लोकसंस्कृतिका धनी धिमाल
पूर्वी नेपालका झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने धिमाल जातिको आफ्नै भाषा र मौलिक जीवनशैली छ । यो जातिको खानपान, वेशभूषामा मौलिकपना देखिन्छ । प्रकृतिमा निर्भर रहिआएको यो जाति प्राकृतिक धर्ममा आस्था राख्दछ । भाषा, वेशभूषा, संस्कृति, रहनसहन र विशिष्ट सांस्कृतिक पहिचान बोक्ने सीमान्तकृत जाति हो यो । माईखोला पूर्व बसोबास गर्ने धिमाललाई पूर्वी धिमाल र माईखोला पश्चिम बसोबास गर्दै आएका धिमाललाई पश्चिमी धिमाल भनेर चिनिन्छ । पूर्वमा बसोबास गर्ने धिमालमा राजवंशी प्रभाव पाइन्छ । धिमाल जातिको परम्परागत घर माटो, काठ, ढुङ्गाद्वारा निर्मित हुन्छ । उनीहरू भुइँतलामा संयुक्त परिवारमा ब
जात्रा बढ्यो, जात्रालु घटे
सांस्कृतिक मेला, जात्रा, पर्व संरक्षणका लागि स्थानीयस्तरमा जागरुकता आए पनि पर्व अवलोकनकर्ताको रुचि घट्दै गएको पाइन्छ । तानसेनमा जात्रा हेर्ने दर्शकको सङ्ख्या घट्दो अवस्थामा रहेको छ । सूचना र प्रविधिको विकासले प्रत्यक्ष जात्रा हेर्ने दर्शकको सङ्ख्या घटेको अनुभव स्थानीयको छ । मोबाइलसहितका प्रविधिबाट जात्राको फोटो र भिडियो घरमै बसेर पनि हेर्न सकिने भएपछि प्रत्यक्ष जात्रा हेर्ने अवलोकनकर्ता घटेका तानसेनका स्थानीय सञ्जीवलाल शाक्यले बताउनुभयो । पहिले जस्तो जात्रामा के होला, कसरी निकाल्ने होला, जात्रामा के के हुन्छ भन्ने उत्सुकता प्रविधिले घटाइदिएको उहाँको भनाइ छ । घरमै बसेर पनि जात्रामा आफैँ सहभागी भए जसरी जात्राको भिडियो हेर्न पाए पनि प्रत्यक्ष सहभागी कम हुनु स्वाभाविक भएको भएको शाक्यले बताउनुभयो ।
धान आत्मनिर्भरका लागि कार्यक्रम सञ्चालित छन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई धान उत्पादनमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउनुभएको छ।
इलाममा ऐतिहासिक जात्राको रौनक
विभिन्न जातीय भेषभूषामा सजिएर आएका युवायुवती, बालबालिकाले आज बिहानैदेखि इलाम सदरमुकामस्थित चोक गल्लीमा ऐतिहासिक बिहीबारे जात्रा मनाएका छन् ।
सुनिन छाडे ‘यानीमाया’, ‘सुनीमाया’
धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रूपमा मानिँदै आएको छ । यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो ।
४० वर्षपछि मतया जात्रा प्रदर्शन
श्री ७ सूर्यविनायक मन्दिर दाफा भजन खलका अध्यक्ष मङ्गलमान बज्राचार्यको अगुवाइमा मतया जात्रा निकालिएको छ । ४० वर्षपछि बुधबार मतया जात्रा निकालिएको हो । यसलाई दीपयात्रा पनि भनिन्छ ।
शताब्दी पुरानो ‘कन्या पूजा’ तयारी
प्राचीन, ऐतिहासिकता बोकेको मध्यपहाडको एउटा सहर हो बनेपा । यहाँ १२२ वर्षअघि सुरु गरिएको ‘कन्या पूजा’ (रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई) लाई निरन्तरता दिइँदै आइएको छ । कन्या पूजा बनेपा नगरको पुरानो बजारमा बर्सैपिच्छे कृष्ण जन्माष्टमीका दिन गरिन्छ । नेपालमा अन्य स्थानमा नगरिने यस पवित्र कार्यमा बनेपाली विसं १९५९ देखि जुट्दै आएका छन् : उही लगाव, उही तामझाम र उही रमझमसाथ । दुई वर्ष कोभिड–१९ को महामारीका कारण कन्या पूजा प्रभावित बन्यो । २०७९ देखि पुनः निरन्तरता दिइएको पूजामा बनेपामा मात्रै आठ हजारभन्दा बढी कन्या पुजिँदै आएका छन् ।
लाखेको मुकुट चित्रण गर्ने मूर्ति अनावरण
खोटाङको ऐसेलुखर्क गाउँपालिकामा १६३ वर्षअघि बनाइएको लाखेको मुकुट चित्रण गर्ने मूर्ति अनावरण गरिएको छ ।
दुबईमा नेपाली आदिवासीको सांस्कृतिक प्रदर्शन
दुबईमा ३० औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवस विभिन्न जातिय खानपान, भेष भूषाहरुको प्रदर्शन, शुभकामना आदन प्रदान र मौलिक संस्कृति झल्काउँदै सम्पन्न भएको छ ।
महाकाली प्याखँ नृत्य बुधबारदेखि
महाकाली प्याखँ नृत्य बुधबारदेखिमध्यपुरथिमि नगरपालिका-७ नगदेशमा मौलिक महाकाली प्याखँ (नृत्य) पाँच वर्षपछि पहिलो पटक भोलिदेखि प्रदर्शन हुने भएको छ ।
धनकुटामा गाईजात्रा (फोटो फिचर)
धनकुटामा मङ्गलबार गाईजात्रा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा धनकुटामा पनि मनाइएको हो ।
दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै (फोटो फिचर)
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धूमधामका साथ मनाइने पर्वमध्ये एक हो गाईजात्रा (सापारु) पर्व । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । गाईजात्रा नेवार संस्कृतिबाट सुरु भएको हो ।
रामधुनीमा एक सय आठ धारा बनाइने
धार्मिक, पौराणिक एवं ऐतिहासिक धरोहरका रूपमा रहेको सुनसरीको रामधुनी मन्दिरमा १०८ धारा बनाउने भएको छ । रामधुनी मन्दिर व्यवस्थापन समितिको अगुवाइमा भएको सरोकारवालाको भेलाले मन्दिर परिसर क्षेत्रमा धारा बनाउने निर्णय गरेको हो ।
भाद्रकृष्ण प्रतिपदा : गाईजात्रा पर्व मनाइँदै
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ।
बालन नाच ब्युँझाउँदै युवा
बालन नाच संरक्षणप्रति स्याङ्जा तथा पाल्पाका युवाले चासो राखेका छन् । विषेश गरी ब्राह्मण, क्षेत्री समाजमा बालन गाउने र त्यसको लयसँगै नाच्ने परम्परा धेरै पुरानो हो । यस नाचलाई ‘बाहुन नाच’ पनि भनिन्छ । केही वर्षयता बालन गाउने र नाच्ने चलनमा कमी आएको छ । पश्चिमा प्रभाव बढ्दै जाँदा यो नाच बिस्तारै लोप हुने अवस्थामा पुगेको छ ।
वाम्बुले राईले मनाए ढ्वाङकुम
किरात राई वाम्बुले समुदायले आफ्नो महान् चाड ढ्वाङकुम भव्यताका साथ मनाएका छन् । हरेक वर्ष जनैपूर्णीको दिन मनाइने ढ्वाङकुम चाँड वाम्बुले राईहरूको बाहुल्यता भएको गाउँहरूमा भव्यताका साथ मनाएका हुन् ।
श्रावण शुक्ल पूर्णिमा: धार्मिकस्थलमा धामीझाँक्री मेला
बाँसको लिङ्गो, केराको खम्बा ! नुहाउन आयौँ देउताको धाममा !! जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !! पानफूल दियौँ, पानफूल खाउ है ! सयौँ वर्षको आयुत्रा देऊ है !! सै राजा सै सै, सै रानी सै सै...
झुलनोत्सव पर्व सम्पन्न
जिल्लाको मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रूपमा मनाइने झुलनोत्सव पर्व आज बिहान सम्पन्न भएको छ ।
बादी समुदायको मादल बनाउने पुर्ख्यौली पेसा सङ्कटमा
समाजमा बढ्दै गएको आधुनिकताका नाममा पछिल्लो समयमा विभिन्न समुदायका पुर्ख्यौली पेसाहरू नै लोप हुन थालेका छन् । परम्परागत सीप बिक्न छाडेपछि पुर्ख्यौली पेसासँगै विभिन्न ठाउँका मौलिकता नै सङ्कटमा पर्न थालेको देखिएको हो ।
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
बाँकेको नरैनापुर ५ स्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । सो मन्दिरका बारेमा विभिन्न माध्यमबाट नेपाल र भारतका सर्वसाधारणलाई जानकारी प्राप्त हुन थालेपछि त्यहाँ पुग्ने नेपाल र भारतका दर्शनार्थीहरुको सङ्ख्या अत्यधिक बढेको हो ।
ढ्वाङकुम पर्व मनाउँदै वाम्बुले राई समुदाय
किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरूले आफ्नो महान् चाड ढ्वाङकुम सोमबार भव्यताका साथ मनाइरहेका छन् । खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरूले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन् ।
शक्ति दिएर शरीरलाई बलियो बनाउने खाना 'क्वाँटी'
हिन्दु धर्म अनुसार जनै पूर्णिमामा जनै लगाउने र क्वाँटी खाएर मनाउने प्रचलन छ । जनै पूर्णिमाको दिन टुसा उमारेर क्वाँटी खाँदा जति स्वादिलो हुन्छ स्वास्थ्यका हिसाबले त्यती नै फाइदाजनक हुने पोषणविद् बताउँछन् ।
धामी नाचेर साउने पूर्णिमा मनाइँदै
जिल्लामा धामी नाचेर श्रवण शुक्ल पूर्णिमा मनाउने गरिन्छ । दुई दिनसम्म मनाइने यो पर्वमा बाँडपाल लगायतका देवताको माडुमा (मन्दिर)मा धामी नाचेर गर्छन् । यो पर्वको आज (सोमबार) अन्तिम दिन हो ।
रक्षाबन्धनले समाजका खराब पात्र र प्रवृत्तिको अन्त्य गर्ने : उपाध्यक्ष घिमिरे
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्वले समाजका खराब पात्र र प्रवृत्तिको अन्त्य गर्ने बताउनुभएको छ ।