• २७ पुस २०८१, शनिबार

उधौली पर्वः योमरी पुन्हि (ज्यापु दिवस) धान्य पूर्णिमामा सभापति देउवाको शुभकामना

blog

काठमाडौँ, मङ्सिर ३० गते । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले किरातहरूको उधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । 

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइले मनाउने तीनवटै सांस्कृतिक पर्वका अवसरमा कांग्रेस सभापति देउवाले आफ्नो र पार्टीका तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो ।

सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गर्नुहुँदै उहाँले शुभकामना सन्देशमा सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान रहेको उल्लेख गर्नुभएको छ । यी पर्वहरूले नेपाली समाजमा सद्भाव बढाउँदै आएको छ ।

यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास आफूले लिएको र यी महत्त्वपूर्ण पर्वका अवसरमा सबैमा उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।