नेपाल-भारत धार्मिक महायात्राको तयारी तीव्र
नेपाल-भारत धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्र देवता सिद्धरत्ननाथ-देवीपाटन महायात्रा-२०८० को तयारी तीव्र छ । प्रत्येक वर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थित पाटेश्वरी मन्दिरसम्म हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक महायात्रालाई भव्य बनाउन दुवै देशमा तयारीलाई तीव्र बनाइएको हो ।
कौरा नाचको जर्गेना गर्न खुला कौरा प्रतियोगिता
कौरा नाच्न तथा गीत गाउन युवा पुस्तालाई सिकाउने र पुरानो संस्कृति जर्गेना गर्न तनहुँमा मौलिक खुला कौरा प्रतियोगिता हुने भएको छ ।
सुदूरपश्चिममा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तराईमा बसोबास गर्ने राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सरकारले प्रदेश भरी सार्वजनिक बिदा दिएको हो ।
बुद्ध जब राजमहल फर्किए
सिद्धार्थ गौतमका पिता शुद्धोदन तिलौराकोटका राजा थिए । शाक्यवंशीय राजा शुद्धोदनको राज्यको राजधानी कपिलवस्तु थियो । शुद्धोदनकी रानी मायादेवीले गर्भधारणपछि छ वटा दाँत भएको श्वैत हात्ती आफ्नो गर्भमा रहेको सपना देखेकी थिइन् । पछि राजधानी कपिलवस्तुबाट माइती देवदह जाँदा मायादेवीलाई बाटोमै प्रसव व्यथा लाग्यो । त्यसपछि उनले लुम्बिनी पुष्करिणी सरोवर छेउ आरामका लागि रुखको फेदमा सुस्ताउँदा उनलाई पुत्रलाभ भयो ।
तस्बिरमा खड्ग सिद्धि जात्रा
१२ वर्षमा निकालिने श्रीपचली भैरवको नाच क्षेत्रपाटीमा नचाइएको छ । नेपाल भाषामा गथु प्याखँ भनिने श्री पचली भैरब १२ वर्ष खड्ग सिद्धि जात्रा दुई दिनसम्म नचाइन्छ ।
‘समाजलाई योगदान दिने खालको नयाँ अनुसन्धान आवश्यक’
नेपालका अनुसन्धानदाताले समाजलाई योगदान दिने खालको नयाँ अनुसन्धान आवश्यक रहेको बताएका छन् । नेपाल दार्शनिक अनुसन्धान केन्द्र (एनपीआरसी) र अनुसन्धानदाता समाजले आयोजना गरेको ‘बहुविधा अनुसन्धानमा उदयमान मुद्दा’ विषयक कार्यक्रममा अनुसन्धानले मात्र देशलाई सही दिशामा लैजाने बताएका हुन् ।
शे-फोक्सुण्डोमा बाह्रवर्षे मेला लाग्दै
हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे-फोक्सुण्डो गाउँपालिकामा बाह्रवर्षे शे-मेला लाग्ने भएको छ । वडा नम्बर ३ मा पर्ने साल्दाङस्थित शेल गुम्बामा आगामी भदौ महिनाको १६ गतेदेखि १९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो ।
कंकालिनी मन्दिर
सप्तरी जिल्लाको कंकालिनी नगरपालिका वडा नम्बर १ भारदह मा अवस्थित प्रख्यात कंकालिनी भगवतीको मन्दिर। यो मन्दिर काठमाडौँदेखि ३२२ किमी दूरी पूर्वमा रहेको छ। पूर्व पश्चिम राजमार्गको कोशी पश्चिमी तटबन्धसँगै स्थापित रहेको छ।
रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताउनुभएको छ ।