सरकारी निकायबिच समन्वयको अभावले श्रमिकलाई समस्या
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले कुवेत र जोर्डन जान लागेका १५६ श्रमिकलाई फिर्ता गरेको विषयमा सरकारका दुई जिम्मेवार निकायबिच एकअर्कालाई आरोप लगाउने जुुहारी चलेको छ । श्रमिक रोकिएको विषयमा अध्यागमन विभागले आफ्नो बचाउ गर्दै थप प्रावधानसहित विज्ञप्ति सार्वजनिक गरेको छ भने वैदेशिक रोजगार विभागले आफ्नो क्षेत्र अधिकारमाथि हस्तक्षेप भएको आसयसहितको विज्ञप्ति सार्वजनिक गरेको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कको एकैसाथ एघार शाखा
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशका विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ । बैङ्कले सिराहा, बैतडी, दार्चुला, मोरङ, मकवानपुर, ललितपुर, सुर्खेत, कालीकोट, दैलेख र स्याङ्जाका विभिन्न ठाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । सिराहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङको विराटचोक, मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को र मङ्गलबजार, सुर्खेतको छिन्चु, कालीकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङ्जाको वालिङमा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैङ्कले जनाएको छ । नयाँ शाखा सञ्चालनसँगै रावा बैङ्कको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन् ।
तीन वर्षसम्म खोजिएन लम्पीको रोकथाम,पशुधनमा चालिस अर्बको क्षति
नेपालका पशुमा ‘लम्पी स्किन’ रोग देखापरेको तीन वर्ष भयो तर यसबिचमा रोकथामको प्रभावकारी पहल हुन नसक्दा महामारीको रूप लिएको छ। नेपालमा पहिलो पटक २०७७ असारमा मोरङको सुन्दरहरैँचाका पशुमा लम्पी स्किन रोग देखिएको थियो। अहिले लम्पीले प्रभाव नपारेको कुनै जिल्ला छैन।
रोजगारीका लागि पौने आठ लाख विदेशिए
आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन् । वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका थिए ।
जैविक विविधता संरक्षण गर्न अर्थमन्त्री डा. महतद्वारा हरित ऊर्जामा जोड
अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय तथा जैविक विविधताको संरक्षण गर्न हरित ऊर्जाको स्रोतका रूपमा जलविद्युत् विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
बाँकेमा अढाई अर्ब विकास बजेट भएन खर्च
सङ्घ र प्रदेशका कार्यालयतर्फ बाँकेमा विनियोजन भएको विकास बजेटमध्ये आर्थिक वर्ष २०७९–८० मा करिब अढाई अर्ब रुपियाँ खर्च हुन सकेन ।
गत आवमा करिब ८० प्रतिशत बजेट खर्च
गत आवका लागि सरकारले कुल रु. १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख बराबरको बजेट ल्याएको थियो । आव सकिँदासम्ममा उक्त विनियोजित बजेटमध्ये ७९ दशमलव ६९ प्रतिशतअर्थात् रु १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
मकै जोनमा मकैको उत्पादन बढ्यो
झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै जोन कार्यक्रम सुरु भएपछि मकैको उत्पादनमा वृद्धि भएको छ । गत वर्ष मकैको उत्पादनमा वृद्धि भएको पाइएको हो ।
व्यावसायिक पशुपालनमा आकर्षण
बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतीक्षामा बस्नुहुन्छ । उहाँले तयार पार्नुभएको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उहाँको घर छेउमा आएर हर्न बजाउँछ ।
खाद्य कार्यालय पुनः स्थापना गरिने
गुल्मीको सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालको शाखा कार्यालय पुनः स्थापना गरिने भएको छ ।
‘रासायनिक मल पाउन सास्ती र हैरानी खेप्ने दिन गए’
सरकारले चाहेमा आम किसानले भोग्नुपरेका सास्ती र हैरानीलाई कसरी अन्त्य गर्न सक्दोरहेछ भन्ने कुरा यसपटकको धान रोपाइँपूर्वको अवस्थाले पुष्टि गरेको छ ।
झापामा ६५ प्रतिशत मात्रै रोपाइ
झापामा असार मसान्तसम्ममा गत वर्षभन्दा १० प्रतिशत कम रोपाई भएको छ । असार अन्तिम सम्ममा जिल्लामा ६५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ । गत वर्ष यो अवधिमा ७५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो ।
ताप्लेजुङमा ४३ प्रतिशत रोपाइँ सम्पन्न
ताप्लेजुङमा असार मसान्त सम्ममा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जेठको दोस्रो साता पछिदेखि नै रोपाइँ सुरु हुने गरेको जिल्लामा हालसम्म ४३ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो ।
निःशुल्क कम्पनी दर्ता कार्यान्वयनमा आउने
निःशुुल्क नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि आगामी साउन पहिलो सातादेखि कार्यान्वयनमा आउने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा भएको सो कार्यक्रम साउन पहिलो सातादेखि कार्यान्वयनमा आउने भएको हो । कार्यक्रम कार्यान्वयन गर्नका लागि अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृत दिइसकेको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।
ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ
एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताउनुभएको छ । मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी गराउँदै आउनुभएको छ ।
मुद्दती निक्षेपमा औसत ब्याजदर घट्यो
आपसी समझदारीमा समान ब्याजदर निर्धारण गर्दै आएका वाणिज्य बैङ्कहरूले साउनदेखि भने आफ्नै अवस्था अनुसार ब्याजदर निर्धारण गरेका छन् । साउन १ देखि लागु हुने गरी वाणिज्य बैङ्कहरूले निर्धारण गरेको बचतको नयाँ ब्याजदर अनुसार पाँच बैङ्कले ब्याज बढाएका छन् भने नौ वटाले घटाएका छन् । छ बैङ्कले भने स्थिर राखेका छन् । सार्वजनिक विवरण अनुसार मुद्दती निक्षेपमा औसत ब्याजदर घटेर ९.७२ कायम भएको छ ।
आजदेखि कार्यान्वयनमा आउँदै छन् यी कर
आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ ।
भिसाको आधिकारिकतामा दुबिधाका कारण प्रस्थान अस्वीकृत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभाग अन्तर्गतको अध्यागमन कार्यालयले वैदेशिक रोजगार विभागबाट कुवेत जान श्रम स्वीकृति लिएर हिँडेका केहीको शङ्कास्पद कागजात भेटिएको भन्दै प्रस्थान अनुुमति रोक्दै आएको छ । यता व्यवसायीहरूले श्रम स्वीकृति लिएर हिँडेका श्रमिकलाई रोकेको भन्दै विरोध गरेका छन् ।
लगानी कोषले पच्चिस प्रतिशत बोनस सेयर दिने
नागरिक लगानी कोषले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार सम्पन्न कोषको २८ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांश स्वीकृत गरेको जनाइएको छ ।
इन्धनको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।आइतबार पत्रकार सम्मेलन गर्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धनको मूल्य घटेको जानकारी दिनुभएको हो।
अन्तिम छ दिनको भुक्तानी : ५२ अर्ब ३६ करोड
चालु आर्थिक वर्ष २०७९/८० को अन्तिम छ दिनमा ५२ अर्ब ३६ करोड बढी भुक्तानी भएको छ। महालेखा परीक्षक कार्यालयको तथ्यांक अनुसार वर्षको अन्तिम ६ दिनमा ५२ अर्ब ३६ करोड चाल लाख रुपियाँ भुक्तानी भएको हो।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ। चालु आर्थिक वर्षको अन्तिम कारोबार सकारात्मक रहेको छ।
बिक्री गर्न ल्याइएको १४ सय किलोग्राम कुहिएको माछा नष्ट
झापामा बिक्री गर्नका लागि ल्याइएका सडे गलेका माछाहरू नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको छ ।
‘आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो ’
बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ ।