• ७ मंसिर २०८१, शुक्रबार

संस्कृति प्रवर्धनमा अवस्थी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ४ गते । सांस्कृतिक समाज नेपालले नेपाली मौलिक संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । संस्थाले संस्कृति, गीतसङ्गीत र खेलकुदका क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कृतसमेत गर्दै आएको छ ।

संस्थाका अध्यक्ष रामप्रसाद अवस्थीका अनुसार नेपाली लोकसंस्कृति, लोकगाथा र लोकसाहित्यको विकासमा सेवा गर्दैआएको छ । २०४२ सालमा बैतडीको सिगास गाउँपालिका काडासैनीमा जन्मिएका अवस्थीले लोकसङ्गीतको विकासमा समेत योगदान दिँदै आउनुभएको छ । उहाँले रानी चणी गीति एल्बममार्फत् व्यावसायिक सङ्गीतमा प्रवेश गर्नुभएको थियो । 

गायन, सङ्गीत, अभिनयको क्षेत्रमा सक्रिय रामप्रसाद अवस्थीले १५० भन्दा बढी गीतमा सङ्गीत तथा गायन गरिसक्नुभएको छ । उहाँका पश्चिमी भाका र लयका मेरी इजा, रातो सलाम, सुदूरपश्चिम कलेजीमा, सुनै फल्ने, सुदूरकी मुल्याई, छमछम पाउजु, ढल्क्यो लाली जोवन, अति भयो, कालो बादल, पासहुन्छु पिरतीमा, आया दर्शन गरी, ढाड सेक्ने महँगीलगायत गीत स्रोता/दर्शकले मन पराएका छन् ।