किसानलाई दूधको भुक्तानी बाँकी
दुग्ध उत्पादक किसानले समयमा दूध बिक्री गरेको रकम पाउन सकेका छैनन् । दूध उत्पादनको लागत मूल्य बढ्दै गएको र समयमा दूध बिक्री गरेको रकम पाउन नसक्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको किसानको गुनासो छ । काभ्रेका किसान रामप्रसाद सापकोटाले दुई महिनादेखिको रकम नपाउँदा पशुलाई दाना खरिद गर्न कठिन भएको बताउनुभयो । “घरखर्चदेखि बच्चाबच्ची पढाउने दूध बचेको पैसाले हो, समयमा रकम नपाउँदा व्यवहार चलाउन धेरै नै समस्या भएको छ,” उहाँले भन्नुभयो । दूध बिक्री गरेको एक लाख ५० हजार रुपियाँ पाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
आधा जनसङ्ख्या आर्थिक रूपमा सक्रिय
देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपले सक्रिय पाइएको छ । अर्थात् जनसङ्ख्याको आधा हिस्सा कुनै न कुनै रूपमा आयआर्जनमा संलग्न छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को पूर्ण नतिजाअनुसार देशभर एक करोड ५६ लाख ८९ हजार ७७७ व्यक्ति आर्थिक रूपमा सक्रिय रहेको पाइएको छ । यस हिसाबले कुल जनसङ्ख्याको ५३ दशमलव ७९ प्रतिशत आयआर्जनमा संलग्न देखिएको हो ।
जनसङ्ख्या वृद्धिदरमा कमी
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । जसमध्ये पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५५१ र महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ जना रहेको छ । कुल जनसङ्ख्याको अनुपातमा पुरुष ४८.९८ प्रतिशत र महिला ५१.०२ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो । अन्य लिङ्गीको सङ्ख्या दुई हजार ९२८ जना रहेका छन् भने कुल जनसङ्ख्याको ०.०१ प्रतिशत रहेको छ ।
पहाडमा विदेशीको बसोबास बढ्दो
नेपालमा विदेशी व्यक्तिको बसोबासले पहाड ताक्दै गरेको यस जनगणनाको तथ्याङ्कले देखाएको छ । स्वदेशी जनसङ्ख्याले पहाड छाडेर तराई ताक्दै गर्दा विदेशीको आकर्षण पहाडको स्वच्छ हावापानीतर्फ उन्मुख देखिएको हो । छिमेकी मुलुक भारतसँग सिमाना जोडिएका हिसाबले तराई भेगमा बढी भारतीय मूलका विदेशी हुनु स्वाभाविक हो । तर पहाडी भेगमा पनि भारतीयलगायतका विदेशी नागरिकको आकर्षण बढेको तथ्य राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रस्तुत गरेको छ । भौगोलिक सिमाना जोडिएको छिमेकी मुलुक चीन र भारतसँगै तेस्रो मुलुकका बासिन्दाको ठूलो सङ्ख्या पहाड उक्लँदै गरेको तथ्यले प्रस्ट पार्छ । भौगोलिक विभाजनअनुसार कुल विदेशी नागरिकमध्ये तराई भेगमा ०.४८ र पहाडमा ०.४७ प्रतिशत भारतीय नागरिक पुगेका छन् । सङ्ख्यात्मक रूपमा हेर्दा पहाडमा ५४ हजार ८३९ जना भारतीय नागरिक फेला परेका छन् । तराईमा ७५ हजार ८२३ जना भारतीय नागरिकको बसोबास भेटिएको छ ।
रानीपोखरी खुला
ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । यसअघि रानीपोखरी तिहारको बेला भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्थ्यो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले निःशुल्क रूपमा घुमफिर तथा अवलोकन गर्न बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि रानीपोखरी खुला गरिएकोे जानकारी दिनुभयो । शान्ति सुरक्षा तथा सामाजिक वातावरणमा कुनै असर नपरेमा ३६५ दिन नै रानीपोखरी खुला गरिने महानगरपालिकाको योजना रहेको उहाँको भनाइ छ । २०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरूप दिइएको थियो ।
टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मक रहेको बताउनुभएको छ ।
कोशी नाममा विवाद गर्नुपर्ने कारण छैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव सभ्यताभन्दा पहिले कोशीको उत्पत्ति भएको हुँदा कोशीको नामकरणमा विवाद गर्नु आवश्यक नभएको बताउनुभएको छ ।
प्रहरी महानिरीक्षकमा कुँवर नियुक्त
नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त हुनुभएको छ ।
सुकुम्बासीका छोराछोरी पढ्ने नमूना विद्यालय
विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो ।
सुरु भयो रमजान (फोटो र भिडियो)
यो पर्वमा मुस्लिम समुदायले आत्मशुद्धिका लागि एक महिनासम्म उपवास बस्ने र आत्मसंयमका लागि प्रार्थना गर्ने प्रचलन रहेको छ ।
जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ ।
मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
। मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।
जनसङ्ख्याको वृद्धि सन्तुलित देखिएन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदनमा जनसङ्ख्याको वृद्धि सन्तुलित नदेखिएको बताउनु भएको छ ।
‘केही सहकारीले बेइमानी गरे भन्दैमा सबैलाई नमुछौँ’
पछिल्लो समय सहकारीमा लगानी गरेको रकम डुबेको भन्दै बचतकर्ताहरु निरास बन्दै गएका छन् ।
हस्तान्तरण नगर्दै भत्कियो मध्यपहाडी लोकमार्ग
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल मध्य पहाडी सडक हस्तान्तरण नहुँदै भत्कन थालेको छ । लोक मार्ग अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलहदेखि जेवासम्मको सडक पिच भत्किन थालेको हो । जाजरकोटको थलह देखि १३ किलोमिटर सडक खण्ड निर्माणको जिम्मेवारी लिएको लामा पीएस कन्स्ट्रक्सन जेभी काठमाडौँले भत्किएको सडक मर्मत गर्ने तर्फ कुनै ध्यान दिएको छैन ।
एक वर्षमा ३७ हजार बढी क्षयरोगी पुष्टि, ९१ प्रतिशत बिरामीको सफल उपचार
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार एक वर्षमा नेपालमा ३७ हजार भन्दा बढी बिरामी थपिएका छन् । विश्व क्षयरोग दिवसको अवसर पारेर केन्द्रले एक कार्यक्रम गर्दै आर्थिक वर्ष २०७८-७९ मा ३७ हजार ८६१ जना क्षयरोगका बिरामी थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
आगलागीको क्षति उच्च
दस वर्षयता नेपालमा डढेलो र मानवीय कारणले भएको आगलागीको क्षति अत्यधिक देखिएको छ। डढेलो र गैरप्राकृतिक आगलागीको बढ्दो घटनासँगै मानिसको ज्यान गएको मात्र होइन २०७२ सालको भूकम्पले पु-याएको क्षतिपछिको दोस्रो लहरको आर्थिक क्षति भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो।
सभामुखको विशेषाधिकार कटौती प्रस्ताव
प्रतिनिधि सभाका सभामुखले प्रयोग गर्दैआएका केही नियमित र विशेषाधिकारमा कटौती गर्ने गरी प्रतिनिधि सभा नियमावली मस्यौदामा संशोधन दर्ता भएका छन्। दलीय प्रतिनिधित्वका आधारमा गठित समितिले सहमतिमा टुङ्गो लगाएका विषयमा सांसदहरूले संशोधन दर्ता गरेका हुन्। सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका दलले सभामुखको अधिकार कटौतीका पक्षमा संशोधन दर्ता गरेका हुन्।
मौलिकता गुमाउँदै सम्पदा सुरुङ
नेपालको पहिलो सुरुङमार्गको मौलिकता गुम्ने गरी मर्मत थालिएको छ। जीर्ण अवस्थामा रहेको यो सुरुङमार्गको बागमती प्रदेश सरकारले यति बेला मर्मत गरिरहेको छ। पुरातात्त्विक महत्वको सुरुङ मर्मत गर्दा मौलिकतामा ख्याल गरिएको छैन। उपत्यकालाई तराईसँग जोड्ने गरी चुरेमा १०६ वर्षअघि सुरुङमार्ग निर्माण गरिएको थियो।
सत्ता गठबन्धन दल : सरकारको पूर्णतामा ‘सहमति सूत्र’
राजनीतिक दलहरू सरकार गठनको तीव्र आन्तरिक गृहकार्यमा छन् । यस क्रममा बुधबार साँझ सत्ता गठबन्धनका शीर्ष नेताबीच प्रारम्भिक छलफल भएको थियो ।
किन भत्काइन्छ चिटिक्क परेको पिच सडक ?
काठमाडौंको विभिन्न सडकको सतह एकैनासको नरहेकाले सडक डिभिजन कार्यालय काठमाडौंले पिच सडक भत्काएर मर्मत गरिरहेको छ।
को बन्दैछ प्रहरी महानिरीक्षक ?
नेपाल प्रहरीको महानिरीक्षक पदको प्रतिस्पर्धामा रहनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य ।
राजस्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक राजश्व कार्यालय,राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए
सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् ।