पुराना मुद्दा फर्स्योटका लागि छुट्टै इजलास
सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पुराना मुद्दा फस्र्योटका लागि गठित कार्यदलले सुझावअनुसार पाँच वर्षभन्दा पुराना मुद्दाका लागि छुट्टै फाँट सञ्चालनमा ल्याएको हो ।
जापानमा रोजगारी दिने सहमति
नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापनका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलत संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक (स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक लैजान आलटाल गर्दै आएका थिए ।
नाम चल्यो काम चलेन
काम गर्ने बदमास भएपछि जति सुकै राम्रो उद्देश्य र नाम भए पनि कमाउने बदनाम नै हो । त्यसको पुष्टि मधेश प्रदेशमा मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान भएको छ । छोरीलाई शैक्षिक, आर्थिक, सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यसाथ मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ देखि सञ्चालन गर्दै आएको अभियानमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
सांसदहरुको पदावधि मंसिर २१ सम्म : प्रमुख आयुक्त थपलिया
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वर्तमान प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरुको पदावधि आगामी मंसिर २१ गतेसम्म कायम रहनेगरी सरकारलाई लेखी पठाएको जानकारी गराउनुभएको छ ।
महाकाली पुल निर्माणको काम ९९ प्रतिशत सम्पन्न
नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम ९९ प्रतिशत सकिएको छ । महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुल निर्माण भइरहेको हो ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते एकै चरणमा हुने घोषणा
नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गते आइतबार एकै चरणमा गर्ने निर्णय गरेको छ ।
‘नेपाली रङ्गमञ्च बचाउन सयौं अशेष मल्ल जन्मिनुपर्छ’
जीवनको ५० औँ वर्ष रङ्गमञ्चमा बिताउनुभएका निर्देशक अशेष मल्ल ‘तुवाँलोले ढाकेको बस्ती’ नाटकबाट आफ्नो नाटक यात्रा सुरु गर्नुभएको हो । बाल्यकालदेखि नाटकमा रुची भएका निर्देशक मल्लको जन्म २०११ साल चैत २१ गते धनकुटामा भएको हो ।
गोसाइँकुण्ड मेला सुरु, १५ हजार तीर्थयात्री आउने अनुमान
जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला मङ्गलबारदेखि सुरु भएको छ । गोसाइँकुण्ड जनैपूर्णिमा मेला नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्ने गर्दछ ।
कोसी बाढी डुुबान क्षेत्र बढ्दै
उदयपुरको बेलका नगरपालिका ८ स्थित डुम्री बोटेमा बुधबार बाँध भत्किएर बस्ती पसेको बाढीले डुवान क्षेत्र बढ्दै गएको छ । बुधबार केही क्षेत्रलाई मात्रै प्रभावित पारेकोमा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ को श्रीलंका टाप्पुु भन्ने ठाउँमा समेत बाढीको पानी फैलिएको हो ।
चुनौतीपूर्ण बडिमालिका यात्रा
बाजुराको पश्चिमी क्षेत्र र अछामको चौखुट्टेलगायतका ठाउँबाट पर्यटकीय र धार्मिक क्षेत्र बडिमालिका सहितका तीन चुचुरा नजरमा पर्दा जो कोहीको मन लोभिन्छ। हिउँदका महिनामा हिउँले छोपिने बडिमालिका शृङ्खला अझ धेरै रोमाञ्चक देखिन्छन्। धार्मिक ग्रन्थ श्रीस्वस्थानीमा बडिमालिकामा महादेवकी पत्नी सतिदेवीको बायाँ कुम पतन भएको चर्र्चा छ। हरेक वर्ष जनैपूर्णिमा अघि त्रयोदशी, चतुर्थदशीमा त्यहाँ लाग्ने मेला भर्न बाजुरा, अछाम, डोटी, कालीकोटबाट मात्रै होइन देशका विभिन्न ठाउँ र भारतबाट समेत तीर्थालु आउँछन् ।
जापान पठाउने प्रक्रिया अन्तिम चरणमा
जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपालीले छिट्टै जापान जान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत उच्च सीपयुक्त श्रमिक (एसएसडब्लू) जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
पेट्रोल भण्डार निर्माण सुरु
मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काम सुरु भएको भएको छ । दोस्रो चरणको काममा अमलेखगञ्जमा पेट्रोल भण्डार गृह (स्टोरेज ट्याङ्क) निर्माण हुने छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)को प्राविधिक सहयोगमा भण्डार गृह निर्माण सुरु भएको निगमको अमलेखगञ्ज कार्यालयका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो । यी पूर्वाधार निर्माण गर्न एक अर्ब ३० करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको र यो निगमले नै बेहोर्ने यादवले बताउनुभयो ।
खोला पुर्न मतको राजनीति
‘यज्ञमती र चखुँचाखोलाको बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना ल्याउने’ योजनासहित स्थानीय तह निर्वाचन–२०७४ मा बूढानीलकण्ठ नगरपालिका प्रमुख पदका उम्मेदवार उद्धव खरेल चुनावी अभियानमा होमिनुभयो। उहाँसँगै बूढानीलकण्ठ–१० का वडाध्यक्षका उम्मेदवार नवराज भट्टराई र १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईलाई पनि बाढीबाट आजित कपनवासीलाई लोभ्याउने ‘राम्रो’ योजना यही बन्यो।
बचत र ऋणमा ब्याज बढ्ने
नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिका नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने गरी एकीकृत निर्देशन २०७८ संशोधन तथा परिमार्जन गरेको छ । बुधबार गरिएको निर्देशनको संशोधन तथा परिमार्जनबाट बैङ्क तथा वित्तीय संस्थाको बचत प्राप्ति तथा ऋण प्रवाहमा थप नियमन गर्न खोजिएको छ । साउन ६ गते जारी गरिएको चालू आर्थिक वर्षको मौद्रिक नीतिअनुसार गरिएको नयाँ व्यवस्थाले कर्जा तथा बचत दुवैमा ब्याज बढाउने भएको छ । जारी संशोधित व्यवस्थाअनुसार अब ब्याजदर कोरिडोरको माथिल्लो सीमाका रूपमा रहेको स्थायी तरलता सुविधा दर ७ प्रतिशतबाट ८.५ पु-याइएको छ । तल्लो सीमाका रूपमा रहेको निक्षेप सङ्कलनको ४ प्रतिशतबाट ५.५ र रिपो ब्याजदरलाई ७ प्रतिशत पु-याइएको छ ।
धार परिवर्तन नै मुख्य समस्या
सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ। मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले बहाव फेर्न खोजेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो। उहाँले भन्नुभयो, “नारायणीको ठूलै भँगालो पसेपछि बस्तीपट्टि नआओस् भनेर चारवटा स्पर तत्काल निर्माण गरियो र नारायणीलाई रोकियो।” पोहोर बस्ती छिर्न खोजेकाले यसपालि पनि त्यो क्षेत्रमा सम्भावित बहाव परिवर्तन हुनसक्ने भएकाले निगरानी बढाइएको उहाँले बताउनुभयो।
धान फाँटमा हरियाली
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित तोपामा गरिएको धान खेती ।
मंसिर ४ गते संघीय निर्वाचन गर्ने सत्ता गठबन्धनको सहमति
सत्ता गठबन्धनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने सहमति भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनका शीर्ष नेताबीच सो सहमति भएको जानकारी दिनुभएको हो।
पुरानै धारमा सोझियो कोसी, प्रभावितको उद्धार हुँदै
न दशकपछि सप्तकोसी नदीले आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र सप्तरीका केही क्षेत्र प्रभावित हुन पुगेको छ । विगत केही दिनदेखि पूर्वकेन्द्रित मौसम बदलीका कारण भारी वर्षापछि कोसी नदीमा आएको बाढी बुधबार बिहान ४ बजेदेखि उदयपुरको बेलका नगरपालिकाबाट बस्ती छिरेको हो ।
स्थानीय तहको पौरख : खानामै करोडभन्दा बढी खर्च
स्थानीय तहमा खाना तथा विविध खर्चको नाममा राज्यकोष दोहन भइरहेको छ । महालेखा परीक्षकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदनमा स्थानीय तहको खाना र विविधतर्फको खर्च मनोमानी चलिरहेको पुष्टि हुन्छ ।
रेडपान्डा संरक्षणका लागि हिमाली संरक्षण मञ्च
पहाडदेखि अलि माथि लेकाली क्षेत्रहरुमा अहिले मालिङ्गोहरुको टुसा पलाउन थालेको छ। दुर्लभ जनावार रातो हाब्रे (रेडपान्डा) को आहारा मालिङ्गोले मुना पलाउन थालेसँगै रेडपान्डाका पोथीले बच्चा जन्माउने र बच्चा हुर्काउने समय सुरुआत भएको छ। यो समय भनेको रेडपान्डाको बच्चा हुर्काउने समय हो।
साँझ सौर्य आँधी पृथ्वी नजिक आउँदै, स्याटलाइट र पावर ग्रिडमा समस्या हुनसक्ने
सूर्यबाट निस्केको सौर्य आँधी बुधबार साँझ पृथ्वीको नजिक आउने भएको छ । वैज्ञानिकहरुले यसको नाम 'सन होल सोलार स्टर्म' दिएका छन् । वैज्ञानिहरुका अनुसार सूर्यको वायुमण्डलमा प्वालभन्दा तीव्र गतिमा चल्ने सौर्य हावा आज पृथ्वीको चुम्बकीय क्षेत्रको नजिक आउने छ ।
श्रीलङ्का टापुसहित १० हजार घर डुबानको जोखिम
डुम्रीबोटे लाहुरे खोजबाट पसेको कोसीको बाढीले श्रीलङ्का टापुलगायत सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएका छन् ।
प्रदेश विपद् व्यवस्थापन समितिकाे कटान क्षेत्र अनुगमनपछि बैठक बस्दै
प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितको टोलीले सप्तकोशी नदी पश्चिमतर्फको बाँध कटान क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ ।
डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा, उदयपुरका दुईहजार घर प्रभावित
वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि बेलका–८ लाहुरे खोंच डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ का दुई हजार घरपरिवार प्रभावित बनेका छन् ।