१२ लाख ५० हजार नयाँ रोजगारी सिर्जनादेखि न्यूनतम पारिश्रमिक २५ हजारसम्म
चुनावी घोषणापत्रमा कांग्रेस र एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनका लागि राष्ट्रिय अर्थतन्त्र, कृषि, रोजगारी, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् ।
नेपाल भारत सीमा तीन दिन सिल गर्ने सहमति
नेपालमा आसन्न निर्वाचनका समय नेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति भएको छ । भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का सीमा ७२ घण्टाका लागि सील गर्ने सहमति भएको हो ।
पुराना र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा ९एमाले०बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा प्रधान दुईपटक सांसदमा निर्वाचित उम्मेदवार हुनुहुन्छ । खनाल भने पहिलोपटक उक्त क्षेत्रबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
रुकुम पश्चिममा स्यालको टोकाइबाट नौ जना घाइते
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी नौ जनालाई स्यालले टोकेको हो ।
नेपाली श्रमिक भर्ना प्रक्रियामा निःशुल्क गर्न यूएई सहमत
संयुक्त अरब इमिरेट्स (यूएई) सरकार विभिन्न पाँच क्षेत्रमा श्रमिकको भर्ना प्रक्रिया निःशुल्क गर्नेगरी ‘पाइलट प्रोजेट’ अघि बढाउन सहमत भएको छ । नेपाल–संयुक्त अरब इमिरेट्स (यूएई)बीच भर्चुअल रूपमा मङ्गलबार सम्पन्न उक्त बैठकमा नेपाल सरकारले राखेको सो प्रस्तावमा यूएई सरकार सहमत भएको हो ।
दुई जिल्ला जोड्ने योजना प्रभावित
पूर्वी पहाडका दुई जिल्लालाई सडक सञ्जालले जोड्ने उद्देश्यसहित निर्माण थालिएको पुल निर्माण व्यवसायीको लापरबाहीले अझै सम्पन्न भएको छैन । पाँचथर र तेह«थुमको सीमावर्ती तमोर नदीस्थित लुमु घाटमा ११ वर्षअगाडि पुल निर्माण सुरु भएको थियो।
शिक्षामा दलका महत्त्वाकाङ्क्षी योजना
शिक्षा क्षेत्रको विकासका लागि तत्काल सम्भव नदेखिए पनि राजनीतिक दलले मतदाता रिझाउन महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारीमा जुटेका उनीहरूले घोषणापत्रमार्फत अघि सारेका शिक्षा विकासका कतिपय मुद्दा अमूर्तसमेत रहेका छन् । ती मुद्दा कार्यान्वयनका लागि निर्वाचनमार्फत आफ्नो दललाई बहुमत दिलाउन उनीहरूले मतदातालाई आह्वान गरेका छन् ।
घोषणापत्रमा राष्ट्रिय सुरक्षा
आउँदो मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा सहभागी राजनीतिक दलहरूले विभिन्न विषय समेटेर घोषणापत्र सार्वजनिक गरेका छन्। राज्य सञ्चालन गर्ने अवधारणासहित मतदातालाई आकर्षित गर्ने उद्देश्यले सार्वजनिक गरिएका घोषणापत्रमा कतिपय महत्वपूर्ण विषयमा राजनीतिक दलले प्राथमिकताका साथ आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्। कतिपय पार्टीले भने राष्ट्रिय महत्वका विषय घोषणापत्रमा समावेश गर्न चुकेका छन्।
उम्मेदवारी दिनुपूर्व राजीनामा अनिवार्य
सर्वोच्च अदालतले सरकारी कोषबाट सुविधा प्राप्त गर्ने निर्वाचित पदाधिकारीसमेत लाभको पद धारण गर्नेभित्र पर्ने नयाँ व्याख्या गरेको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पदमै रहेर भाग लिन पाउनुपर्ने हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका तत्कालीन अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमा सर्वोच्चले स्थानीय तहका निर्वाचित पदाधिकारीको पदलाई लाभको पदको व्याख्या गरेको हो।
हिमालयको भैरहवा उडान बिहीबारदेखि
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने विषयमा नियामक नागरिक उड्डयन प्राधिकरणसँग वायुसेवा कम्पनीहरूको रस्साकस्सी चलिरहँदा हिमालय एयरलाइन्सले भने उडान सुरु गर्ने भएको छ। नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालयले गौतम बुद्व विमानस्थलमा यात्रुवाहक चार्टर उडान गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।
एमबीबीएसलाई अन्य पेसा अपनाउन दिने तयारी
छ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि चिकित्सा पेसाका लागि लिइने ‘लाइसेन्स’ परीक्षामा विद्यार्थी (डाक्टर)हरू पटक–पटक असफल हुने गरेका छन्। डाक्टरहरू धेरै पटक असफल हुनथालेपछि नेपाल मेडिकल काउन्सिलले एमबीबीएस उत्तीर्ण तर लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) परीक्षामा अनुत्तीर्ण विद्यार्थीले भविष्यमा चिकित्सा पेसा नगर्ने गरी उनीहरूलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ।
रमणीय धम्जा गाउँ
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ मा रहेको रमणीय धम्जा गाउँ
२० ग्यारेन्टीको सुनिश्चित भुक्तानी : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सार्वजनिक गरेको २० ग्यारेन्टीको भुक्तानी एमालेले नेपाली जनतालाई सुनिश्चित गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मंगलबार पार्टी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा लाइभ डिवेटमा अध्यक्ष ओलीले सो प्रतिवद्धता जनाउनुभएको हो ।
प्रदेशसभातर्फ ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार नै छैनन्
प्रदेशसभा सदस्यका लागि ३३० निर्वाचन क्षेत्रमध्ये ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार नभएको निर्वाचन आयोगले जनाएको छ ।
नेकपा (एमाले) को चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
मङ्गलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
धान स्याहार्न प्रविधिको प्रयोग बढ्दै (फोटो फिचर)
कृषिजन्य वस्तुको उत्पादनमा प्रविधिको प्रयोगसँगै किसानको लगानी घटेको छ । धानको खेती गर्न तथा धान स्याहार्न कृषि प्रविधिको प्रयोग बढेपछि कृषि क्षेत्रमा किसानको लगानी कम हुँदै गएको हो ।
निर्वाचनमा यसरी खटिन्छन् जनशक्ति
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक करिब दुई लाख ४६ हजार जनशक्ति परिचालित हुने भएका छन् ।
सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य : आयुक्त डा. तुलाधर
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।
गठबन्धन दलबीच नै चुनावी प्रतिस्पर्धा
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीबिच गठवन्धन भएपनि समाजवादीले प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । प्रदेशका सबै जिल्लामा प्रतिनिधिसभा वा प्रदेशसभामा भाग खोजेको समाजवादीले भाग नपाएपछि उम्मेदवार अगाडि सारेको हो ।
दार्चुलामा बडू र ठगुन्नाबीच प्रतिस्पर्धा
एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा जितका लागि गठबन्धन र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । दार्चुलामा गठबन्धनका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री काङ्ग्रेस नेता दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका तर्फबाट पूर्व मन्त्री तथा एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना चुनावी मैदानमा छन् ।
मतपत्र पुग्यो, पुगेन पाठ्यपुस्तक
प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि कर्णालीका हिमाली जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पु-याइएको छ । मतपत्र समयमै पुग्ने कर्णालीमा शैक्षिक सत्र सुरु भएको छ महिनासम्म पाठ्यपुस्तक भने पुग्नसकेका छैनन् ।
जलवायु परिवर्तनको जोखिममा अर्थतन्त्र
जलवायु परिवर्तनका कारण नेपालको अर्थतन्त्रले मूलतः तीन तरिकाका असर भोग्ने अवस्था देखिएको विश्व बैङ्कले जनाएको छ । सोमबार सार्वजनिक नेपाल डेभलपमेन्ट अपडेटले जलवायु परिवर्तनको ठूलो जोखिम कृषि क्षेत्र, पूर्वाधार संरचना, श्रम उत्पाकत्वमा सिर्जना गर्ने देखिएको औँल्याएको छ ।
दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण
गुल्मी र स्याङ्जा दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण बनेको छ ।
काम एउटै कर्मचारी थरीथरी
स्थानीय तहमा एउटै प्रकृतिको कामका लागि पाँच प्रकृतिका कर्मचारी कार्यरत हुँदा त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा पर्ने गरेको छ । स्थानीय तहमा एकै प्रकृतिका एउटै कार्यकक्षमा एउटै टेबुल वरिपरि बसेर काम गर्ने कर्मचारीबीच सेवासुविधामा विभेद हुँदा त्यसको असर प्रत्यक्ष रूपमा सेवा प्रवाहमा परेको छ ।