शान्ति र सदभावको पर्व 'इदुलफित्र' मनाइँदै
शान्ति र सद्भावको महान् पर्व इदुल फित्रलाई बाँके जिल्लाका मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धूमधामका साथ बिहीबार मनाउँदै छन् ।
काठमाडौँमा यसरी मनाइयो इद (फोटो फिचर)
काठमाडौँको घण्टाघर स्थित जामे मस्जिद र अन्य इस्लामिक धार्मिक स्थलहरूमा बिहीबार बिहानै देखि इद–उल फित्र (इद) मनाइएको छ । इस्लाम धर्मावलम्बीले नमाज पढेर सकेपछि आफन्त लगायत सबैमा शुभकामना साटासाट गरी इद मनाइएको हो ।
‘इद–उल–फित्रले सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न सिकाउँछ’: उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीहरूको पर्व ‘इद–उल–फित्र’ का अवसरमा देश– विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, सुस्वास्थ्य, शान्ति एवं समृद्धिको कामना गर्नुभएको छ ।
अध्यक्ष दाहालद्वारा इदको शुभकामना
सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व इद उल फित्र (इद) को शुभकामना दिनुभएको छ ।
आज इद मनाइँदै
देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो ।
इद पर्वले बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले इद (इद–उल–फित्र) पर्वले सम्पूर्ण नेपालीबिच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीद्वारा इद पर्वको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबिच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
इद–उल–फित्रले धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इद–उल–फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताउनुभएको छ ।
सभामुखद्वारा इद पर्वको शुभकामना
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले मुस्लिम समुदायको धार्मिक पर्व इद–उल फित्र (इद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।