‘असी प्रतिशत बजेट पर्यटन प्रवर्धनमा’
नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको ८० प्रतिशत रकम अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनमा खर्च गर्ने भएको छ । बोर्डले विगतका वर्षको बजेटको समीक्षासहित नयाँ बजेटमा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनमा जोड दिन लागेको हो । बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “बोर्डले साउन १५ भित्रै आर्थिक वर्ष २०८०/८१ का लागि करिब सवा अर्ब रुपियाँको हाराहारीमा रहेर बजेट ल्याउन लागेको छ । आगामी आवको बजेटमार्फत अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनका कार्यक्रम गर्दा विगतमा भन्दा नयाँ ढङ्गले अगाडि बढ्दै डिजिटाइजेसनलाई प्राथमिकता दिन लागेका छौँ ।” चालु आवमा बोर्डले भारत, चीन, बङ्गलादेश, मलेसियालगायतका देशमा गरेको प्रवर्धनात्मक कार्यक्रमबाट राम्रो प्रतिफल आएको जनाउँदै उहाँले आगामी वर्ष थप गन्तव्यमा प्रविधिको प्रयोगमार्फत प्रचारप्रसारमा जोड दिइने बताउनुभयो ।
म्याग्दीका तातोपानी कुण्डको आम्दानी दुई करोड
म्याग्दीमा रहेका तातोपानी कुण्डहरूले एक वर्षको अवधिमा करिब दुई करोड रुपियाँ आम्दानी गरेका छन् । म्याग्दी र कालिगण्डकी नदी किनारमा रहेका तातोपानीका कुण्डाहरुले चालु आर्थिक वर्षमा एक करोड ९३ लाख ४१ हजार चार सय सत्र रुपियाँ आम्दानी गरेका हुन । प्रवेश तथा स्नान शुल्क र चन्दा सहयोगबाट उक्त रकम सङ्कलन भएको हो ।
विद्युत् खरिदबिक्री सम्झौता खुलाउन आग्रह
नेपाल उद्योग परिसङ्घले सरकारसँग जलविद्युत् आयोजनाहरूको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) खुला गर्न आग्रह गरेको छ । शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरेको भन्दै पिपिए खुलाउन आग्रह गरेको हो ।
प्रशोधित घाँस चीन निर्यात
चितवनमा उत्पादित पशु आहार प्रशोधित घाँस (साइलेज/हाइलेज) चीनमा निर्यात सुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले शनिबार एक कार्यक्रम आयोजना गरी हाइलेज र साइलेज चीनको तिब्बतीय सहर सिगात्सेतर्फ पठाइएको हो ।
दोलखामा ६३ प्रतिशत मात्र धान रोपाइँ
दोलखामा यो वर्ष अहिलेसम्म ६३ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ ।
तनहुँ जलविद्युत आयोजनाको काम ३८ प्रतिशत सम्पन्न
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ३८ प्रतिशत काम पुरा भएको छ । निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले काम तीव्र रूपमा भइरहेको र हालसम्म ३८ प्रतिशत काम पुरा भएको आयोजनाका प्रमुख राजाभाई शिल्पकारले जानकारी दिनुभयो ।
दुई खर्ब सहुलियतपूर्ण कर्जा बक्यौता
राष्ट्र बैङ्कका अनुसार जेठ मसान्तमा एक लाख ४७ हजार ५१० ऋणीलाई प्रवाह भएको दुई खर्ब तीन अर्ब १० करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार २३५ ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ६८ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ४५५ महिला उद्यमीलाई प्रवाह भएको ६० अर्ब ४६ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ ।
इन्धनमा स्वचालित मूल्य लागु गरिँदै
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरे पनि कार्यान्वयनमा आएको स्वचालित मूल्य कार्यान्वयनमा आउन सकेको थिए ।
सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित
सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८०-८१ को बजेट बहुमतले पारित भएको छ । गए राति बसेको प्रदेश सभाको बैठकले बहुमतबाट बजेट पारित गरेको हो ।
राजनीतिमा नयाँ प्रवृत्ति धेरै टिक्दैन : अर्थमन्त्री महत
अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरु टिक्न नसक्ने टिप्पणी गर्नुभएको छ।
शनिबार बैङ्क खुला रहने
आज (शनिवार) कार्यालय तथा राजस्व सङ्कलन गर्ने सबै बैङ्क खुला रहने भएको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै सबै राजश्व सङ्कलन गर्ने बैङ्क खुल्ला रहने जनाएको हो ।
बोटमै पहेँलिएका जौँ र गहुँ टिप्दै हुम्लाका किसान
हुम्लाका किसानहरू जौ र गहुँ उत्पादन भएको जग्गामै पहेँलिएको अवस्थामा टिप्न बाध्य छन् । लगातार वर्षा भएको कारण जग्गामै पहेँलिएको जौ र गहुँ किसानले टिप्नु परि रहेको हो ।
जापानको आम्दानी बाख्रापालनमा लगानी
गलकोट नगरपालिका–५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त हुनुहुन्छ । एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुग्नुभएका रमेश बस्नेत आठ वर्ष जापानमा बस्नुभयो । कोरोना कहरको समयमा नेपाल आउनुभएका बस्नेत पुनः जापान फर्कन चाहनुभएन ।
बिरुवा बिक्रीबाटै मनग्गे आम्दानी
सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, हिर्दिङ निवासी रमेश थापालाई यतिखेर आफ्नो नर्सरीमा उत्पादन भएको जुनारको बिरुवा बिक्री गर्न भ्याइनभ्याइ छ । जुनारको बिरुवा रोप्ने मुख्य सिजन भएकाले बिरुवा बिक्री गर्दै आफ्नो दैनिकी बित्ने गरेको उहाँले सुनाउनुभयो । “हरेक वर्ष मनसुन सुरु भएपछि जुनारको बिरुवा बिक्री गर्ने सिजन पनि सुरु हुन्छ,” विगत १० वर्षदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएका थापाले भन्नुभयो, “यो वर्ष असारको सुरुदेखि अहिलेसम्म १३ हजार जुनारको बिरुवा बिक्री गरेँ, अझै १० हजार जति बिरुवा बिक्री गर्न बाँकी छ ।”
लक्ष्मी सनराइज बैङ्कको एकीकृत कारोबार सुरु
लक्ष्मी बैङ्क लिमिटेड र सनराइज बैङ्क लिमिटेडले ‘लक्ष्मी सनराइज बैङ्क लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । लक्ष्मी र सनराइजले १:१ अनुपातमा मर्जर भई संयुक्त कारोबार थालेका हुन् । मर्जरमा जानका लागि गत जेठ ८ गते अन्तिम सम्झौता गरेका दुवै बैङ्कको गत असार ३ गते सम्पन्न साधारण सभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेको थियो । मर्जरका लागि नेपाल राष्ट्र बैङ्कले असार २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । हाल लक्ष्मी बैङ्कको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपियाँभन्दा बढी छ भने सनराइज बैङ्कको १० अर्ब ११ करोड रुपियाँभन्दा बढी छ । दुई बैङ्क एक भएपछि चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपियाँभन्दा बढी कायम हुने बताइएको छ ।
सबै म्यानपावर कम्पनीको नवीकरण
वार्षिक एक सयभन्दा कम श्रमिक वैदेशिक रोजगारमा पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी नवीकरण नहुने कानुनी प्रावधान छ तर सरकारले लगातार तीन वर्षदेखि वैदेशिक रोजगार ऐनको बाधा अड्काउ फुकाउसम्बन्धी व्यवस्था प्रयोग गरी वार्षिक एक सय जना श्रमिक पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत पनि नवीकरण गर्दै आएको छ । मन्त्रीपरिषद्ले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ बमोजिम बाधा अड्काउ फुकाउ प्रयोग गरी वार्षिक एक सय जना श्रमिक नपठाएका इजाजतपत्र प्राप्त संस्थाहरू नवीकरण गर्ने निर्णय गरेको हो ।
चमेलिया–स्याउले–अत्तरिया प्रसारणको दोस्रो सर्किट सञ्चालन
दार्चुला र बझाङ जिल्लाका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण गरिएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने १३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो । प्रसारण लाइनको लम्बाइ १३१ किलोमिटर छ ।
‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खान योग्य
पशु सेवा विभागले ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खानयोग्य रहेको प्रस्ट गरेको छ । ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खान हुने वा नहुने उपभोक्तामा अन्योल रहेका बेला विभागले सो प्रस्ट पारेको हो । ‘लम्पी स्किन’ को महामारी फैलिएपछि धेरै ठाउँमा दुध खान छाडेका खबरहरू बाहिर आएको छ । त्यसरी उपभोक्ताले खान छाडेपछि दुध खपतमा कमी आएको बताइएको छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले करिब १० देखि १५ प्रतिशत उपभोक्ताले दुध खान छाडेको बताउनुभयो ।
अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढ्यो : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको बताउनुभएको छ ।
रासायनिक मल पर्याप्त मौज्दात रहेको सरकारको भनाइ
सरकारसँग ५९ हजार चार सय ९२ टन रासायनिक मल मौज्दात छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार अहिलेसम्म सरकारसँग युरिया ४६ हजार ४५३ टन, डीएपी १२ हजार ९६८ टन र पोटास ७१ टन रासायनिक मल मौज्दात रहेको छ ।
सुनखानीमा उत्पादित कफी पुग्यो अन्तर्राष्ट्रिय बजारमा
दोलखाको कालिन्चोक गाउँपालिका–८ सुनखानी स्थितको नीलकमल कृषि सहकारीका सेयर सदस्यहरूबाट उत्पादित कफी अन्तर्राष्ट्रिय बजारमा पुगेको छ ।
धनकुटाका अधिकांश माछा पसल मापदण्डविपरीत
धनकुटामा अधिकांश माछा पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले बिहीबार आयोजना गरेको संयुक्त अनुगमनको क्रममा यस्तो पाइएको हो ।
हुलाक बचत बैङ्कको खाता अब रावामा
हुलाक बचत बैङ्कमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैङ्कमा हस्तान्तरण गर्ने भएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबमोजिम हुलाक बचत बैङ्कमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैङ्कमा हस्तान्तरण गर्न लागेको हो ।
ब्याजमा प्रतिस्पर्धा सन्तुलित मौद्रिक नीतिको अपेक्षा
चुनौतीपूर्ण आर्थिक तथा वित्तीय अवस्था रहेका समयमा बैङ्कर्स सङ्घको सहमतिबाट ब्याजदरलाई समान अङ्कमा राख्दै आएका वाणिज्य बैङ्कहरूले मौद्रिक नीति सार्वजनिक हुने सम्मुखमा भने ब्याजदरलाई आफ्नै निर्णयमा निर्धारण गर्ने भएका छन् । आगामी साउन १ देखि नेपाल बैङ्कर्स सङ्घको सहमतिमा ब्याज निर्धारणको अभ्यास त्याग्दै आफ्नो वित्तीय संस्थाको क्षमता र राष्ट्र बैङ्कको निर्देशिकाको परिधिमा रहेर ब्याज निर्धारण गरिनेछ ।