चार वर्षदेखि छलफलमै अल्झेको कृषि ऐन
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि ऐनको बारेमा छलफल गर्नुभएको छ । उहाँले शुक्रबार कृषि मन्त्रालयमा सचिव, कृषि विभाग, पशु सेवा विभाग, खाद्य तथा गुणनियन्त्रण विभागका महानिर्देशकलगायत अन्य सरोकारवालालाई राखेर छलफल गर्नुभएको छ । संसद्मा पठाउनका लागि तयारी अवस्थामा रहेको सो ऐनको बारेमा मन्त्री भुसालले थप छलफल गराउनुभएको हो । भुसाल मन्त्रीमा आउनुअघि नै कृषि ऐनको मस्यौदा तयार भइसकेको थियो । स्थानीय तह, प्रदेश तथा अन्य मन्त्रालयसँगको राय
सुनमा बढेको भन्सार पुनरवलोकन गर्न माग
सुनचाँदी व्यवसायीले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा बढाइएको भन्सार शुल्क पुनरवलोकन गर्न माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घले शुक्रबार राजधानीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर बजेटमार्फत बढाइएको भन्सार शुल्क पुनरवलोकन गर्नुपर्ने बताएका हुन् । महासङ्घले सुनचाँदीका गरगहनामा लगाएको दुई प्रतिशत विलासिता कर, बजेमार्फत बढाएको १५ प्रतिशत भन्सार शुल्क पुनरवलोकन गर्न माग गरेको छ । यस्तै नेपालबाट विदेश लिएर गएको गहना समय सीमा नतोकी निर्वाध रूपमा फिर्ता ल्याउन पाइने व्यवस्था गर्नुपर्ने व्यवसायीको माग रहेको छ ।
जलविद्युतबाट छिमेकी पनि लाभान्वित हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् विकासबाट नेपालसँगै छिमेकी मुलुक भारत तथा बङ्गलादेश पनि लाभान्वित हुने बताउनुभएको छ । विश्व बैङ्क दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले जलविद्युत् उत्पादन वृद्धि हुँदा हरित र स्वच्छ ऊर्जाको विकासबाट जलवायु परिवर्तनका असर न्यूनीकरण भई क्षेत्रीय तथा विश्वका सबै जनताले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ पाउने बताउनुभयो ।
अर्थतन्त्रमा सुधारको सङ्केत
बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाख) सम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुद्रास्फीति, विपे्रषण, चालु खाता तथा शोधनान्तर स्थितिमा सुधार आएको उल्लेख गरेको हो ।
पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी
तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौं उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ ।
पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौती बन्यो : अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारलाई प्रभावकारी रूपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौती रहेको बताउनुभएको छ ।
मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा
चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ ।
भारतबाट तरकारी भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी
दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतीपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्नुहुन्छ । उहाँलाई गमीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उहाँमा उत्साह छैन ।
बीमा क्षेत्रको सुधार गर्न बजारको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक : अर्थमन्त्री
अर्थमन्त्री डा.प्रकाशशरण्मा महतले नेपालको बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउन नियामक निकाय र बीमा बजारका खेलाडीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सडक बचाउन र खर्च कम गर्न तीन महिना सडक खन्न रोकेका हौँ : विभाग
सडक विभागले असार १ गतेदेखि भदौ मसान्त सम्म सडकहरू खन्न प्रतिबन्ध लगाएको छ । वर्षायाममा ढल, बिजुली, धारा, टेलिफोन आदी प्रयोजनका लागि बाटो खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले सडक खन्नका लागि प्रतिबन्ध लगाइएको सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ ।
समिति खारेज नगरी बन्दरगाह प्राधिकरण बनाउनु पर्छ
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत २०५४ सालमा स्थापना भएको नेपाल इन्टरमोडल यातायात विकास समिति खारेज गरेको छ । सुक्खा बन्दरगाह (ड्राई पोर्ट), एकीकृत जाँच चौकी निर्माण तथा सञ्चालन गर्दै आएको समिति खारेजीको घोषणापश्चात् यसबारे अन्योल सिर्जना भएको छ । यसै सन्दर्भमा रहेर समितिका कार्यकारी निर्देशक आशिष गजुरेलसँग गोरखापत्रका लक्ष्मी सापकोटाले गरेको कुराकानीको अंश :
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका लागि छलफल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका लागि चरणबद्ध छलफल थालेको छ । श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको नेतृत्वमा गठित रोजगारदाताका र टे«ड युनियनका प्रतिनिधिसमेत रहेको समितिले औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको पारिश्रमिक पुनरवलोकन गर्ने विषयमा तीन/चार चरण छलफल गरेको जनाइएको छ ।
श्रम स्वीकृति प्रविधिमैत्री बनाइँदै
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीबाट पूर्व र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह नागरिकमैत्री र प्रविधिमैत्री हुँदै गएकाले अबदेखि स्वचालित प्रणालीबाट पूर्व र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरिएको हो । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी सेवा प्रवाह गर्ने कार्यालय तथा निकायबाट प्रवाह हुने सेवालाई सकेसम्म सेवाग्राहीमैत्री र प्रविधिमैत्री बनाउनका लागि यस प्रकारको निर्णय गरिएको जानकारी दिनुभयो ।
पूर्वाधारमा स्रोत बढाउन आग्रह
अर्थमन्त्री डा. प्रकाशशरण महतले पूर्वाधार विकासमा स्रोत बढाउन विश्व बैङ्कसँग आग्रह गर्नुभएको छ । बैङ्कको दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग बिहीबार अर्थ मन्त्रालयमा भएको भेटमा उहाँले पूर्वाधार विकास र सामाजिक विकासका सूचकबिच घनिष्ठ सम्बन्ध रहेकाले यसका लागि आवश्यक स्रोत व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभएको हो ।
बिसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै
‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ मूल नाराका साथ यस वर्ष २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ । कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न र जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं प्रविधिको प्रचारप्रसार गर्ने गरी धूमधामका साथ दिवस मनाउने तयारी भइरहेको बताउनुभयो । जलवायु परिवर्तनप्रति कृषक र अन्य सम्बद्ध पक्षलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने सन्देश यस वर्षको नाराले दिएको उहाँले बताउनुभयो ।
माथिल्लो अरुणमा लगानी जुटाउन दातृ निकायसँग छलफल
माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल भएको छ।
अर्थमन्त्री डा. महतसँग विश्व बैङ्कका उपाध्यक्ष रेजरको भेट
अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैङ्क दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ।
जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो
यहाँका किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरू बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिनुभयो ।
शेयर लगानीकर्ताको सुरक्षाका लागि मन्त्रालयको पूर्ण सहयोग रहन्छ : अर्थमन्त्री डा महत
अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भन्नुभयो, “शेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठुलो आकर्षण छ ।
विद्युतीय चुरोटको युवापुस्तामा बढ्दो लत, चुरोटको ल्याब परीक्षण गर्नुपर्ने विज्ञको सुझाव
पछिल्लो समय विलासिताका सामानको रूपमा मानिने विद्युतीय चुरोटको प्रयोग युवापुस्तामा बढ्दै गएको छ । स्वास्थ्यलाई ख्याल नै नगरी प्रयोग गर्न थालेसँगै नेपालमा विद्युतीय चुरोटको आयात ह्वात्तै बढ्दै गएको छ ।
असार १ देखि सडक खन्न रोक
सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । सडक विभागले बिहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो ।
गोलभेँडा बारीमै
उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गर्नुभयो । उहाँले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् ।
दस औद्योगिक क्षेत्रमा छ सय अठार उद्योग सञ्चालन
मुलुकभर रहेका १० औद्योगिक क्षेत्रभित्र कायम रहेका ६८५ उद्योगमध्ये ६१८ उद्योग सञ्चालनमा छन् । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार ती उद्योगमा ४० निर्माणाधीन र २७ बन्द अवस्थामा रहेका छन् । सञ्चालनमा रहेका उद्योगबाट २० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । ग्रामीण क्षेत्रमा उद्यम सिर्जनामा टेवा पु-याउन औद्योगिक ग्रामलाई रूपान्तरणकारी आयोजनाका रूपमा मुख्य १० स्थानमा औद्योगिक क्षेत्र घोषणा गरिएको छ तर ती औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैन । सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य रहेकामा २०७९ फागुनसम्म ११३ ग्राम घोषणा भएका छन् ।
नेपालगन्जमा सुक्खा बन्दरगाह सञ्चालनपछि व्यवसायी उत्साहित
बाँकेलगायत पश्चिम नेपालको आर्थिक विकासका लागि अत्यधिक महत्त्वपूर्ण मानिएको नेपालगन्ज सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन् । लामो प्रतीक्षापछि निर्माण सम्पन्न भई यहाँस्थित सीमानाकाको रुपैडिहा र नेपालगन्जमा संयुक्त रूपमा सञ्चालनमा आएको सुक्खा बन्दरगाहले आर्थिक विकासमा ठुलो सहयोग पुग्ने उद्योगी व्यवसायीको विश्वास छ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा स्थानीय व्यवसायी अब्दुल वाहिद मन्सुरीले सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आएपछि पश्चिम नेपालका उद्योगी व्यवसायीको वर्षौंदेखिको सपना पूरा भएको बताउनुभयो ।