• १३ साउन २०८१, आइतबार

धान स्याहार्न प्रविधिको प्रयोग बढ्दै (फोटो फिचर)

blog

पाल्पाको माडीफाँटमा धान स्याहार्न कृषि प्रविधिको प्रयोग गर्दै किसान । तस्बिर – रेखीराम राना

रेखीराम राना

पाल्पा, कात्तिक १५ गते । कृषिजन्य वस्तुको उत्पादनमा प्रविधिको प्रयोगसँगै किसानको लगानी घटेको छ । धानको खेती गर्न तथा धान स्याहार्न कृषि प्रविधिको प्रयोग बढेपछि कृषि क्षेत्रमा किसानको लगानी कम हुँदै गएको हो ।  

पछिल्लो केही वर्षयता पाल्पाको रामपुर, माडी, अर्गली, पूर्वखोला, गेझालगायतका स्थानमा धान खेती गर्न र धान पराल स्याहार्न कृषिजन्य प्रविधिको प्रयोग अत्यधिक बढेको छ । धान खेती गर्न र धान पाकेपछि स्याहार्न समेत धान काट्ने मेसिन, ट्याक्टर, थ्रेसरको प्रयोग बढेको छ । 

केही वर्षअघिसम्म धान काट्न, बोक्न, पराल छुट्याउन मानिस र गोरुको प्रयोग गरिन्थ्यो । तर कृषि प्रविधि भित्रिएपछि धान काट्न, बोक्न, पराल छुट्याउन मेसिनको प्रयोग हुन थालेको माथागढी–२, रुप्सेका किसान पूर्णबहादुर सारुले बताउनुभयो ।

मेसिनको प्रयोगले धान पराल स्याहार्ने खर्च कम भएको उहाँको भनाइ छ । यसअघि कृषिमा मानिस र प्रविधिको एक तिहाइले फरक हुने गरेको किसानहरू बताउँछन् ।