विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा रहेको बताउनुभएको छ ।
‘आमाको हार’ अर्थात अमाडब्लम हिमाल
विश्वकै सुन्दर हिमालमध्ये अमाडब्लम हिमाल
ढुङगा खानी ओझेलमा पर्दा स्थानीय थामी समुदाय चिन्तित
पुर्खौदेखि जीवन जिउन सञ्चालनमा आएको दोलखाको बिगु गाउँपालिका –६ आलम्पुस्थितको ढुङ्गा (स्लेट) खानी राजनीतिक दलले खासै चासो नदिँदा ओझेलमा पर्दै आउन थालेपछि थामी समुदाय चिन्तित बनेका छन् । चुनाबताका घर–घरमा आएर खानीलाई व्यवस्थित गरी रोजगारी दिलाउने आश्वासन बाँड्ने तर जितेपछि वास्ता नगरिदिनाले खानी ओझेलमा पर्न थालेपछि चिन्तित हुनुपरेको थामी समुदायको गुनासो रहेको छ ।
तीन पार्टीका चुनावी घोषणापत्रमा आर्थिक एजेण्डा
तीन राजनीतिक पार्टी माओवादी केन्द्र, नेकपा एस र राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने प्रतिबद्धता जाहेर गरेका हुन् ।
घाँस बिक्रीबाट वार्षिक २५ लाख रुपियाँसम्म आम्दानी
वैदेशिक रोजगारीबाट राम्रो कमाउन आसमा बिदेशिएका युवाहरू अहिले स्वदेश फर्केर कृषि पेसामा रमाउन थालेका छन् । पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरू पछिल्लो समय स्वदेशमा विदेशकोजस्तै परिश्रम गर्ने हो भने राम्रो कमाउन सकिन्छ भन्ने जोस र जाँगर बोकेर कृषिमुखी व्यवसायमा रमाउन थालेका छन् ।
नेकपा एसको चुनावी घोषणापत्रमा ५४ प्रतिबद्धता
नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा ५४ वटा प्रतिबद्धता व्यक्त गरेको छ ।
भक्तपुरमा राजनीतिक अङ्क गणित : गठबन्धन र एमालेबीच प्रतिस्पर्धा
प्रतिनिधिसभा र प्रदेशसभाका लागि मङ्सिर ४ गते घोषित निर्वाचन नजिकिएसँगै आन्तरिक जोड घटाउको गृहकार्यमा जुटेको नेकपा (एमाले)ले भक्तपुर क्षेत्र नं २ लाई आफूले जित्ने क्षेत्रका रूपमा लिएको छ ।
माओवादी केन्द्रको प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठसहित)
सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र)ले मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र सोमबार सार्वजनिक गरेको छ ।
नेकपा एसको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।
राप्रपाको निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
‘दीर्घकालीन सोच, दीर्घकालीन राष्ट्रिय लक्ष्य, दीर्घकालीन मार्गचित्र’ प्रमुख नारा बनाएको राप्रपाले सोमबार निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो ।
विद्युत खपत र निर्यात बढाउन पूर्वाधार विस्तार गर्दै प्राधिकरण
देशभित्र खपत गरी बढी भएको विद्युत भारत र बङ्गलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने छ ।
कुन प्रदेशमा कतिवटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुँदैछ
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ्ग र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको प्रबन्ध गरेको छ ।
आयात निर्यात दुवै घट्यो
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आयात निर्यात दुवै घटेको छ । आयात निर्यात घटेसँगै व्यापार घाटा घटे पनि राजस्व सङ्कलनमा प्रतिकूल प्रभाव परेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७९/८० को साउनदेखि असोज मसान्तसम्म आयात निर्यात दुवै घटेको हो । सरकारले विदेशी मुुद्रा सञ्चिति बढाउन केही वस्तुुको आयातमा कडाइ गरेको छ ।
चार्टर उडान अब भैरहवाबाट मात्रै
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ। तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन्।
शिक्षक विज्ञापन पुनः तीन तहकै
शिक्षक सेवा आयोगले यस पटक पनि सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न तीन तहकै विज्ञापन तथा परीक्षा सञ्चालन गर्ने भएको छ। शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिने भएको हो। शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको विद्यालय शिक्षाको संरचना उल्लेख छ।
प्रधानमन्त्री देउवाद्वारा अस्ताउँदो सूर्यको पूजा आराधना
प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यको पूजाअर्चना गर्नुभएको छ।
उपत्यकासहित तराईंमा छठ पूजा (फोटो फिचर)
साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका छन् ।
राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा (फोटो फिचर)
राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई आज छठी माताको पूजा आराधना गर्नुभएको छ।
कांग्रेसको सङ्कल्प-पत्रमाथि छलफल : परराष्ट्र मामिलामा राष्ट्रिय सहमति
सत्तारुढ दल नेपाली कांग्रेसले शनिबार सार्वजनिक गरेको मङ्सिर ४ गते हुने निर्वाचनसम्बन्धी सङ्कल्पपत्र (घोषणापत्र) माथि आइतबार अन्तरक्रिया भएको छ।
सूर्यको उपासनासँग जोडिएको छठपर्वको उल्लास (फोटो फिचर)
कात्तिक शुक्ल चतुर्थीका दिनदेखि छठ सुरु भएको मानिन्छ । दशैं र तिहारपछि मनाइने छठपर्व सूर्यको उपासना गरी मनाउने परम्परा रहेको छ । बिहानै उठेर सरसफाइ गरी, चोखो पानीले नुहाइ सफा कपडा लगाएर पूजागरी शुद्ध भोजन गर्छन् । छठ नेपाल र भारतका उत्तरीय क्षेत्रका हिन्दूहरूले मनाउने विशेष पर्व हो ।
दशैंतिहारको ऋण तिर्न बोटेहरु हिँडे सुन खोज्न
दशैं र तिहार चाड मनाउन लागेको ऋण ५७ वर्षीय मेखलाल बोटे बालुवा सुन खोज्न नदीको किनारतिर लाग्नुभएको छ ।
सल्यानका किसानलाई धान भित्र्याउन चटारो (फोटो फिचर)
सल्यानको शारदा नदी आसपासमा धान पाकेर पहेलपुर भएको छ । किसान धान भित्र्याउन ब्यस्त रहेका छन् । शारदा नदी, दार्माखोला, मर्मखोला र मुलखोला आसपासमा धान खेती हुनेगरेको छ । निरन्तर वर्षाका कारण यस वर्ष धान राम्रो उत्पादन भएको कृषकहरुको भनाइ छ ।
एक महिनाभित्र मेलम्चीको पानी राजधानीमा ल्याइने
गत जेठ महिनाबाट काठमाडौं उपत्यकामा आउन छाडेको मेलम्चीको पानी एक महिनाभित्र उपत्यकामा ल्याउने गरी काम भइरहेको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तकाअनुसार एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरणको प्रक्रिया थालिनेछ ।
बुलिङ्टार दुर्घटनाका पाँच मृतक र घाइतेको पहिचान खुल्यो (अपडेट सहित)
पाल्पाको रम्भा–१ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस आइतबार बिहान दुर्घटनामा परेको छ । ना६ख७५८० नम्बरको बस बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २३ जना घाइते भएको प्रहरीले जनाएको छ ।