गोरखापत्र संस्थानमा लक्ष्मीपूजा (फोटो फिचर)
गोरखापत्र संस्थानमा विधिपूर्वक लक्ष्मीपूजाको आयोजना गरिएको छ । संस्थानको सङ्घीय कार्यालय धर्मपथ काठमाडौँमा बिहीबार बिहान पण्डित पुष्करराज आचार्यले पूजा सम्पन्न गर्नुभएको हो ।
स्नान, दीपदान गरेर मनाइयो नरक चतुर्दशी
नरक चतुर्दशी पनि भनिने कात्तिक कृष्ण चतुर्दशीका दिन बिहीबार बिहान स्नान, दानका साथ दीपदान गरी मनाइएको छ । सूर्योदय अगावै स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काएर बगाइएको छ । यसलाई नरक स्नान गर्ने र नरक बगाउने पनि भनिन्छ ।
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताउनुभएको छ । तिहार पर्व, २०८१ को अवसरमा बिहीबार विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालमा मनाइने विभिन्न चाड पर्वहरुले विविधतालाई एकतामा बाध्ने कार्य गर्दै आएको बताउनुभयो ।
पूर्वी नेपाल तिहारको रोनक
पूर्वी नेपालका गाउँ, सहर, चोकचोक र बस्तीबस्तीहरुमा तिहारले झपक्कै छोपिसकेको छ । झिलिमिली बत्ती र दियोको उज्यालोले गाउँ, सहर, चोकचोक र बस्तीबस्तीहरु सिँगारिएका छन् । तिहार सबैको घरआगनमा भित्रि सकेको छ ।
कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार
नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन बिहीबार घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा मनाइँदै
कात्तिकः यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी आज श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार
नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ । यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबिच विभिन्न उपहार पनि लिनेदिने पर्वका रूपमा पनि लिने गरिन्छ ।
बेलुका १० बजेसम्म मात्रै देउसी भैलो
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बेलुका १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने सूचना जारी गरेको छ ।
सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण सुरु
जिल्लाको रामपुर नगरपालिका–४ गैराबारीमा नेवाः सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण सुरु गरिएको छ ।
कार्तिक कृष्ण त्रयोदशीः काग तिहार
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
थारु समुदायको मङ्ग्रहुवा नाच
भजनी, कात्तिक १३ गते । कैलालीको टीकापुरमा थारु समुदायको सांस्कृतिक मङ्ग्रहुवा नाच प्रस्तुत गरिँदै । पछिल्लो पुस्तामा यो नाच हस्तान्तरण हुन नसक्दा ओझेलमा पर्ने सम्भावना बढ्दै गएको छ ।
आज धनतेरसः सुनचाँदी किन्नेको भिड (फोटो फिचर)
आज कात्तिक द्वादशी अर्थात् धनतेरस । सुन, चाँदी, तामा, फलामलगायत धातुका नयाँ भाँडाकुँडा किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलन छ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ ।
व्यापारभन्दा संस्कृति जोगाउन हुक्काहुक्कीको व्यापार
एक साता यतादेखि सडक पेटीमा लस्करै बसेर दर्जन बढी मानिस हुक्काहुक्की बेचिरहेको भेटिन्छ । उहाँहरूको यो व्यापार बढीमा एक साता अर्थात् दीपावलीका दिनसम्म मात्र चल्ने हो ।
छठ पर्वका लागि बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ
छठ पर्व नजिकिँदै गर्दा अहिले महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको छ । छठमा बाँसका डोको, डालोलगायत सामग्रीको माग बढी आउने भएकाले यहाँका डोम समुदाय व्यस्त छन् ।
दीपावली पर्वः उल्लासमय मिथिलाञ्चल क्षेत्र
दीपावली पर्वले मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रको वातावरण उल्लसमय भएको छ । कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने उज्यालोको पर्व दीपावली र त्यसलगत्तै आउने छठ पर्वको तयारीले मधेसको महोत्तरीसहित मिथिलाञ्चल क्षेत्र अहिले पर्वमय बनेको हो ।
भाइटीकाको साइत ११:३७ बजे
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।
मादल बेच्ने चटारो, संरक्षण गर्न व्यवसायीको माग
देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल याद आउँछ । अब यस वर्षको तिहार सुरु हुन केही दिन मात्रै बाँकी छ । त्यसैले पनि अहिले काठमाडौँमा मादल किन्नेहरुको भिड छ ।
सिस्नुपानीको देउसी–भैलो हास्यव्यङ्ग्य कार्यक्रम
कला, संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने हेतुले सिस्नुपानी नेपाल मकवानपुरले देउसी–भैलो विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको छ । सामाजिक विकृति, विसङ्गति, वर्तमान समाजको वेतिथीलाई देउसी–भैलोमार्फत व्यङ्ग्य गरिएको हो ।
सँगिनी नाच ब्युताउँदै महिला
गाउँघरमा आधुनिक मनोरञ्जन साधनको पहुँच नभएको समयमा बालन र सँगिनीको हाई–हाई थियो । मान्छे टाढा टाढाबाट बालन र सङ्गीनी हेर्न कार्यक्रम स्थलसम्म पुग्थे । त्यही बालन र सङ्गीनी अहिले एकादेशको कथाजस्तो भएको छ ।
सांस्कृतिक रुझानको ‘लाखे आजु’
राजधानीको नेवाः समुदायमा लाखेलाई सांस्कृतिक नृत्यका रूपमा लिइन्छ । इन्द्रजात्राका बेला राजधानीमा लाखे नचाइन्छ ।
घडीअर्वा पोखरीमा छठको तयारी
छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जको घडीअर्वा पोखरी सजाइँदै। छठ पूजा व्यवस्थापन समितिले घडीअर्वा पोखरीमा छठको पण्डाल, झिलिमिली र झकिझकाउ सजावटको काम थालेको छ ।
सांस्कृतिक पर्व तिहार
नेपालमा वैदिक सनातन वर्णाश्रम धर्मका अनुयायीले वर्षभरि धेरै धार्मिक तथा सांस्कृतिक चाडपर्व मनाउने गर्छन् ।