‘मौसमी रोजगारको तथ्याङ्क छैन’
वैदेशिक रोजगारीको खोजीमा पछिल्लो समय संयुक्त अधिराज्य (यूके) मा मौसमी रोजगारी (सिजनल वर्कर) मा जानेको संख्या बढ्दो छ । १० महिनाअघि युकेले सिजनल वर्करका लागि भिसा जारी गरेपछि नेपाली युवाहरु रोजगारीको खोजीमा युके पुग्ने गरेका छन् ।
‘जोगिन्दर पानवाला बन्छु भन्ने सोचेको थिएन’
हास्य कलाकारको रुपमा दुई दशक रङ्गमञ्च क्षेत्रमा बिताउनुभएका जोगिन्दर अर्थात् शिवशंकर रिजाल सानैदेखि मैथिली, अवधी, बज्जिका, भोजपुरी भाषासँगै लगाव भएका हाँस्य कलाकार हुन् ।
मानव र प्रकृतिबीचको प्रेम र द्वन्द्व (फोटो फिचर)
काठमाडौंको प्रकृति पनि त्योभन्दा फरक छैन । बीच शहरमा भन्दा अलि भित्री गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ ।
रासायनिक मलको बोराभित्र ढुङ्गा भेटियो
कपिलवस्तु शिवराज नगरपालिका ६ का कृषकले कृषि सहकारीबाट खरिद गरेको मलको बोराभित्र इँटा र ढुङ्गा फेला परेको छ । नगरपालिकाको वडा ५ मा रहेको रामनारायण कृषि सहकारीबाट खरिद गरिएको मलमा इँटा र ढुङ्गा फेला परेको हो ।
नेपाल–जापान सम्बन्ध अझ सुदृढ बनाउन भ्रमण केन्द्रित : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताउनुभएको छ । पाँचदिने जापान भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल–जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताउनुभयो ।
मेलम्चीमा उर्लियो बाढी
नियमित परेको पानीका कारण मेलम्ची, हेलम्बु क्षेत्रमा बाढी उर्लिएको छ । बाढीले तालामाराङ, चनौटे ढंगे बजार क्षेत्र र त्यहाँका सडकलाई जोखिममा पारेको जिल्ला प्रशासन कार्यालय चौताराले जनाएको छ ।
नेपालकै आकर्षक र चर्चित पुल
कैलाली जिल्लाको चिसापानी कर्णाली नदीमा निर्माण गरिएको केबुल स्टेड पुल निकै आकर्षक र चर्चित पनि छ ।
बाघ नम्बर ३५५
गत हप्ताभरि विश्वका प्रमुख सञ्चारमाध्यममा नेपालले बाघको सङ्ख्या घोषणा गरेको सन्दर्भ जोडतोडका साथ उठ्यो । सर्वाेच्च शिखर सगरमाथा, शान्तिका दूत गौतम बुद्धलगायत केही कुराले बेलाबेला नेपालको सन्दर्भ विश्वको समाचार बजारमा आउने गरेको थियो । यो पटक भने नेपालले बाघको सङ्ख्या दोब्बर बनाएको समाचार संसारभरि छायो । यो दशकका शक्तिशाली व्यक्ति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायती राजकुमार ह्यारी, नेदरल्यान्डसका राजा विलेम अलेक्जेन्डर लगायतका व्यक्तिले नेपालले बाघको सङ्ख्या बढाएको भन्दै खुसी व्यक्त गरे । नेपालले बाघ संरक्षणमा प्राप्त गरेको सफलतालाई बधाई दिए । केही वर्षअघि बेलायती राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको अनुगमन गर्न क्यामरा ट्रयापिङ कार्यको शुभारम्भ गर्नुभएको थियो ।
गाडिएको सिंह देखेपछि
हाइकुको उद्गम भूमि जापानमा केही वर्ष बस्ने क्रममा मैले पनि हाइकुसँग परिचित हुने मौका पाएँ । म त्यहीँ बसेका बखत सन् २०१८ सेप्टेम्बर २९ र ३० मा अनेसास जापानले टोकियोमा अन्तर्राष्ट्रिय हाइकु महोत्सव गरेको थियो । तत्कालीन अनेसास केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ले मलाई कार्यक्रममा अतिथिका रूपमा आमन्त्रण गरेका थिए । काठमाडौँ र बेलायतबाट पनि अतिथि आएका थिए । हाइकु क्षेत्रमा जापानका दिग्गज व्यक्तित्व र हङकङबाट समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो । यही कार्यक्रमबाट मेरो पनि हाइकुमा विशेष रुचि बढ्दै गयो ।
टिपताला नाका तीन वर्षदेखि बन्द
ताप्लेजुङको उत्तरी टिपताला नाका विगत तीन वर्षदेखि बन्द रहेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको उक्त नाका बन्द भएको हो ।
गहुँ र चिनी आयातका लागि आशयपत्र माग
सरकारले भारतबाट गहुँ चिनी आयात गर्नका लागि उद्योगी व्यवसायीसँग आवश्यक कागजपत्रसहित आशयपत्र पेस गर्न भनेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गरेर गहुँ र चिनी आयात गर्न चाहने उद्योगी व्यवसायीलाई आवश्यक कागजपत्र पेस गर्न भनेको हो । आन्तरिक बजारमै अपुग हुने भन्दै भारतले वैशाख अन्तिम सातादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । नेपाली मैदा मिल भारतीय गहुँमै निर्भर रहँदै आएका छन् ।
राष्ट्रिय सभाका समिति पदाधिकारी चयन हुँदै
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका समितिहरूमा पदाधिकारी चयन हुने भएको छ। राष्ट्रिय सभाका संसदीय समितिको दुईवर्षे कार्यकाल सकिएपछि मङ्गलबारदेखि राष्ट्रिय सभा समितिविहीन भएका थिए। तिनै समितिमा नयाँ पदाधिकारी चयन गरिने भएको छ। राष्ट्रिय सभा नियमावलीमा समितिको कार्यकाल दुई वर्ष हुने व्यवस्था छ। राष्ट्रिय सभामा नयाँ सदस्य आएसँगै सभापतिको निर्वाचन गर्ने व्यवस्था गरिएको हो। राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा नयाँ सदस्य आउने व्यवस्था छ। दुई/दुई वर्षमा फागुन २० गते एक तिहाइ सदस्यको कार्यकाल सकिएर नयाँ एक तिहाइ सदस्य आउने गर्छन्।
गठबन्धन बनाउँदा एउटै चिह्न
निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन आह्वान गर्दा तालमेल गरेर चुनावमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ। उक्त व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम नै रहेको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले बताउनुभयो। ऐनले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरेको छ। उक्त प्रावधान बमोजिम तालमेल गर्ने राजनीतिक दलले आयोगमा दर्ता रहेको आफ्नै चुनाव चिह्न वा अन्य छुट्टै चुनाव चिह्नसमेत रोजेर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुन पाउनेछन्।
‘नदी सम्वन्धी कानुन चाहिन्छ’
नदीमा अतिक्रमण नियन्त्रण गर्ने ठोस कानुनी व्यवस्था नहुँदा नदी अतिक्रमण गर्ने क्रम दिनप्रतिदिन बढेको छ। नेपालको जलस्रोत उपयोगको कुरा जलस्रोत ऐनमा स्पष्ट व्यवस्था गरेको भए पनि अतिक्रमण नियन्त्रणको व्यवस्था ऐेनमा छैन। उपत्यकामा बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, टुकुचा, रुद्रमतीलगायतका साना नदी तथा खोला अतिक्रमण भएर साँघुरो कुलोमा परिणत हुँदैछन्। त्यस्तै मानवीय कारणले ठूला नदी पनि आफ्नो पथबाट विचलित हुँदैछन्। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले हरेक बर्खामा नदी किनार आसपासका मानव बस्ती बाढी, डुबानले बढी क्षति पु¥याउने क्रम बढेको बताउनुभयो।
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौंमा शनिबार बिहान नै भूकम्पको धक्का महसुस भएको छ ।
संविधान अनुसार चुनाव घोषणा हुनु स्वागतयोग्य : दलहरू
सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णयको राजनीतिक दलका नेताहरुले स्वागत गर्नुभएको छ ।
पुँजीगत खर्च वृद्धि गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक
पुँजीगत खर्च वृद्धि गर्न संघ, प्रदेश तथा स्थानीय तहका सरकारको समन्वय आवश्यक रहेको विज्ञहरुले बताउनुभएको छ । शुक्रबार प्रोग्रेसिभ ईन्जिनियर्स एसोसियसन नेपाल (पिन) ले आयोजना गरेको ‘पुँजीगत खर्च र राष्ट्रिय अर्थतन्त्रमा यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो बताउनुभएको हो ।
निर्वाचन आयोगद्वारा राजनीतिक दल दर्ताको आह्वान
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ । आयोगले साउन २२ देखि ३१ गतेसम्म कार्यालय समयभित्र दल दर्ताको आह्वान गरेको हो ।
पानीको निकासले थप जोखिम हुनसक्ने
तीन दिनदेखि उदयपुरमा पसेको सप्तकोशीको पानीले निकास खोज्नेक्रममा बेलका नगरपालिका २ मा थप समस्या बढेको छ । सो वडाको लालभित्तीदेखि एकताचोक, कान्तीचोक, रामनगर, नारायणचोकदेखि तल्लोबस्ती चन्द्रपुर हुँदै पुरन्दहसम्म त्यसको थप असर देखिएको बेलका नगर प्रमुख अशोक कार्कीले बताउनुभयो ।
जापानबाट १४ अर्ब ६९ करोड ऋण प्राप्त गर्न वार्ता टोली गठन गर्ने सरकारको निर्णय
नेपाल सरकारले शहरी विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख (करिब १४ अर्ब ६९ करोड) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
दुई मुलुकबीचको आपसी हितका विषयमा छलफल हुने
चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणमा जाने मिति तय भएको छ ।
निर्वाचनमा तालमेल गरेर जाने सत्ता गठबन्धनबीच सहमति
पाँचदलीय सत्ता गठबन्धनबीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।
हास्यव्यङ्ग्य सामग्री गाईजात्रे
‘गाईजात्रा’लाई हास्य र व्यङ्ग्यको पर्वको रुपमा पनि लिने गरिन्छ । यस दिनलाई लक्षित गर्दै हाँस्य कलाकारले विभिन्न हास्य व्यङ्ग्य सामाग्री बजारमा ल्याउने गर्नुहुन्छ ।
सप्तकोसी कटानः पानीको निकासले थप जोखिम
तीनदिनदेखि उदयपुर पसेको सप्तकोशीको पानीले निकास खोज्ने क्रममा बेलका नगरपालिका वडा नंं २ मा असर बढेको छ । सो वडाको लालभित्तीदेखि एकताचौक, कान्तीचौक, रामनगर, नारायणचौकदेखि तल्लोबस्ती चन्द्रपुर हुदै पुरन्दहसम्म असर देखिएको बेलका नगर प्रमुख अशोक कार्कीले बताउनुभयो ।