• १० कात्तिक २०८१, शनिबार

प्युठानमा भैरव नाच प्रदर्शन

blog

प्युठान समाचारदाता

प्युठान, कात्तिक ८ गते । अर्घाखाँचीको चर्चित भैरव नाच प्युठानमा देखाइएको छ । जिल्ला सदरमुकाम खलङ्गा र बिजुवारमा पहिलो पटक भैरव नाच प्रदर्शन गरिएको हो । 

मल्लरानी गाउँपालिका–४ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार नेवारी संस्कृतिसँग जोडिएको भैरव नाचबारे स्थानीयलाई जानकारी दिन अर्घाखाँचीबाट नाच ल्याइएको हो । 

जिल्लामा नेवारी संस्कृति थुपै्र भए पनि भैरव नाच नाच्ने प्रचलन नरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्युठान नगरपालिकाका पूर्वप्रमुख अर्जुनकुमार कक्षपतिले लायन्स क्लब अफ प्युठानको आयोजनामा जिल्लामा पहिलो पटक नाच प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

भैरव नाच संरक्षण समिति अर्घाखाँचीका संयोजक राजकुमार श्रेष्ठले तान्त्रिक विधिबाट नाचिने नाचमा काल भैरव, श्वेत भैरव र सेतो भैरवको फरक फरक मुकुट लगाएर विभिन्न भगवान्को प्रतीकका रूपमा सात ताल नाचिने जानकारी दिनुभयो ।