फेरियो चैते दसैँ मेला, हराए मौलिक गीत
‘‘एउटो पैसो कैलेलाई, चैते दसैँलाई, त्यो पनि मागे, दिन्न कसैलाई’ यो गीतले चैते दसैँका लागि वर्षभरी पैसा जम्मा गरेर राख्ने परम्परा झल्काउँछ । गीतले भनेजस्तो वर्षभरी पैसा जम्मा पारेर चैते दसैँमा खर्च गर्ने परम्परा अहिले हराइसकेको छ ।
चैते छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य
मिथिलाञ्चलको आस्थाको महापर्व चैते छठको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।
जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे २८ वर्षीय सुजन
दिउँसो २ बजे बासको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतै केन्द्रित भयो ।
मत्सरीमा चैतेनवरात्राको अवसरमा हरिवंशपुराण वाचन
चैते (वसन्त) नवरात्राको अवसरमा रौतहट जिल्लाको विभिन्न शत्तिपिठहरुमा पूजापाठ तथा दर्शन गर्ने भक्तजनहरूको चहलपहल बढेको छ ।
सिन्दुरजात्राले रङ्गियो ठिमी (फोटो फिचर)
बिस्का जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा सिन्दुरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा बिस्केट जात्रा अन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो ।
तराईमा सिरुवा पर्व, १५ दिन मनाइने
कुनै समय टाढा–टाढाका मानिस खसी, बोका, बाख्रा कुखुरा, दलहन र तेलहन किन्न चैतको मसान्त छेउछाउको समय पर्खन्थे । मुख्य कारण तराईका भुमिपुत्रहरू राजवंशी र ताजपुरियाको सबैभन्दा ठूलो सिरुवा पर्व भएर हो ।
मधेश प्रदेशमा सार्वजनिक बिदा
तराई मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।
मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् ।
जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न
जनकपुरधाममा सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न भएको छ। भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास र बिपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर शनिबार जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको हो।