तीन वर्षदेखि नेपालगन्ज अध्यागमन कार्यालयको काम ठप्प
सीमावर्ती रुपैडियामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ ।
कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनः भाषा परीक्षाको आवेदन खुलाएको छ ।
जलेश्वर भन्सारबाट लक्ष्यभन्दा २२ प्रतिशत कम राजश्व सङ्कलन
महोत्तरीको प्रमुख व्यापारिक नाका जलेश्वर भन्सारको आयात व्यापारमा गिरावट आएको छ । जसकाकारण आ.व. २०७९-०८० को राजस्व लक्ष्यभन्दा २२ प्रतिशत अर्थात् ८२ करोड कम सङ्कलन भएको छ ।
निर्माण व्यवसायीको मागमा दबाब दिन भेला
नेपाल निर्माण व्यवसायी महासङ्घले बाँकी रहेको रकम भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न तथा मूल्यवृद्धि फ्रिज नगर्न माग गर्दै राष्ट्रिय भेला आयोजना गरेको छ । माग पूरा गराउन दबाब दिने उद्देश्यले शुक्रबार राजधानीमा आयोजित सो भेलामा ७७ जिल्लाका निर्माण व्यवसायी सहभागी छन् । महासङ्घका अध्यक्ष रवि सिंहले म्याद थप निर्माण व्यवसायीको भन्दा सरकारको आवश्यकता रहेको उल्लेख गर्दै सरकारको निर्देशन भए पनि कर्मचारीहरूले म्याद थप गर्न नमानेको तथा म्याद थपका लागि उनीहरूको चाकरी गर्नुका साथै अतिरिक्त सम्बन्ध बनाउनुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारी कर्मचारीले सरकारले दिएको निर्देशन कार्यान्वयन नगर्दा निर्माण व्यवसायीले अतिरिक्त सम्बन्ध बढाउनुपर्ने भएको छ ।”
भाषा परीक्षाको आवेदन माग
रोजगार अनुमति प्रणाली (इपिएस) दक्षिण कोरियामा गई काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन माग गरेको छ । सो शाखाले शुक्रबार सूचनामार्फत कोरियामा वैधानिक तरिकाले चार वर्ष १० महिना काम गरेर फर्किएका श्रमिकका लागि पुनः पठाउने गरी आवेदन माग गरेको हो । सो शाखाका अनुसार पुनः दक्षिण कोरिया जान चाहनेले आउँदो साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सकिने छ । कोरिया भाषाको परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुने छ भने यसको नतिजा आउँदो असोज ३ गते सार्वजनिक गरिने सो शाखाले जनाएको छ ।
अठसट्ठी प्रतिशत मात्र रोपाइँ
असार सकेर साउन लागिसक्दासम्म ६८ प्रतिशत मात्र रोपाइँ भएको छ । यद्यपि सात दिनमै रोपाइँमा १५ प्रतिशत वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार असार २९ गतेसम्म ५३ प्रतिशत रोपाइँ मात्र भएको थियो । मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म ६८ प्रतिशत रोपाइँ भइसकेको छ । जब कि गत वर्ष साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ भएको थियो । अर्थात् गत वर्षको तुलनामा अझै २० प्रतिशत रोपाइँ कम भएको हो । कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले साउनको अन्तिमसम्ममा ९५ प्रतिशत रोपाइँ हुने दाबी गर्नुभयो ।
भारतले चामल निर्यातमा लगायो रोक
भारत सरकारले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै चामल निर्यात रोक्ने घोषणा गरेको हो । भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिनालगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ । भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुन सक्ने देशभित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय गरिएको बताइएको छ ।
थप ११ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स
ब्रोकर लाइसेन्स पाउने कम्पनीहरूको सङ्ख्या २९ पुगेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डको बिहीबारको निर्णयानुसार थप ११ कम्पनीलाई लाइसेन्स दिइएको हो । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिएको बोर्डले जनाएको छ । बोर्डले मिल्की वे सेयर ब्रोकर कम्पनी (महाराजगञ्ज, काठमाडौँ), क्यापिटल हब प्रालि (अनामनगर, काठमाडौँ), आकाश भैरव सेक्युरिटिज (ललितपुर), पाही इन्भेस्टमेन्ट प्रालि (गोकर्णेश्वर–काठमाडौँ), एसपिएसए सेक्युरिटिज (बानेश्वर, काठमाडौँ) लाई ब्रोकर लाइसेन्स दिएको छ ।
दुई खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपियाँ बराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सरकारले सहकार्य गर्ने बताउनु भएको छ ।
आधुनिक कृषि खेतीले फेरियो जीवन
आधुनिक कृषि खेतीले खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का किशोर राईको जीवन फेरिएको छ। परम्परागत खेतीलाई छाडेर आधुनिक खेती सुरु गरेपश्चात राईको जीवन फेरिएको हो। आमा सञ्चहिरा राईले सुरु गरेको कृषि खेती अहिले छोरा किशोरले सम्हाल्नु भएको छ। तर खेती गर्ने तरिका भने फरक छ।
विमानस्थल क्षेत्रको काठ बिक्रीबाट तीन करोड आम्दानी
उदयपुरमा सगरमाथा आन्तरिक विमानस्थल निर्माण गर्नका लागि करिब १४ हजार सखुवाका रुखहरू कटान सम्पन्न गरी काठ दाउरा बिक्री गर्न सुरु गरिएको छ ।
सहकारीबाट लिएको ऋण तिर्न स्याङ्जाका पालिकाहरूको ताकेता
स्याङ्जाका पालिकाहरूले आफ्नो क्षेत्रभित्र रहेका सहकारीबाट ऋण लगेर नतिरेकाहरूलाई तिर्न ताकेता गरेका छन् । जिल्लाको वालिङ, चापाकोट र भीर कोट नगरपालिकाले सूचना नै निकालेर ऋणी सदस्यहरूलाई समयमा नै ऋण चुक्ता गर्न अनुरोध गरेका हुन् ।
अनुदानको मल पाउन कृषकलाई छैन सहज
कपिलवस्तुमा अनुदानको मल कृषकले पाउन मुस्किल हुने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल सहकारीमार्फत बिक्रीवितरण गर्दै आइरहेको छ । अनुदानको मल सहकारीमार्फत वितरण भए पनि सहकारीकै पदाधिकारीले आफ्ना नजिकका वा नातेदारबाहेक कसैले सहज रूपमा प्राप्त गर्न नसकेको कृषकहरू बताउँछन् ।
महमा बाँके आत्मनिर्भर, निर्यात सुरु
धेरै जसो वस्तु र पदार्थमा परनिर्भर रहेको बाँके जिल्ला मह उत्पादनमा भने आत्मनिर्भर भई अन्य जिल्लामा निर्यातसमेत गर्न सफल भएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमदले पछिल्लो समयमा बाँकेमा मह उत्पादन सोचेभन्दा बढी भएकाले यो जिल्ला मह उत्पादनमा आत्मनिर्भर बनेको बताउनुभयो । उहाँले जिल्लाको माग र आवश्यकताभन्दा पनि बढी मह उत्पादन हुन थालेपछि यहाँबाट अन्य जिल्लामा समेत मह निर्यात गर्न थालिएको जनाउनुभयो ।
‘कर्जाको ब्याजदर निरन्तर घट्ने क्रममा’
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्य वृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने बताउनुभएको छ । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बिहीबार बसेको बैठकमा उहाँले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आवको मौद्रिक नीति जारी हुने स्पष्ट पार्नुभयो ।
भारतबाट आउने दुध रोक्न माग
भारतबाट दुध तथा दुग्धजन्य पदार्थको भइरहेको चोरी पैठारीलाई बन्द गर्न सरोकारवालाले सरकारसँग माग गरेका छन् । भारतबाट लुकाइछिपाई नेपाल ल्याई कच्चा दुध बिक्री गर्दा नेपाली किसानको दुध बिक्रीमा समस्या भएको भन्दै त्यसलाई कडाइका साथ रोक्न सरोकारवालाले सरकारसँग माग गरेका छन् ।
डेढ अर्ब बचत हिनामिना सहकारी सञ्चालक सहित कर्मचारी कारागार चलान
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।
घुस लिने इन्जिनियर पर्खाल नाघेर भागेपछि अख्तियारको टोली रित्तो हात फर्क्यो
सप्तरी स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । भवन निर्माणको सम्पन्नका काममा घुस लिएको सूचना पछि अख्तियारको टोली त्यस कार्यालयमा पुगेका थिए । यता खुस लिने कर्मचारीहरू नगद र चेक छाडेर पर्खाल नाघेर भागेका छन् ।
‘अर्थतन्त्रका चुनौती सामना गर्नेगरी मौद्रिक नीति आउनुपर्छ’
पूर्व अर्थमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिनुभएको छ ।
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।
नेप्सेमा झिनो अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ अङ्कमा सीमित भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका १३ वटा प्याकेटमा भेटिएन सुन
तस्करीको सुनसँगै क्याथे प्यासेफिकको विमानबाट आएका बाँकी प्याकेजमा सुन हुन सक्ने आशङ्कासहित राजस्व अनुसन्धान विभागले विमानस्थलमा पुनः अनुसन्धान गरेको थियो। ती प्याकेटमा सुन भने फेला नपरेको विभागले जनाएको छ।
बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताउनुभएको छ ।