• ७ पुस २०८१, आइतबार

राष्ट्रिय एकता हाम्रो मूलमन्त्र : प्रधानमन्त्री

blog

प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंमा आयोजित राजनीतिमा प्रतिनिधित्व र पहुँच अभिवृद्धिको लागि आदिवासी जनजाति महिला–राष्ट्रिय महिला भेला, २०८१लाई सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, मङ्सिर २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूलमन्त्र भएको बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले शुक्रबार आयोजना गरेको राजनीतिमा प्रतिनिधित्व र पहुँच अभिवृद्धिका लागि आदिवासी जनजाति महिला–राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्‍याउन संविधानको मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने मा जोड दिनुभयो ।


नेकपा (एमाले) का अध्यक्ष रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र खासगरी सबै महिला समुदायको अधिकार स्थापनाका लागि विशेष महत्व दिँदै आएको बताउँदै हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गरेरै छाडिने सङ्कल्प गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पछाडि पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउँदै  आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र संस्कृतिलाई आधुनिक बनाउँदै निरन्तरता दिन आग्रह गर्नुभयो ।