वैदेशिक रोजगारीका डेढ लाख आबद्ध
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म एक लाख ५१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा गएका श्रमिक आबद्ध भएका छन् । दुई महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो सङ्ख्यामा श्रमिक आबद्ध भएका हुन् । जसमा एक लाख ५० हजार जनाले वैदेशिक रोजगारमा जाने बेलामा कोषमा रकम जम्मा गरेका छन् भने वैदेशिक रोजगार वा स्वरोजगार रहेकामध्ये एक हजार २४० जनाले कोषमा रकम जम्मा थालेको कोषले जनाएको छ ।
स्वच्छ खाद्यवस्तुमा सचेतना अभियान जरुरी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ मूल नाराका साथ विश्व खाद्य स्वच्छता दिवस मनाएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१८ डिसेम्बर २० मा पारित भएपश्चात् हरेक वर्ष जुन ७ मा ‘विश्व खाद्य स्वच्छता दिवस’ मनाउँदै आएको छ । नेपालमा पनि विगत १५ वर्षदेखि कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो दिवस मनाउँदै आएको हो ।
आन्तरिक सुशासन अभावले सहकारीमा समस्या
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले आन्तरिक सुशासन अभावका कारण सहकारीमा समस्या आएको भन्दै त्यसलाई हटाउन समग्र सहकारीका सरोकारवालालाई आग्रह गर्नुभएको छ । सहकारीमा देखिएको आन्तरिक सुशासन अभावलाई हटाउन सहकारीमा लागेका अभियन्ता स्वयम् तयार हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “बाहिरबाट समस्या समाधान गर्न खोजियो भने निष्कर्षमा पुगिँदैन । समस्या समाधानका लागि भित्रैबाट पहल सुरु गरौँ ।” केही सहकारीमा आएको अनुशासनहीनताले आमसहकारीलाई शङ्काको दृष्टिकोणले हेरिएको भन्दै उहाँले थोरै सहकारी संस्थाले गरेको बदमासीका कारण सदस्यले सबै सहकारीमाथि अविश्वास गर्दा राम्रा सहकारीलाई समस्या परेको बताउनुभयो । गलत काम गर्ने सहकारीलाई सङ्घ, महासङ्घले संरक्षण दिने भन्दा पनि कारबाहीका लागि प्रव्रिmया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह गनुभयो ।
आर्थिक वृद्धि ४.१ प्रतिशत रहने
चालु आर्थिक वर्षमा नेपालले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । बैङ्कले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनमा उक्त प्रक्षेपण गरिएको हो । प्रतिवेदन अनुसार आगामी आवमा नेपालको वृद्धिदर ४.९ प्रतिशत पुग्ने छ । दक्षिण एसियाली मुलुकमध्ये चालु आवमा सबैभन्दा धेरै भारतले ७.२ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण छ । त्यसपछि माल्दिभ्सले ६.६ प्रतिशत, बङ्गलादेशले ५.२ प्रतिशत, भुटानले ४.५ प्रतिशत वृद्धिदर हासिल गर्ने विश्व बैङ्कको प्रक्षेपण छ ।
व्यापार घाटा कम गर्न निर्यात प्रवर्धनमा जोड
सरकारले स्वदेशी वस्तुको निर्यात प्रवर्धन गरी व्यापार घाटा कम गर्ने गरी नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस) कार्यान्वयनमा ल्याएको छ । नेपालको वस्तु तथा सेवाको निर्यात कुल गार्हस्थ उत्पादनको अनुपात ६.३ प्रतिशतबाट आगामी पाँच वर्षमा २० प्रतिशत पु-याउने लक्ष्यसहित सो रणनीति कार्यान्वयनमा ल्याएको हो ।
६ प्रतिशत आर्थिक वृद्धि सम्भव छैन : अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बजेटले लक्ष्य अनुरूपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताउनुभएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि टिप्पणी गर्दै यस्तो बताउनुभएको हो ।
कोहलपुरका सडक विस्तार कार्य सुरु
बाँके जिल्लाको दोस्रो ठुलो सहर कोहलपुर नगर योजना भित्रका सडकहरू स्तरोन्नति गर्ने कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका अधिकांश स्थानमा नाला निर्माण गर्ने कार्य सम्पन्न भइसकेकोले सडक निर्माणलाई अगाडी बढाइएको हो ।
मुद्दती निक्षेपमा लगानी थप्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा करिब डेढ अर्ब रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम ‘क’ वर्गका वाणिज्य बैङ्क, ‘ख’ वर्गका विकास बैङ्क र ‘ग’ वर्गका फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
‘रुकुमको’ प्रशोधित पानी बजारमा
रुकुमपश्चिमको कर्णाली बेभरेज इन्डस्ट्रिज प्रालिले ‘रुकुमको’ नामक प्रशोधित शुद्ध पिउने पानी बजारमा ल्याएको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१२, झिनचौरमा रहेको कर्णाली बेभरेजले प्रशोधित शुद्ध पानी बजारमा पठाउन थालेको हो । बेभरेज प्रालिका अध्यक्ष दलबहादुर शाहका अनुसार वडा नम्बर १० झारमारे लेकको मुहानबाट ल्याएको पानी प्रशोधन गरेर शुद्ध पिउने पानी ‘रुकुमको’ नामबाट बजारमा पठाउन थालिएको हो । उहाँका अनुसार स्थानीय बजारका साथै जिल्लाबाहिर समेत पानी बिक्री हुन थालेको छ ।
मर्जर तथा प्राप्तिमा सहभागी बैङ्क तथा वित्तीय संस्थालाई सहुलियत
नेपाल राष्ट्र बैङ्कले गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी वाणिज्य बैङ्कहरूलाई २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा विभिन्न छ वटा सुविधा प्रदान गर्ने भएको छ । राष्ट्र बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन/परिमार्जन/थप गरी सुविधा थप गरेको हो ।
थप एघार कम्पनीलाई ब्रोकर लाइसेन्स
नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई दोस्रो चरणमा धितोपत्र दलाल व्यवसायीको प्रमाणपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ । यसअघि बोर्डले पहिलो चरणमा सात वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो । दुई चरणमा रिब्रोकर लाइसेन्स प्राप्त गर्ने कम्पनीको सङ्ख्या १९ पुगेको छ ।
भ्याट लागु भएसँगै तरकारी आयात न्यून
सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गर्नुभएको हो ।
भिरमहको आम्दानीबाट शिक्षकलाई तलब
शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका शिक्षकलाई तलब दिने गरिएको छ । वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीन जनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट मह सङ्कलन गर्ने ठेक्का पाएका छन् । भिरमह ठेक्का लगाएर प्राप्त भएको आम्दानी स्थानीय एक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबमा खर्चिने गरिएको छ ।
विद्युतीय सवारी साधनमा कर लाग्ने
सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पटक विद्युतीय सवारी साधनमा कर लगाएको छ । प्रदेश सरकारले आर्थिक ऐन २०७९ लाई संशोधन गरेर विद्युतबाट चल्ने सवारी साधनमा कर लगाएको हो ।
मन्दी हटाउने प्रयास अपर्याप्त
नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत लिएको छ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मुद्रास्फीति दरको वाञ्छित सीमा हासिल गर्न सकिने सम्भावना कम भएको धारणा व्यक्त गरेको छ । आगामी आर्थिक वर्षको बजेटले दीर्घकालीन लगानीको सम्भावनालाई बढाए पनि अहिलेको मन्दी हटाउन प्रयास अपर्याप्त भएको बताएको छ ।
सरकारले बाँझो जमिन उपयोगमा ल्याउने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ देखि बाँझो जमिन उपयोगमा ल्याउने भएको छ । बाँझो जमिन उपयोगका लागि कृषि मन्त्रालयले अध्ययन गराएको छ । मन्त्रालयका सहसचिव डा राजेन्द्र मिश्रको संयोजकत्वमा गठन भएको कार्यदलले अध्ययन गरी कृषिमन्त्री डा वेदुराम भुसाललाई बुझाएको प्रतिवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि बाँझो जमिन उपयोगमा ल्याउने भएको छ ।
रसुवामा चिज उत्पादन घट्दो
“चिजभाइ ! एक टुक्रा चिज देऊ त कस्तो छ चाखौँ,” बिहान कार्यालय खोलेदेखि बन्द नहुँदासम्म रसुवाको चन्दनबारीमा रहेको चिज उत्पादन केन्द्रका चिजभाइलाई केटाकेटीदेखि बुचिज चाख्न घेरिरन्छन् । वरपरकाले मात्रै होइन, उहाँलाई काठमाडौँ कार्यालयबाट आउने हाकिमले समेत चिजभाइ भनेर बोलाउने गरेको उहाँ बताउनुहुन्छ ।
लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए
पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् ।
५१ प्रतिशत सेयर भारतीयलाई दिएपछि नागरिकस्तरमा विरोध
कालीकोटको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको ५१ प्रतिशत सेयर भारतीय कम्पनीले लिएको छ । गएको बुधबारबाट चार दिवसीय भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फुकोट कर्णाली अर्धजलाशययुक्त आयोजनाको ५१ प्रतिशत सेयर दिने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौताप्रति सत्ता गठबन्धनका नेताहरूले समेत विरोध जनाएका छन् ।
युवालाई युरोपको आकर्षण देखाई हुने ठगी बढ्दो
केही संस्था वा व्यक्तिले भ्रमण भिसाका विभिन्न मुलुकमा आकर्षक तलब र सेवासुविधा उपलब्ध गराउने भन्दै नेपाली युवालाई ठगी गरेकोप्रति वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएको छ । विभागले विज्ञप्तिमार्फत नेपाली युवालाई युरोपका विभिन्न देशमा लगेर अलपत्र पारेका उजुरी आउने क्रम बढेकाले यसप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
भन्सार महसुल वृद्धिले स्वदेशी घिउ तेल उद्योग सङ्कटमा
आगामी आर्थिक वर्षको बजेटमार्फत भन्सार महसुल वृद्धि गर्ने सरकारको नीतिले उद्योग बन्द हुने अवस्थामा पुगेको घिउ तेल उद्योगीले बताएका छन् । नेपाल वनस्पति घिउ तेल उद्योग उत्पादक सङ्घले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर सरकारको नीतिले २६ घिउ तेल उद्योग बन्द हुने अवस्था सिर्जना भएको बताएका हुुन् ।
यस वर्ष छ सय झोलुङ्गे पुल निर्माण हुने
यस वर्ष देशभर झण्डै छ सय झोलुङ्गे पुल निर्माण गरिने भएको छ । एक दिनमा दुई झोलुङ्गे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम सङ्ख्यामा सम्पन्न हुन लागेको हो ।
प्रदेश सरकारले घटाएको भाडादर लागू भएन
कीर्तिपुरका असीम बुढाथोकी सधैँ कालीमाटी आउजाउ गर्नुहुन्छ । विद्यालय नै कालीमाटी भएका कारण उहाँलाई दैनिक सार्वजनिक सवारीसाधन चढ्नुपर्ने बाध्यता छ ।
‘निर्माण उद्योगलाई बचाउन सरकारले पहलकदमी लिनु पर्छ’
आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले आफ्ना महत्वपूर्ण माग सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले चिन्ता जनाएको छ । आगामी असार ४ गतेसम्म सरकारले माग सम्बोधन नगरे देशभरका निर्माण कार्य ठप्प पर्ने चेतावनी दिएका छन् । व्यवसायीले आफूले पाएको अनुमतिपत्रसमेत सरकारलाई फिर्ता गर्ने बताएका छन् ।