मध्य भोटेकोशीको सात हजार मिटर लामो सुरुङ छिचोलियो
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलबिद्युत आयोजनाको सात हजार १२६ मिटर लम्बाइको सुरुङको अन्तिम ‘बे्रक थु’ गरिएको छ ।
भ्रमण भिसाको दुरुपयोग बढ्यो
नेपालीहरुका लागि बैदेशिक रोजगारीको आकर्षक गन्तव्य दुबई लगायतका खाडी मुलुक हो । दुबईमा मात्र अहिले भ्रमण भिसामा करिब १० हजार नेपाली छन् । भ्रमण भिसाको दुरुपयोग बढेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी (एसपी) दानबहादुर मल्लले बताउनुभयो । विदेश जानेहरु त्यसमा चनाखो हुनुपर्ने उहाँको सुझाव छ ।
अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा
संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुग्नु भएको छ।
फुटबल विवाद उत्कर्षमा : एन्फामा तीन गुटको रस्साकस्सी
निर्वाचनपछि एन्फामा पदाधिकारीबीचको गुटबन्दी र रश्साकस्सी बेजोडले मौलाएको छ । एन्फा पदाधिकारी अहिले तीन गुटमा विभाजन भएका छन् । २१ सदस्य रहेकाे कार्यसमितिमा चार जना सदस्यको बराबरी मत आएका कारण दुई जना सदस्य चयन हुन बाँकी छ । तर, अध्यक्षसहित १९ जना निर्वाचित पदाधिकारी तीन गुटमा विभाजित छन् ।
'आयोजना घोषणा गर्दा कार्यान्वयनको ढाँचा स्पष्ट भएन'
राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्व तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दा कार्यान्वयनको ढाँचा स्पष्ट नभएको देखाएको छ ।
कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभएको छ । केही समय मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।
दर्शकहरूको रोजाइ बन्दै ‘थ्रिडी आर्ट म्युजियम’ (फोटो फिचर)
थ्रिडी चित्रकलालाई व्यवसायिक रुपमा अगाडि बढाउने उद्देश्यले आठजनाको सक्रियतामा सुरू गरिएको म्युजियममा दुई सयभन्दा बढी विभिन्न आकृतिका चित्रहरू कोरिएका छन् ।
हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हरेक वर्ष करिब ११ लाखको मृत्यु
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष विश्वमा करिब ११ लाख मानिसको मृत्यु हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हुनेगर्छ । त्यसैगरी ९४ लाख मानिस क्रोनिक हेपाटाइटिस ‘सी’ भाइरसबाट सङ्क्रमित हुनेगरेका छन् ।
सीमा नाकामा रोजगारीका लागि भारत जाने युवाको लर्को
नेपाली युवाहरु भारतमा रोजगारीका लागि जानेको सिमा नाकाहरुमा लर्को लाग्न थालेको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका दैनिक रुपमा एक हजार भन्दा बढी युवा नाका हुँदै रोजगारीका लागि भारततर्फ जाने गरेको जमुनाह नाका स्थित प्रहरीको तथ्याङक छ ।
७० वर्षीय बाबुलाई बचाउन छोराले दिए कलेजो
कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गर्नुभएको छ । कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि छोरा निलेशको कलेजोको आधा भाग ७० वर्षीय बुबामा प्रत्यारोपण गरिएको हो ।
म्याद सकिन लाग्दा १८.४४ प्रतिशत मात्र काम
पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्य सम्पन्न हुने समयमा जम्मा भौतिक प्रगति १८.४४ प्रतिशत मात्र काम भएको छ । आयोजना विस्तारको अन्तिम म्याद साउन २२ गतेसम्म रहेको छ । यसैबीच प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समिति आयोजना सम्पन्न हुने समयमा समेत भौतिक प्रगति न्यून र निराशाजनक रहेकोमा आपत्ति जनाउँदै आयोजनाको ठेक्का नै रद्द गर्नुपर्ने निष्कर्षमा पुगेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठक सो निष्कर्षमा पुगेको हो ।
अत्याधुनिक पेट्रोल पम्प बनाउँदै निगम
नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण गर्ने भएको छ । काठमाडौँको टेकुस्थित साबिकको नेसनल टे«डिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर आधुनिक प्रविधिसहितको नयाँ पम्प बनाउन लागेको हो । पाँच रोपनी जग्गामा सात करोड रुपियाँ लागतमा पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ ।
निजामती सेवामा ५० हजार दरबन्दी रिक्त
सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त दरबन्दीमध्ये यस वर्ष करिब चार हजार कर्मचारी मात्र लोक सेवा आयोगबाट पूर्ति गरिँदै छ । सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कर्मचारी रिक्त हुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । लोक सेवा आयोगले तयार गरेको परीक्षाको कार्यतालिकाअनुसार आगामी असोज अन्तिम साता सहसचिव र उपसचिवको परीक्षा हुँदै छ । कात्तिकको अन्तिम साता प्राविधिक शाखा अधिकृतको, मङ्सिरमा अप्राविधिक शाखा अधिकृतको, पुसमा प्राविधिक नायब सुब्बा र माघको अन्तिम साता अप्राविधिक नायब सुब्बाको परीक्षा हुने कार्यतालिका आयोगले बनाएको छ । त्यस्तै फागुनमा प्राविधिक खरिदार र चैतमा अप्राविधिक खरिदारको परीक्षा लिने गरी कार्यतालिका बनाएको आयोगले जनाएको छ ।
एसईईको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ नतिजा
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।यो वर्षको एसईईमा जीपीए तीन दशमलव ६ देखि चार ल्याउने परीक्षार्थीको सङ्ख्या ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ।
‘कोभिडको असरले खस्कियो एसईई नतिजा’
यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा २२ हजार बढी परीक्षामा विद्यार्थी अनुपस्थित भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षाफल अनुसार २२ हजार ६४० जनाले परीक्षा नै नदिएको देखिएको छ।
राजनीतिक दललाई सूचनाको हक कार्यान्वयन गर्न आदेश
काठमाडौं, साउन ११ गते । राष्ट्रिय सूचना आयोगले विभिन्न राजनीतिक दलसहित सार्वजनिक निकायलाई सूचनाको हक कार्यान्वयन गर्न आदेश गर्ने निर्णय गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै सूचनाको हक कार्यान्वयन गर्न सो आदेश जारी गरेको हो । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २ ९क० को बुँदा ५ मा प्रचलित कानुनबमोजिम दर्ता भएका राजनीतिक दल तथा सङ्गठनलाई सार्वजनिक निकायका रुपमा परिभाषित गरिएको बताउँदै आयोगले ‘सोही ऐनको दफा ३ को उपदफा १ मा प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधिनमा रही सूचनाको हक हुनेछ भनिएको छ साथै उपदफा २ मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भनिएको छ ।’ आयोगले कानुनबमोजिम दर्ता भएका राजनीतिक दलको वेबसाइट अध्ययन गर्दा अधिकांश राजनीतिक दलले सूचनाको हक पालना नगरेको विज्ञप्तिमार्फत जनाएको छ । कानुनमा व्यवस्था भएअनुसार सार्वजनिक निकायले हरेक तीन÷तीन महिनामा निकायमा हुने गतिविधिको अद्यावधिक गरी प्रकाशित गर्नुपर्ने हुन्छ तर राजनीतिक दलदेखि विभिन्न सार्वजनिक निकायले सूचनाको हकको पालना गरेको नदेखिएकाले उक्त आदेश जारी गरिएको आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले बताउनुभयो । विसं २०६२ को जनआन्दोलनपश्चात् बनेको लोकतान्त्रिक र गणतान्त्रिक संसद्ले नागरिकलाई बलियो बनाउन र सार्वजनिक निकायलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउन २०६४ सालमा सूचनाको हकसम्बन्धी कानुन निर्माण गरेको थियो । राजनीतिक दलका प्रतिनिधि नै सहभागी भएर निर्माण गरिएको कानुन पालनामा तथा यस हकको कार्यान्वयनमा दलको भूमिका झनै सशक्त हुनुपर्नेमा आयोगले जोड दिएको छ । सूचनाको हक कार्यान्वयनमा राजनीतिक दलको अह्म र अग्रणी भूमिका रहनेसमेत आयोगले उल्लेख गरेको छ । विगतमा भएको आदेशको स्मरण गराउँदै आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ को उपदफा ९१० र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम २४९क० बमोजिम सूचना अधिकारी तोक्ने र त्यस्तो सूचना अधिकारीको नाम, पद, सम्पर्क नम्बर ल्याण्ड लाइन र मोबाइल, इमेल, कोठा नं सार्वजनिक गर्न दलहरूलाई आग्रह गरेको छ । साथै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ४ बमोजिम उपदफा ३ को सूचना प्रत्येक तीन महिनामा अद्यावधिक गरी प्रकाशन गर्नसमेत भनेको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ४ बमोजिमको दायित्व निर्वाह गर्ने, सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम कुनै पनि नेपाली नागरिक सूचना माग गर्न आएमा सहज र सरलरूपमा स्पष्ट बुझिने गरी तोकिएको समयभित्र सूचना उपलब्ध गराउन आयोगले आदेश दिएको छ । आयोगले केही सञ्चारमाध्यममा सार्वजनिक निकायका वेबसाइटबाट सूचना अधिकारीको नम्बर नै गायव शीर्षकमा आएको समाचारमाथि ध्यानाकर्षण रहेको बताउँदै यसो नगर्न भनेको छ ।
जीपीए ३ दशमलव ६ देखि चार ल्याउने छात्राको सङ्ख्या चार हजार बढी
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने छात्राको सङ्ख्या चार हजार ३५२ रहेकाे छ ।
तीन अध्यक्षसहित डा. बाबुराम भट्टराई नेतृत्वकाे नयाँ पार्टी बन्दै
जनता समाजवादी पार्टी, नेपालबाट अलग हुनुभएका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा ‘नेपाल समाजवादी पार्टी’ गठन हुँदैछ । नयाँ गठन हुने भनिएको भट्टराई नेतृत्वको पार्टीका प्रवक्ता डम्बर खतिवडाले निर्वाचन आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीसँग एकता गरेर ‘आँखा’ चुनाव चिह्न लिएर नयाँ पार्टी बनाउने प्रयत्न भइरहेको बताउनुभयो ।
विद्युतीय आगलागीको उच्च जोखिममा भृकुटीमण्डप
काठमाडौं उपत्यकामा सबैभन्दा बढी विद्युतको कारण आगो लाग्ने गरेको छ । उपत्यकामा आगो लाग्नुको मुख्य कारण विद्युत रहेको जुद्ध बारुण यन्त्रका प्रमुख चन्दन श्रेष्ठले बताउनुभयो ।
भोलिबाट फोहोर ढुवानी सुचारु हुने
काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने योजना बनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख छ ।
अर्गानिक मलको प्रेरणाको स्रोत सन्तोष
रासायनिक मल प्रयोगले मात्र बढी उत्पादन दिने सोचाइलाई गलत साबित गरेको छ । रासायनिक मलको वैकल्पिक अर्गानिक मल बनाएर प्रयोग गरिरहनुभएको रुपनी गाउँपालिकाका सन्तोषकुमार यादवलाई उत्पादन पनि अत्यधिक भइरहेको छ । उहाँ अर्गानिक मल प्रयोग र उत्पादनका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।
पचास अर्ब रुपियाँको चामल र मकै आयात
कृषिप्रधान मुुलुुकले एक वर्षमा आधा खर्ब रुपियाँबराबरको चामल र मकैमात्र आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ५० अर्ब रुपियाँको चामल, मकै आयात भएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा ५० अर्ब २३ करोड २५ लाख ८३ हजार रुपियाँको चामल, मकै आयात भएको छ । आव २०७७/७८ मा ४६ अर्ब २५ करोड ७७ लाख ११ हजार रुपियाँको आयात भएको थियो ।
रुग्ण उद्योग अध्ययन गरिने
सरकारले देशभरका नौवटा रुग्ण उद्योग सञ्चालनमा ल्याउन आवश्यक अध्ययन सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनका लागि अध्ययन सँगसँगै कार्यविधि तयार पार्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो । आपूर्ति मन्त्रालयलका सहसचिव बाबुराम गौतमको संयोजकत्वमा रुग्ण उद्योग अध्ययन तथा सञ्चालन कार्यविधि समिति गठन गरिएको छ ।
भैरहवामा आज पहिलो चार्टर उडान
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक सञ्चालनमा आएको दुई महिनापछि पहिलो चार्टर फ्लाइट अवतरण हुँदै छ । भियतनामको नोइ बाई इन्टरनेसनल एयरपोर्टबाट दुईजना भिक्षु यात्रु बोकेर आउने १२ सिटे एठएक्स प्राइभेट जेट काठमाडौँ हुँदै भैरहवामा आज (बुधबार) अवतरण हुन लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक एवं सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उक्त जहाज १२ः१५ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।