‘इन्जिनियरिङ शिक्षाको गुणस्तरीयतामा समस्या छ’
नेपाल इन्जिनियरिङ परिषद्ले लिएको इन्जिनियरिङ लाइसेन्स परीक्षामा सहभागीमध्ये साढे २८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । सहभागी एक हजार ९८१ जनामध्ये ५६५ मात्र उत्तीर्ण भएका हुन् ।
एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि (शुक्रबार) बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
किसानको जीवनस्तर सुधार गर्न विश्वविद्यालय चुक्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानको जीवनस्तर सुधार गर्नुपर्ने अहिलेको आवश्यकतालाई विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ।
तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठ
नेपाली कांग्रेसले तनहुँ निर्वाचन क्षेत्र नम्बर –१ र चितवन निर्वाचन क्षेत्र नम्बर –२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ।
पशुपतिमा धार्मिक तथा पर्यटकको आकर्षण बढाउने गरी योजना थालौँ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि महत्त्वपूर्ण गन्तव्यस्थलको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
भरतपुर विमानस्थल बागमती प्रदेशकै गौरव: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थल विस्तार बागमती प्रदेशकै लागि गौरवको आयोजना भएको बताउनु भएको छ ।
चितवन–२ र तनहुँ–१ को उपनिर्वाचनका लागि कांग्रेसले टुङ्ग्यायो उम्मेदवार
नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर–२ र तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ ।
सरकार र मिटरब्याज पीडितबीच वार्ता
सरकारको वार्ता टोली र मिटरब्याज पीडितबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भएको छ ।
आठ महिनामा एक चौथाइ भन्दा कम विकास खर्च
सरकारको आम्दानी र खर्चमा सन्तुलन देखिन छाडेको छ । चालू आर्थिक वर्षको आठ महिनाको तथ्याङ्क हेर्दा सङ्कलित राजश्वले चालू खर्च धान्न समेत नसक्ने देखिएको छ ।
एसइई पास गर्ने आमाहरूकाे रहर
बेनीकी ४९ वर्षीया विष्णु गुरुङलाई यतिखेर एसइई परीक्षाको चिन्ता छ । भोलि (शुक्रबार) देखि सुरु हुने एसइई परीक्षामा राम्रो अङ्क ल्याएर पास गर्ने रहर गुरुङमा जागेको छ ।
फुकोट कर्णालीको एकाउन्न प्रतिशत सेयर एनएचपीसीलाई
कालीकोटमा निर्माण गर्न लागिएको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको बहुमत सेयर भारतीय कम्पनीलाई दिइने भएको छ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले फुकोट कर्णालीको सेयर भारती कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको हो ।
एसईई भोलिदेखि
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ। कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको जानकारी दिनुभयो। देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।
अवरोध हटे पनि अलमलमा परेको सर्भिस लेन
माइतीघर–सूर्यविनायक छ लेन सडक विस्तारका लागि कोटेश्वर–जडीबुटी खण्डको सर्भिस लेनमा रहेको जटिल अवरोध हटेर सर्भिस लेन कालोपत्रे भइसकेको छ तर त्यसअघि नै अवरोध हटिसकेको जडीबुटी चोकदेखि पूर्व मनोहरा पुलसम्मको उत्तर–दक्षिणको सर्भिस लेन भने अझै नबन्दा उक्त सडक खण्डमा हुँदैआएको ट्राफिक समस्या ज्यूँका त्यूँ छ।
राष्ट्रपति पौडेलद्वारा सेतो मछिन्द्रनाथको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले मछिन्द्रनाथको दर्शन गर्नुभभएको छ ।
विदेशी क्लब एभेनियरमाथि गोल वर्षा गर्दै मनाङ फाइनलमा
तिलोत्तमा गोल्डकपको उपाधि जितेको मनाङ मस्याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नजिक पुगेको छ।
सञ्चार क्षेत्र समावेशी बनाउन पहल गर्ने उपराष्ट्रपति यादवको प्रतिबद्धता
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सञ्चार क्षेत्र पूर्ण समावेशी हुनुपर्नेमा जोड दिनुभएको छ।
सत्ता गठबन्धन दलबीच मन्त्रिपरिषद् विस्तारमा सैद्धान्तिक सहमति
सत्ता गठबन्धन दलको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा सैद्धान्तिक सहमति जुटेको छ।
सरकारको न्यूनतम साझा कार्यक्रमलाई बिहीबार अन्तिम रूप दिन्छौँ : नेता लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबारसम्ममा सरकारको साझा न्यूनतम कार्यक्रमले अन्तिम रूप पाउने बताउनुभएको छ।
एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकदुई दिनभित्र सरकारले पूर्णता पाउने बताउनुभएको छ । रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने बताउनुभयो ।
यो सरकार ५ वर्षसम्मै टिक्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्मै टिक्ने बताउनुभएको छ ।
सेतो मच्छिन्द्रनाथ रथयात्रा आज, रथको रुटमा सवारी साधन निषेध
सेतो मच्छिन्द्रनाथको रथयात्रा आज (बुधबार) बाट सुरु हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु हुन्छ ।
एक लाखसम्मको रु कारोबारमा केवाईसी
बैङ्क तथा वित्तीय संस्थाबाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थालाई एक लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाईसी) प्रक्रिया लागू हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९ मा संशोधन गर्दै वार्षिक एक लाख रुपियाँसम्मको व्यावसायिक कारोबारमा यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको छ ।
भूउपग्रह बनाउँदै सामुदायिक विद्यालयका विद्यार्थी
प्रक्षेपणको अन्तिम तयारीमा रहेको नेपालको आफ्नै भूउपग्रह ‘मुनाल’को निर्माण सामुदायिक विद्यालयका माध्यमिक तहका विद्यार्थीले गरिरहेका छन् । निर्माण कार्य राजधानी काठमाडौँमा नभएर मोफसलमै भइरहेको छ । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको काठमाडौँ विश्वविद्यालय हाइस्कुलको प्रयोगशालामा मुनाल निर्माण भइरहेको छ । काभ्रेका तीनवटा सामुदायिक विद्यालय र काठमाडौँ विश्वविद्यालय हाइस्कुलका विद्यार्थी निर्माण कार्यमा जुटिरहेका छन् ।
श्रमिकलाई आजदेखि टेलिमेडिसिन सेवा
सरकारले बुधवार (आज)देखि निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेसँगै सेवा सुरु गर्न लागिएको हो । बोर्डका अनुसार यसबाट वैदेशिक रोजगारीमा रहेका सबैले सेवा लिन सक्नेछन् ।