङ्कनमा १० प्रतिशत फरक परेमा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन नगरिने व्यवस्था कार्यान्वयन गर्ने अर्थमन्त्री महतले बताउनुभएको छ ।