डोल्पामा वन अधिकृतले गरे कानुन विपरीत १५ लाख भुक्तानी
डिभिजन वन कार्यालय डोल्पाले बिना प्रतिस्पर्धा एक परामर्शदातालाई १५ लाख रुपियाँ भुक्तानी गरेको पाइएको छ । डिभिजन वन कार्यालयका निमित्त वन अधिकृत महेश कुमाईंको आन्तरिक मिलेमतोमा आफन्त नाता पर्नेको फर्मलाई बिना प्रतिस्पर्धा १५ लाख भुक्तानी गरेको पाइएको हो ।
शाइन रेसुङ्गालाई ‘इमर्जिङ एसिया’ अवार्ड
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ‘इमर्जिङ एसिया’ बैङ्किङ अवार्ड २०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क उत्कृष्ट हुँदै अवार्ड जितेको हो । इन्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुला प्रतिस्पर्धामा भारत, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र नेपाल गरी छ देशका बैङ्क तथा वित्तीय संस्थाले अवार्डका आवेदन दिएको बताइएको छ ।
बाढीले पुल बगाएको फालेलुङमा डाइभर्सन निर्माण
गत असार ३ गतेको बाढीले मोटरेबल पुल बगाएको स्थान पाँचथरको फालेलुङ गाउँपालिका स्थित हेवाखोलाको घुमाउने टारमा डाइभर्सन बनाइएको छ । तत्कालको यातायात गतिरोध हटाउन गाउँपालिकाको अगुवाइमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीद्वारा डाइभर्सन बनाइएको हो ।
महोत्तरीमा पन्ध्र प्रतिशत रोपाइँ
असार महिना सकिन लाग्दा महोत्तरीमा १५ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लामा धान खेतको क्षेत्रफल ४५ हजार हेक्टर छ । पर्याप्त वर्षा नहुँदा अहिलेसम्म छ हजार ७५० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । वर्षा अभावमा अधिकांश धान खेत चरिचरन बनेको छ भने रोपाइँ भएका खेतका रोपो पनि सुक्दै गएकाले किसान चिन्तामा छन् । गौशाला नपा–१० का कृषक दिनेश महतोले एक बिघाका लागि लगाएको धानका बेर्ना बुढो हुने अवस्थामा छ । वर्षा नहुँदा अहिलेसम्म खेत भने बाँझै रहेको उहाँले बताउनुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग
पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको हो । सङ्घले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुर्याउन जाँदा बिदाइ र आगन्तुक÷अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
हेटौँडा–भरतपुर प्रसारण लाइन सञ्चालन
हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
आधा अर्बको पानी निर्यात
चालु आर्थिक वर्षको ११ महिनामा आधा अर्ब रुपियाँ बराबरको स्वदेशी खानेपानी निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठ महिनासम्म ५४ करोड ३२ लाख १८ हजार रुपियाँको ८२ लाख १७ हजार ८८३ लिटर पानी निर्यात भएको हो । स्वदेशी पानीको माग बढ्दै गएकाले चालु आवको सुरुदेखि नै पानीको निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
महँगियो तरकारी
“कमाइ तीन वर्षदेखि उस्तै छ, महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै सकस भयो । थोरै कमाइ हुनेले त तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” यसो भनिररहँदा असन चोकमा भेटिनुभएकी पवित्रा थापाको अनुहार मलिन देखिन्थ्यो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई पकाउन चाहिने तेल, नुन मसला छँदै छ । दैनिक साढे पाँच सय रुपियाँ कमाउनेले एक छाकको एक सय रुपियाँको तरकारी किनेर कसरी खान सक्छ ?” उहाँले प्रश्न गर्नुभयो । थापाका श्रीमान् न्युरोडको बैङ्कमा सुरक्षा गार्डका रूपमा कार्यरत हुनुहुन्छ ।
महँगी घट्यो, रेमिट्यान्स २२.७ प्रतिशतले वृद्धि
मुलुकको वर्तमान आर्थिक परिसूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा अर्थतन्त्र सकारात्मक रहेको देखाएको हो ।
चुरेफेदी महिला बचत कार्यालयमा ११ दिनदेखि ताला
उत्तरी मोरङको मिक्लाजुङ –३ टाँढीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लि.मा लागेको ताला ११ दिन बितिसक्दा पनि खुलेको छैन् ।
चैते धान भित्र्याउने तयारीमा किसान
दाङका अधिकांश ठाउँमा किसानले रोपाइँको तयारी गरिरहँदा चैते धानखेती गरेका किसान भने धानबाली भित्र्याउने तयारीमा छन् । वर्षमा चैते र बर्खे गरी दुई बाली धानखेती गर्ने किसान अहिले चैते धान भित्र्याउने तयारीमा छन् ।
डम्फु बनाएर राम्रो आम्दानी
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४स्थित सलान्दुबगरका लीलाबहादुर स्याङ्तान डम्फु बनाउने पेसामा लागेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । तामाङ जातिको सांस्कृतिक बाजामा डम्फुको माग हुन थालेकाले उहाँले ‘स्याङ्तान डम्फु उद्योग’ सञ्चालन गरेर सो पेसालाई विगत १५ वर्षदेखि निरन्तरता दिँदै आउनुभएको हो ।
हेटौँडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा
हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ ।
११ महिनामा भित्रियो ११ खर्ब १२ अर्ब विप्रेषण
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको ११ महिनासम्म विप्रेषण आप्रवाहमा २२ दशमलब सात प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलब एक प्रतिशतले बढेको थियो ।
पोखरामा ६० प्रतिशत रोपाइँ
पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । महानगरभित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही स्थानमा रोपाइँ हुन नसकेको महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो ।
आरोहीको शव हिमालमै छोडेर आउन नपाइने
हिमाल आरोहण गर्ने क्रममा बेपत्ता र मृत्यु भएका आरोहीको शव अब आरोहण कम्पनीले नै फिर्ता लिएर आउनुपर्ने भएको छ । नेपाल पर्यटन विभागले हिमाल आरोहणका क्रममा मृत्यु भएका आरोहीको शव छोडेर आउने क्रम रोक्न आरोहणमा संलग्न कम्पनीले नै शव ल्याउनुपर्ने बाध्यकारी व्यवस्था लागु गरेको हो । पर्यटन विभागका आरोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आरोहणका क्रममा मृत्यु भएका आरोहीलाई बेपत्ता भएको भनी छोडेर आउने प्रवृत्ति बढेकाले अब शव छोडेर आउन नपाइने नियम लागु गरिएको बताउनुभयो ।
मेल्लेख ग्राममा छ उद्योग सञ्चालन
अछामको मेल्लेख औद्योगिक ग्राममा छ वटा उद्योग सञ्चालनमा आएका छन् । मेल्लेख गाउँपालिका औद्योगिक ग्राम स्थापना गरी उद्योग सञ्चालन गरेको हो । सञ्चालनमा उद्यमीलाई तालिमसँगै उत्पादनको उत्पादनको बजारीकरण सुरु गरेको छ । ग्राममा अल्लो, गार्मेन्ट, चिप्स उद्योग, अचार, दालमोट, सिस्नोको धुलो उद्योग स्थापना भई उत्पादन सुरु गरिएको गाउँपालिकाले जनाएको छ । ती उद्योगबाट २१ जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ ।
अचार बिक्रीबाट वार्षिक पाँचलाख आम्दानी
स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक हप्ते अचार बनाउने तालिम लिनुभएको थियो । उहाँ आत्मनिर्भर मात्र बन्नुभएको छैन प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिमसमेत दिँदै आउनुभएको छ ।
‘मौद्रिक नीति खुकुलो हुनासाथ अर्थतन्त्र सहज’
अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाउनासाथ अर्थतन्त्रले वित्तीय सहजता महसुस गर्ने बताउनुभएको छ । आर्थिक छलफल चौतारी नेपालले आइतबार आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक कार्यक्रममा उहाँले मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर लैजाँदा पनि अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने बताउनुभएको हो ।
कृषिमा नीतिगत सुधारको आवश्यकता
कृषि क्षेत्रको सुधारका लागि नीतिगत तहबाट नै सुधार गर्नुपर्ने धारणा प्रतिनिधि सभाका सदस्यहरूले राखेका छन् । खाद्यका लागि कृषि अभियानले आइतबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरूसँग ‘नेपाली कृषिको भविष्य : सम्भावना तथा चुनौती’ विषयमा गरेको छलफलमा उहाँहरूले सो कुरा राख्नुभएको हो ।
सौर्य ऊर्जा प्रवर्धनमा जोड
ऊर्जा क्षेत्रको समानुपातिक र सन्तुलित विकासका लागि मुलुकमा उपलब्ध सौर्य ऊर्जाको सम्भावना सदुपयोगमा सरकारले विशेष ध्यान पु-याउने बताएको छ । एसियाली विकास बैङ्क (एडिबी) र इन्टरनेसनल सोलार एलायन्स (आइएसए) आइतबार संयुक्त रूपमा आयोजना गरेको कार्यशाला गोष्ठीमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीले यस्तो बताएका हुन् ।
वैदेशिक रोजगारीमा महिला असुरक्षित हुने क्रम बढ्दो
देशको अर्थतन्त्र धानिरहेको विप्रेषणमा महिला श्रमिकको पनि ठुलै योगदान छ तर यसरी नेपालको अर्थतन्त्रमा योगदान पु-याउने महिलामाथि राज्यको विभेदकारी नीति भने कायमै छ । सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको हकहित तथा सुरक्षाका लागि काम गर्नेभन्दा पनि गन्तव्य मुलुकमा प्रतिबन्ध लगाउँदा महिला श्रमिक थप समस्यामा पर्दै आएका छन् । संरक्षणमुखी अवधारणाका नाममा विगत सात वर्षदेखि मलेसिया र खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाउँदा यसको प्रत्यक्ष असर ठुलो सङ्ख्यामा घरेलु श्रमिकका रूपमा जाने महिला श्रमिकमाथि परेको हो ।
देशभर २७ प्रतिशत मात्र रोपाइँ
देशभर २७ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ। असार सकिन एक हप्ता मात्र बाँकी रहँदा धान रोपाइँ २६.७१ प्रतिशत मात्र भएको छ।
लघुवित्त संस्थाले लक्ष्य बिर्सनु हुँदैन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताउनुभयो। साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘मर्जरपछि यसको क्षमता र सेवा दिने लक्ष्य अझ घनिभूत हुने छ।’