गाउँमै मौलिकता झल्कने सङ्ग्रहालय
नेपालको पहिचानसँग जोडिएका परम्परागत रीतिरिवाज तथा रहनसहनजस्ता मौलिकता बिस्तारै हराउँदै जान थालेको छ । उचित संरक्षणका लागि यहाँको भीरकोट नगरपालिका –७ मा फरक शैलीको सङग्रहालय सञ्चालन गरिएको हो ।
मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन
हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो ।
प्युठानमा भैरव नाच प्रदर्शन
अर्घाखाँचीको चर्चित भैरव नाच प्युठानमा देखाइएको छ । जिल्ला सदरमुकाम खलङ्गा र बिजुवारमा पहिलो पटक भैरव नाच प्रदर्शन गरिएको हो ।
मुक्तिनाथमा धार्मिक पर्यटक भरिभराउ (फोटो फिचर)
दसैँ सकिए लगत्तै मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर धार्मिक पर्यटकले भरिभराउ भएको छ । मुक्तिनाथमा यतिखेर स्वदेशी तथा विदेशी पर्यटकहरु भरिएका छन् ।
ढोरवाराही धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गर्न पहल थालिएको छ । नगरपालिकाले नगरभित्रकै प्रमुख धार्मिकस्थल ढोरवाराही मन्दिरको विकासका लागि पहल थालेको हो ।
समितिलाई दुई दिनको मात्र भेटी
फेवातालको बिच भागमा रहेको तालवाराही मन्दिरको भेटी पुजारीले लिने गरेका छन् । तालवाराहीमा सङ्कलित लाखौँ रुपियाँ भेटी अझै पनि पुजारीको पोल्टामा जाने गरेको छ ।
नेपाल संवत् ११४५ लाई भव्य रुपमा मनाऔँ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
हिन्दु विवाहित महिलाले मनाए करवा चौथ पर्व
कपिलवस्तु सहित तराईका विभिन्न जिल्लामा हिन्दु धर्मावलम्बी विवाहित महिलाहरूले करवा चौथ पर्व मनाएका छन् ।
दलित समुदायलाई नौमती बाजा
नौमती बाजा संरक्षण गर्नका लागि जलजला गाउँपालिकाले ४ का दलित समुदायलाई बाजा हस्तान्तरण गरेको छ ।
छठ पर्वमा बाँसका सामग्रीको महत्त्व
छठ पर्व नजिकिएसँगै डोम समुदाय जो परम्परागत रूपमा बाँसका सामग्री बनाउनमा कुशल मानिन्छ, उनीहरू बाँसका सामग्री बनाउनमा व्यस्त छन् ।
संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताउनुभएको छ ।
कला संस्कृति जोगाउन महोत्सव
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेले बाँकेको नेपालगन्जमा महोत्सव गर्ने भएको छ ।
रामायण सर्किटमा रामधुनी मन्दिरलाई जोड्ने
भगवान् राम वनवासका क्रममा बास बसेको स्थान रामधुनी मन्दिरलाई रामायण सर्किटमा जोड्न सम्भाव्यता अध्ययन थालिएको छ ।
जात्राले स-यो दसैँको टीका
उत्तरी मकवानपुरको पर्यटकीय एवं ऐतिहासिक स्थल चित्लाङको चार गाउँका नेवार समुदायले आइतबार र सोमबार दसैँको टीका लगाउने भएका छन् । थाहा नगरपालिका–१० का गोपाली र गमाल समुदायले यस वर्षको विजयादशमीको टीका आइतबार र सोमबार लगाउने भएका हुन् ।
संस्कृति प्रवर्धनमा अवस्थी
सांस्कृतिक समाज नेपालले नेपाली मौलिक संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
जगेर्ना गरिँदै सराय नाच
दसैँको टीका पूर्णिमासम्म लगाउने प्रचलन छ । तथापि, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, कपिलवस्तु, दाङ, बाग्लुङ, स्याङ्जा, प्युठानलगायत जिल्लामा प्रायः एक दिन मात्रै दसैँको टीका ग्रहण गरिन्छ ।
वसन्तपुरमा हजार कलाकारको प्रस्तुति (फोटो फिचर)
पर्यटक र शान्ति मूल नाराका साथ मनाइरहेको पर्यटन दिवसको अवसरमा धिमे बाजाको तालमा एक हजार कलाकारले नेवारी नृत्य प्रस्तुति गरिएको हो ।
मखमली फूलकाे माला उन्न भ्याइनभ्याइ
मखमली फूल नोपालीहरुका लागि सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध फूल हो । मखमली फूल कहिले न ओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रूपमा लिइन्छ ।
विवाह पञ्चमीमा अयोध्याबाट जन्ती आउने
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष विवाहमञ्चमीको अवसरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपालि अयोध्याबाट जन्ती आउने भएको छ ।
दसैँ सकियो, थारु ‘सखिया नाच’ सकिएन
दसैँ सकिए पनि बाँकेका थारु गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ को रमझम अझै सकिएको छैन । दसैँ सुरु हुनुभन्दा पहिले सुरु भएर दसैँ सकिएको केही दिन पछिसम्म पनि नाचिने सो नाचले अझ पनि जिल्लाका अधिकांश थारु गाउँबस्ती रमाउँदैछन् ।
कालिकालाई चार लाखको दर्शन
बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवतीमा बडादसैँको नवरात्रमा करिब चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।
अस्ट्रेलियामा नेपाली हिन्दु मन्दिर निर्माण गर्ने प्रतिबद्धता
अस्ट्रेलियाको लेबर पार्टीले राजधानी क्यानबेरालाई बहुसांस्कृतिक तथा बहुपहिचानयुक्त सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।
एक महिनामा छ हजारले गरे पाथीभराको दर्शन
दसैँ तिहारको अवसरसँगै पाथीभरा दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने समय असोज महिनामा मात्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।
पहाडमा खेलिने सराय नाच सहर झर्दै
लुम्बिनी प्रदेशका पहाडी जिल्लाबाट तराईमा बसाइँसराइ गर्नेले आफूहरूसँगै सराय संस्कृतिसमेत लिएर आएका छन् ।