• २२ वैशाख २०८१, शनिबार

वन र वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट

blog

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १५ गते । सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले वन, जैविक विविधता र जलाधार व्यवस्थापन मार्फत वातावरणीय सन्तुलन कायम गरिने बताउनुभएको हो ।

वन सम्पदाको दिगो उपयोग र वनजन्य उद्यम विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाइने उहाँले बताउनुभयो । संरक्षित क्षेत्र र सामुदायिक वनलाई पर्याय–पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उल्लेख छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत सङ्घ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षणको गुरुयोजना कार्यान्वयन गरिने महतले बताउनुभयो । 

यसअन्तर्गत जल र जमिन संरक्षण गर्न बाँस रोपण, रिचार्ज पोखरी, गल्छी, पहिरो नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।