‘सेज’ को स्थान छनोट अनुपयुक्त
नेपालमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण र सञ्चालनका लागि चयन गरिएका स्थानहरू अनुपयुक्त भएको एक अध्ययनले देखाएको छ । नीति अनुसन्धान प्रतिष्ठानले हालै तयार गरेको ‘नेपालमा विशेष आर्थिक क्षेत्र : वर्तमान अवस्था, समस्या र प्रभावकारी सञ्चालनका उपायहरू’ नामक अध्ययन प्रतिवेदनले अन्तर्राष्ट्रिय अभ्याससँग तुलना गर्दा स्थान विशेषको महत्वको दृष्टिकोणबाट चयन गरिएका स्थान उपयुक्त स्थानमा रहेको मान्न सकिने अवस्था नरहेको उल्लेख गरेको हो ।
‘लम्पी स्किन’ नियन्त्रण गर्ने सरकारी बजेट स्थानीय तहमा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि साढे सात करोड रुपियाँ स्थानीय तहलाई पठाएको छ । देशैभर गाईबस्तुमा महामारीका रूपमा फल्दै गरेको रोग नियन्त्रणका लागि यस चालु आर्थिक वर्षका लागि सात करोड ६० लाख ८० हजार रुपियाँ स्थानीय तहलाई पठाएको जानकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले दिनुभएको छ । उहाँले भन्नुभयो, “आवको अन्तिम अन्तिममा व्यवस्था गर्न सक्यौँ, बल्लबल्ल यति रकम पठाउन सक्यौँ । आगामी आवमा विशेष कार्यक्रमका साथ थप रकम पठाउने तयारी भइरहेको छ ।”
झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडालेको झोलुङ्गे पुलको सामान सुरक्षित स्थानमा राख्न थालिएको छ । गत वर्षको बाढीले चुँडालेको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको हो ।
दस वटा बैङ्क तथा वित्तीय संस्था मर्जरमा
असार महिनामा १० वटा बैङ्क तथा वित्तीय संस्था मर्जरमा जाने भएका छन् भने पाँच वटाको अस्तित्व सकिने भएको छ । गत आइतबार अर्थात् असार २४ गते साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएर ‘साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् ।
कुवेत जान लागेका श्रमिक फर्काइए
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले दुई दिनको बिचमा कुवेत जान लागेका ११९ श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शङ्कास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार र बिहीबार त्यो सङ्ख्याका श्रमिकलाई विमानस्थलबाट फर्काइएको हो । सो अध्यागमन कार्यालयका अनुसार बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १८ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको छ ।
विनियोजन विधेयक दुवै सदनबाट पारित
संसद्का दुवै सदनबाट आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानसहितको विनियोजन विधेयक पारित भएको छ। राष्ट्रिय सभामा बिहीबारको बैठकबाट बहुमतले विधेयक पारित गरेको हो। प्रतिनिधि सभाबाट उक्त विधेयक असार १३ गते नै पारित भइसकेको छ।
फाइदाको व्यापारमा निगम : एक वर्षमा १७ अर्ब नाफा
सधैँ घाटाको व्यापार गरिराखेको नेपाल आयल निगमले यो वर्षको ११ महिनामा १७ अर्ब नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष ४९ अर्ब घाटामा रहेको निगमले यो वर्ष फाइदाको व्यापार गरेको हो।
तनहुँका किसान पशुपालनमा आकर्षित : मासु, अण्डा र दूधमा आत्मनिर्भर
पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् ।
गण्डकीमा रासायनिक मल मौज्दात
गण्डकी प्रदेशमा यस किसानलाई आवश्यक रासायनिक मल मौज्दात रहेको छ । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड पोखराले मल अभाव नहुने जानकारी दिएको हो ।
तनहुँ जलविद्युत् आयोजनाको सुरुङ निर्माण ७५ प्रतिशत पुरा
यहाँ निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पानी लैजाने सुरुङ निर्माण झन्डै ७५ प्रतिशत पुरा भएको छ । पानी लैजाने सुरुङको एक हजार चार सय ५६ मिटर मध्ये पाँच सय मिटर मात्रै बाँकी रहेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख राजाभाई शिल्पाकारले बताउनुभयो । यसै सुरुङमार्फत पानी खसाएर पावर हाउस निर्माण हुने छ ।
जुनार पकेट क्षेत्रमा सिँचाइ पोखरी
गोलन्जोर गाउँपालिका–४, तीनकन्या निवासी किसान रूपचन्द्र गुरुङले गत वर्षदेखि आठ रोपनी जमिनमा जुनार र सुन्तलाको व्यावसायिक खेती थाल्नुभएको छ । उहाँले सुक्खा मौसममा ती जुनार र सुन्तलाको बिरुवा संरक्षण गर्न भर्खरै दुई लाख ५० हजार रुपियाँ लगानी गरी १६ हजार लिटर क्षमताको सिँचाइ पोखरी पनि बनाउनुभएको छ ।
व्यावसायिक बाख्रापालनतर्फ आकर्षण
ओखलढुङ्गाका किसान पछिल्लो समय बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत कृषि पद्धतिबाट मनग्गे आम्दानी नभएपछि कृषकहरू आधुनिक बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका हुन् । परम्परागत शैलीमा बाख्रा पाल्दै आएका चम्पादेवी गाउँपालिका–१, पलापु डाँडागाउँका गोपाल श्रेष्ठले अहिले बाख्रा पाल्ने खोरको व्यापक सुधार गर्नुभएको छ । आधुनिक खोर बनाई बाख्रा पाल्दा राम्रो वृद्धि भएको श्रेष्ठले बताउनुभयो ।
कोशी प्रदेशमा बढ्यो दुध उत्पादन
असार, साउन र भदौ बजारमा सबैभन्दा धेरै दुध अभाव हुने महिना हुन् । चैत महिनादेखि नै दुधको उत्पादन क्रमशः घट्दै गएर असारदेखि भदौसम्म चरम अभाव हुने गर्दथ्यो । दुध उत्पादन गरी बजारमा आपूर्ति गर्दै आएका डेरी उद्योगले चैत महिनादेखि नै पाउडर घोलेर बजारको माग पूर्ति गर्ने गरेका थिए तर यस वर्ष कोशी प्रदेशको अवस्था ठिक विपरीत देखिएको छ । दुधको उत्पादन घट्ने अनुमानविपरीत झन्डै दोब्बरले बढेपछि किसानले उत्पादन गरेको दुध बिक्री हुन छोडेको छ ।
बजार अनुगमनमा जिम्मेवार भएनन् पालिका
सङ्घीय संरचनासँगै बजार अनुगमनको दायित्व प्रदेश तथा पालिकालाई दिइएको छ । संविधानको अनुसूची ८ ले दिएको अधिकार अनुसार पालिकामा बजार व्यवस्थापन, अनुगमन, नियमन र व्यवस्थापनको जिम्मा प्रदेश तथा पालिकाको हो । बजार अनुगमनमा पालिकाको रुचि छैन वा जिम्मेवारी देखाएनन् । अनुगमनमा पालिका सक्रिय नहुँदा एकातर्फ बजार भाउ बढ्दो क्रममा छ भने अर्कोतर्फ नियन्त्रणबाहिर गएको छ । प्रदेश र पालिकाकै लापरबाहीका कारण कतिपय जिल्लामा सर्वसाधारण म्याद नाघेका वस्तु उपभोग गर्न बाध्य छन् ।
पोखरामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह
नेपाल आयल निगमले पोखरामा १० हजार किलोलिटर (एक करोड लिटर) क्षमताको डिजेल भण्डारण गृह निर्माण गरेको छ । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले पोखरामा झन्डै एक अर्ब रुपियाँ लागतमा डिजेल भण्डारण ट्याङ्क निर्माण गरेको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की तयार गरिएको जानकारी दिनुभयो । इन्धन भण्डारण स्थलसँगै फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । अत्याधुनिक प्रविधिको प्रयोग गरेर भण्डारण गृह बनाइएको हो ।
सुदूरपश्चिमको १० अर्ब ९३ करोड बजेट भएन खर्च
सुदूरपश्चिम प्रदेशको १० अर्ब ९३ करोड पाँच लाख रुपियाँ बजेट खर्च हुन सकेन । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९–८० का लागि कुल ३५ अर्ब आठ करोड सात लाख ५६ हजार रुपियाँमध्ये २४ अर्ब १५ करोड एक लाख ८५ हजार रुपियाँ बजेट खर्च गरिएको छ ।
तनहुँ जलविद्युत आयोजना : प्रसारण लाइन निर्माणका लागि ६६ टावर जडान
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि ६६ वटा टावरको निर्माण सम्पन्न भएको छ ।
पास्ता र चाउचाउ निर्यात वृद्धि
मुलुकमा उत्पादित पास्ता र चाउचाउ निर्यात २६.९ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २६.९ प्रतिशतले बढेर दुुई अर्ब ११ करोड २४ लाख ४१ हजार रुपियाँको ७२ लाख तीन हजार ४४५ केजी चाउचाउ तथा पास्ता निर्यात गरेको छ । गत वर्ष सो अवधिमा एक अर्ब ६६ करोड ४७ लाख १४ हजार रुपियाँको निर्यात भएको थियो । आव २०७८÷७९ मा एक अर्ब ८३ करोड ४१ लाख ३० हजार रुपियाँको पास्ता र चाउचाउ निर्यात भएको थियो ।
साउदीमा अनलाइनमार्फत गुनासो टिपाउन मिल्ने
साउदीमा रहेको नेपाली दूतावासले अनलाइन प्रणालीमार्फत श्रमिकले सबै खाले समस्या र गुनासा टिपाउन मिल्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । दूतावासले यही सातादेखि रोजगारीका क्रममा समस्यामा परेकाले सहज रूपमा आफ्ना समस्या राख्न सकून् भन्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो । दूतावासका अनुसार यो प्रणाली सञ्चालनमा आएसँगै अब साउदीमा कार्यरतलाई कुनै अप्ठ्यारो भएमा, गुनासो राख्नु परेमा वा दूतावासको सहयोग चाहिएमा अनलाइनमार्फत नै आफ्ना कुरा राख्न सक्छन् । यो व्यवस्थाले पहिले जस्तो दूतावासको कार्यालय नै पुग्नुपर्ने वा फोन गर्नुपर्ने बाध्यता हटेको छ ।
कृषि मन्त्रालयको खर्च एकासी प्रतिशत
कृषि तथा पशुपन्छी मन्त्रालय र त्यस मातहतका निकायले प्राप्त गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा ८१.५४ प्रतिशत खर्च भएको छ । चालु आवका लागि कृषि मन्त्रालयले पाएको ५४ अर्ब ९९ करोड ८९ लाख १९ हजार ६२९ रुपियाँ बजेटमध्ये ४४ अर्ब ८४ करोड ८७ लाख २९ हजार रुपियाँ मात्र खर्च गर्न सकेको छ । चालु आवमा चालु खर्चका लागि ५० अर्ब ९५ करोड ९१ लाख ४५ हजार ३८५ रुपियाँ बजेट छुट्याइएको थियो, त्यसमध्ये ८४.२८ प्रतिशत खर्च भएको छ ।
अनौपचारिक क्षेत्रका श्रमिक समेटिँदै
सरकारले ढिलै भए पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि समेट्ने भएको छ । कोषले बुधबारदेखि अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई समेट्न तयारी गरेको हो । उक्त कार्यक्रमको सुरुवात प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार गरेपछि शुभारम्भ हुने जनाइएको छ । कोषका सहप्रवक्ता रोहित रेग्मीले कार्यविधि अनुसार गत वैशाख १ देखि नै सुरु गर्नुपर्ने भए पनि प्रधानमन्त्रीको समय नमिलेकाले ढिला भएको जानकारी दिनुभयो । अनौपचारिक र स्वरोजगार क्षेत्रमा सबैतिर एकै पटक गर्न नसकिने भएकाले केही पालिकासँग सम्झौता (एमओयु) गरेर कोषमा आबद्ध गराउन थालिने जानकारी दिनुभयो ।
कोरोना बीमा बापतको दाबी भुक्तानी पाउने सम्भावना न्यून
कोरोना बीमा दावि भुक्तानी गरेका बीमितले भुक्तानी तत्काल पाउने सम्भवना छैन ।
लम्पी स्किन रोगबाट चौँरी समेत सङ्क्रमित
नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका चौँरी गाई समेत लम्पी स्किन रोगबाट सङ्क्रमण सुरु भएको छ । चौँरी गाई बिरामी हुँदा पशु चिकित्सकले चेकजाँच गर्दा सो रोग देखिएको हो ।
नदी जोगाउन नरिवल खेती
मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित ट्वाङ्ग्रामा मकवानपुर जिल्लामा नै पहिलो पटक नरिवल खेती सुरु गरिएको छ । पालिकाको वडा नं. ४ को कार्यालयको अगुवाइमा करिब चार बिघा क्षेत्रफल सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरिएको हो ।