• १३ साउन २०८१, आइतबार

भियतनामलाई लगानीको आग्रह

blog

काठमाडौँ, जेठ १९ गते । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि भियतनामसमक्ष आग्रह गरेको छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारत भ्रमणमा रहेको चेम्बर पदाधिकारी टोलीले नेपाल भुटान र भारतका लागि भियतनामका राजदूत न्गुयेन थान हायसँग छुट्टै भेटवार्ता गरेको थियो । हायसँगको भेटवार्ताका क्रममा  चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल भियतनामबिच व्यापार अभिवृद्धि, लगानी प्रवर्धन, पर्यटन जस्ता क्षेत्रमा सहकार्य गर्नुपर्ने बताउनुभएको चेम्बरले जनाएको छ ।

दुई मुलुकबिचको आर्थिक र कूटनीतिक सम्बन्धलाई प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । बौद्ध सर्किटको निर्माणका लागि आवश्यक पूर्वाधार बनाउन दुई देशको व्यापारिक समूहबिच सहकार्य गर्नसमेत अध्यक्ष मल्लले हायसँग प्रस्ताव गर्नुभएको जनाइएको छ । 

भेटमा राजदूत हायले आफूले नेपालको भ्रमण छिट्टै गर्न लागेको सुनाउनुभयो । नेपाल र भियतनामबिच व्यापारिक साझेदारी वृद्धि गर्न सहयोग गर्ने हायको भनाइ छ ।