• ८ पुस २०८१, सोमबार

एकता र सद्भावनाको भावना फैलाउन सहयोग पुग्ने उँधौली पर्व, यमरीपुन्ही र ज्यापु दिवस : उपराष्ट्रपति यादव

blog

काठमाडौँ, मङ्सिर ३० गते । उँधौली पर्व, यमरीपुन्ही र ज्यापु दिवसले एकता र सद्भावनाको भावना फैलाउन सहयोग पुग्ने उपराष्ट्रपति राम सहाय प्रसाद यादवले बताउनुभएको छ । यो दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले शुभकामना सन्देशमा नेपालमा किराँत समुदायले मनाउने महान् पर्व उँधौली र नेवार समुदायले मनाउने यमरीपुन्हींः (धान्यपूर्णिमा) एवं ज्यापु दिवस, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।