मत्सरीमा चैतेनवरात्राको अवसरमा हरिवंशपुराण वाचन
चैते (वसन्त) नवरात्राको अवसरमा रौतहट जिल्लाको विभिन्न शत्तिपिठहरुमा पूजापाठ तथा दर्शन गर्ने भक्तजनहरूको चहलपहल बढेको छ ।
सिन्दुरजात्राले रङ्गियो ठिमी (फोटो फिचर)
बिस्का जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा सिन्दुरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा बिस्केट जात्रा अन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो ।
तराईमा सिरुवा पर्व, १५ दिन मनाइने
कुनै समय टाढा–टाढाका मानिस खसी, बोका, बाख्रा कुखुरा, दलहन र तेलहन किन्न चैतको मसान्त छेउछाउको समय पर्खन्थे । मुख्य कारण तराईका भुमिपुत्रहरू राजवंशी र ताजपुरियाको सबैभन्दा ठूलो सिरुवा पर्व भएर हो ।
मधेश प्रदेशमा सार्वजनिक बिदा
तराई मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।
मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् ।
जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न
जनकपुरधाममा सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न भएको छ। भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास र बिपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर शनिबार जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको हो।
महाकुम्भ मेलामा शाही स्नान
सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाहीस्नान गरिएको छ । आज नयाँ वर्षको शुभ साइतमा यस वर्षको कुम्भ मेलाको पहिलो शाही स्नान गरिएको हो ।
चैतमा पाथीभरामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन
ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रुपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।
थारू हस्तकला प्रवर्धन गर्न बृजा ताल महोत्सव
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा थारु संस्कृति प्रवर्धन गर्न बृजा ताल खाना महोत्सव सञ्चालन गरिएको छ ।