फोहोरभित्रको गिरोहले फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गर्नुभएको छ ।
विषादी परीक्षण सधैँको व्यथा
घटना गत जेठ अन्तिम साताको हो, देशकै ठूलो तरकारी बजार कालीमाटीमा मकवानपुरबाट ल्याइएको काउली परीक्षण गर्दा स्वास्थ्यका लागि घातक विषादी भेटियो । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशाला कालीमाटीमा काउली परीक्षण गर्दा विषादी रोकावट दर ९१ प्रतिशत भेटियो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ ।
कनकमुनी बुध्दको जन्मस्थलः निग्लिहवा अर्थात शोभावती नगर (फोटोफिचर)
प्राचीन कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारदेखि उत्तर पूर्व करिब ८ कि मि को दूरीमा रहेको छ–प्राचीन निग्लिहवा अर्थात शोभावती नगर । जहाँ कनकमुनी बुध्दको जन्म भएको थियो ।
घामछाया
विश्वविख्यात रुसी साहित्यकार लियो टोल्सटोयले एक पटक भनेका रहेछन्, ‘जीवनको सौन्दर्य घाम र छायाबाट बनेको हुन्छ ।’ टोल्सटोयको कथनलाई मनन गर्दा निस्कने सर्वजनीन निष्कर्ष हो– जीवनको क्यान्भास घामछायाबाटै पोतिएका हुन्छन् अनि जीवनलाई सुन्दर तुल्याउने आधारभूत तथ्य पनि सुखदुःख रूपी घामछाया नै हुन् । मानव जीवन साँचो अर्थमा घामछायामय छ । हरेक बिहान झलमलिने उदयाचलको आलोक र साँझपख अस्ताचलमा पोखिने अन्धकारमय परिवेशले हरेक मनमस्तिष्कलाई घामछायाको साँचो अनुभूतिमा डुबाइदिन्छ । जगजाहेर नै छ, हाम्रो साझा घर पृथ्वीका दुई गोलाद्र्धमध्ये एउटामा घाम र अर्कोमा छायाको राज छ । सिङ्गो पृथ्वी कहिल्यै पनि घामले एकैचोटि झलमल हुन पाएको छैन । यसले पनि मानव जीवन घामछायायुक्त छ भन्ने तथ्य स्मरण गराउँछ ।
मनकामनाका सिद्ध
जसरी मनकामना एउटा तीर्थस्थलका रूपमा प्रसिद्ध छ, उसैगरी मनकामनामा नित्य पूजा सुरु गर्ने गोरखाली राजा राम शाहकालीन सिद्ध लखन थापामगर पनि प्रसिद्ध छन् । खास नाम लक्ष्मण भए पनि लखन थापाबाट परिचित उनी एक चामत्कारिक सिद्ध थिए । उनले त्यस बेला राम शाह र उनकी रानीको विश्वास जितेका थिए ।
प्रतिनिधि सभा कार्यकालबारे तीन तर्क
सरकार प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणाको गृहकार्यमा छ । निर्वाचन आयोगले सरकारलाई मङ्सिर पहिलो साता एकै चरणमा चुनाव गर्न सुझाव दिएको छ । औपचारिक रूपमा सरकारले मिति घोषणा गरिसकेको छैन । तर निर्वाचन आयोगले सुझाएको मिति आसपासमै एकै चरणमा निर्वाचन गराउने तयारीमा सरकार छ । सरकार चुनावको मिति घोषणा गर्ने गृहकार्यमा जुटिरहँदा प्रतिनिधि सभाको कार्यकालबारे भने विवाद जारी छ । संविधानले प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष भनेको छ । तर उक्त कार्यकालको गणना कहिलेबाट भन्ने संविधान र निर्वाचनसँग सम्बद्ध कानुन स्पष्ट छैनन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन कार्यकालबारे मौन छ ।
मूल्य बढ्दा राजस्व बढ्यो
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको छ । पेट्रोलियम पदार्थको मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क लिने भएकाले सरकारको राजस्व सङ्कलन बढेको हो । आव २०७८/७९ मा सरकारले पेट्रोलियम पदार्थको आयातबाट एक खर्ब २० अर्ब छ करोड रुपियाँ राजस्व प्राप्त गरेको छ । यो अहिलेसम्मकै धेरै हो ।
बाहिरी चक्रपथ विकास आयोजना, सम्पर्क कार्यालय बन्द
सतुङ्गलस्थित बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय बन्द भएको छ । सो आयोजनामा कार्यरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसमेत हटाइएका छन् । चालू आर्थिक वर्ष २०७९/८० मा कर्मचारीको म्याद थपिएको छैन । यसअघि आयोजना सुरु भएदेखि नै हरेक छ÷छ महिनामा उनीहरूको म्याद थपिँदै आएको थियो । विगत १८ वर्षदेखि कागजमा सीमित रहेको आयोजनाको साइट कार्यालय र स्थायीबाहेकका कर्मचारीको म्याद थप नभएपछि राज्यको मासिक लाखौँ रुपियाँ जोगिएको छ ।
शुक्लाफाँटामा बाघको संख्या दोब्बर बढ्यो
सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दोब्बरले बढेको छ। सन् २०२२ को गणनाअनुसार यो निकुञ्जमा बाघको सङ्ख्या ३६ पुगेको हो। यसअघि, सन २०१८ मा गणना गर्दा शुक्लाफाँटामा बाघको सङ्ख्या १६ रहेको थियो
'अनौठो रहस्य भित्रको अपत्यारिलो अपराध'
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम सुवेदीले बीमा रकमका लागि नक्कली विवाह गरेर हत्या भएको घटनालाई अनौठो रहस्यभित्रको अपत्यारिलो अपराध भन्नुभएको छ।
उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षा
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । शुक्रबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर लूले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो
सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गत साउन ९ गते नै दिएको बताएको छ ।
बीमाको रकम लिन युवकको हत्या, छ पक्राउ
एक वर्ष अघि मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको सर्जन बिकको हत्या भएको रहस्य खुलेको छ । शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पत्रकार सम्मेलन गरी दुई करोड रुपियाँभन्दा बढी रकमको बीमा भुक्तानी लिन बिकको हत्या भएको रहस्य सार्वजनिक गरेको हो ।
अब लाखौँ नेपालीले नागरिकता पाउने
सङ्घीय संसद्का दुवै सदनबाट नागरिकता विधेयक पारित भएपछि लामो समयदेखि विभिन्न कारणले नागरिकता पाउन नसकेका लाखौँ नेपालीले नागरिकता पाउने बाटो खुलेको छ ।
युक्रेनबाट खाद्यान्न निर्यात हुँदै, खाद्य अभाव घट्ने
युक्रेनबाट खाद्यान्न आपूर्ति भएपछि विश्वमा खाद्यान्नअभावको समस्या केही हदसम्म समाधान संयुक्त राष्ट्र संघले बताएको छ । खाद्यान्न बोकेको पानी जहाजलाई पहिलो खेप युक्रेनी बन्दगाह (हाल रुसी कब्जा)बाट सुरक्षित रुपमा गन्तब्यतर्फ पठाउन सबै सम्बद्ध पक्षहरुले तयारी थालेका छन् ।
एक महिने गुँला पर्व आजबाट सुरु
काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।
कर्णाली नदीको जोखिम टीकापुरमा अझै उस्तै
२०७८ कात्तिक २ गतेको बेमौसमी वर्षापछि कर्णालीमा आएको बाढीले गरेको क्षतिबाट प्रभावित टीकापुरमा यसवर्ष पनि जोखिम घटेको छैन् ।
विज एयरले माग्यो भैरहवामा उडान अनुमति
जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि हवाई कम्पनी सम्पर्कमा आउने क्रम बढेको छ । कुवेतको जजिरा एयरवेजले सुरुदेखि नै साताको तीन उडान गर्दै आएको यस विमानस्थलमा कात्तिक १३ गते (अक्टोबर ३०)देखि विज एयरले यूएईको अबुधाबीबाट साताको तीन उडानका लागि प्राधिकरणसँग अनुमति मागेको हो ।
एसएमई प्लेटफर्म व्यवस्था गरिने
नेपाल धितोपत्र बोर्डले साना तथा मझौला उद्यमको धितोपत्र कारोबारका लागि एसएमई प्लेटफर्मको व्यवस्था गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आव २०७९/८० को नीति तथा कार्यक्रममार्फत साना तथा मझौला कम्पनीका लागि छुट्टै कारोबार हुनेगरी एसएमई प्लेटफर्मको व्यवस्था गर्न लागेको हो । साना कम्पनीको सेयर कारोबारमा हुने गरेको कर्नरिङ नियन्त्रण गर्न यस्तो व्यवस्था गर्न लागेको बोर्डले जनाएको छ ।
संसदीय छानबिन विशेष समितिले आज प्रतिवेदन बुझाउँदै
चालु आवको बजेट निर्माणमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ ।
बिरानो बन्दै नेपाली भाषा
बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा भए पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ। यो अवस्थाले नेपाली नागरिककै लागि नेपाली भाषा बिस्तारै बिरानो बन्दै गएको देखिन्छ।
भृकुटीमण्डपको आगलागीमा शङ्कास्पद गतिविधि : प्रतिवेदन
काठमाडौँको भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदामघरमा गत असार २९ गते आगलागी हुनुमा केही शङ्कास्पद गतिविधि भएको छानबिनको क्रममा पाइएको छ। आगलागीसम्बन्धी छानबिन गर्न गठित समितिले सो समयमा भएका शङ्कास्पद गतिविधि देखिएको उल्लेख गर्दै बिहीबार परिषद्समक्ष प्रतिवेदन बुझाएको छ।
मध्य भोटेकोशीको सात हजार मिटर लामो सुरुङ छिचोलियो
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलबिद्युत आयोजनाको सात हजार १२६ मिटर लम्बाइको सुरुङको अन्तिम ‘बे्रक थु’ गरिएको छ ।
भ्रमण भिसाको दुरुपयोग बढ्यो
नेपालीहरुका लागि बैदेशिक रोजगारीको आकर्षक गन्तव्य दुबई लगायतका खाडी मुलुक हो । दुबईमा मात्र अहिले भ्रमण भिसामा करिब १० हजार नेपाली छन् । भ्रमण भिसाको दुरुपयोग बढेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी (एसपी) दानबहादुर मल्लले बताउनुभयो । विदेश जानेहरु त्यसमा चनाखो हुनुपर्ने उहाँको सुझाव छ ।