• २९ वैशाख २०८२, सोमबार

बागमती प्रदेशको बजेट

राजस्व सङ्कलनमा कमी देखिएपछि बजेट आकारमा सङ्कुचन

blog

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बजेट पेश गर्दै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, असार १ गते । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट बागमती प्रदेश सभामा पेस गरिएको छ । आज दिउँसो ३ बजेबाट सुरु भएको प्रदेश सभाको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले पेश गर्नुभएको हो । 

आगामी आवको बजेट प्रस्तुत गर्दै मन्त्री तामाङले प्रदेशको राजस्व घटेका कारण आगामी बजेटमा सङ्कुचन आएको बताउनुभयो । साथै उहाँले अनुदानलाई उत्पादनमूलक क्षेत्रमा लगाउने बताउनुभयो । कृषिमा खास क्षेत्र खास उत्सादनका लागि १४ करोेड रुपियाँ विनियोजन गरिएको उहाँको भनाइ छ ।

यस्तै, प्रदेश सभाको दोस्रो बैठकमा मन्त्री तामाङले आव २०८०–८१ को बजेट वक्तव्यको प्रति टेबुल गर्ने र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० लाई पेस गर्ने कार्यसूची छ । 

मन्त्री तामाङले सोही बैठकमा बागमती प्रदेश सरकारको आव २०७९–८० को गत चैत मसान्तसम्मको प्रगति विवरण पेश गर्नुहुनेछ । प्रदेश सरकार चालू आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपियाँ विनियोजन गरेको थियो । 

प्रदेश सरकारको आफ्नै राजस्वको स्रोतमध्ये मुख्यगरी राजस्व सङ्कलन हुने मालपोत र सवारी करमा ह्रास आउने भएको हो । उता, बजेट खर्चमा कमजोर रहेको प्रदेश सरकारले चालू आर्थिक वर्षको तीन महिना बाँकी हुँदा अर्थात गत चैत मसान्तसम्ममा प्रदेश सरकारको कुल बजेटको ३० प्रतिशत मात्र खर्च गर्न सक्षम भएको छ । यसअघि प्रदेश सभाको बिहीबार बसेको बैठकमा बागमती प्रदेश आर्थिक सर्वेक्षण २०७९–८० पेस गरिएको थियो ।