सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रयासमा छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले अविलम्ब शान्ति प्रक्रियाका सम्पूर्ण काम टुङ्ग्याउन सक्रियताका साथ लागेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनुपूर्व सम्बोधन गर्नुहुँदै उहाँले यसका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐन, २०७१ संशोधनका लागि विधेयक तयार गरी संसदमा पेश गरिसकेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुँदै (प्रत्यक्ष प्रसारण)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले प्रधानमन्त्री भएपछि संसदबाट दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट उहाँले विश्वासको मत लिनुहुने संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।
उपराष्ट्रपति यादवले लिनुभयाे पद तथा गोपनीयताको शपथ (फोटो फिचरसहित)
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको विशेष कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराउनु भएको हो ।
नेटवर्किङ कारोबार गर्ने ग्लोबल ओरियन्सका आठ जना प्रतिनिधि टीकापुरबाट पक्राउ
आकर्षक तलब पाइने जागिरको लोभ देखाएर युवाहरू ठग्ने ग्लोबल ओरियन्स नेपालका टीकापुरस्थित प्रतिनिधिहरू पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार चैत ५ गते आइतबार ग्लोबलका १२ जना प्रतिनिधि विरुद्ध जिल्ला अदालत कैलालीमा ठगी मुद्दा दर्ता भएको छ । जसमध्येका डेकेन्द्र विक लगायतका आठ जना पक्राउ परिसकेका छन् । २१ जनालाई सोधपुछ गरेको छ ।
ट्रेड युनियनलाई व्यवस्थित गर्ने तयारी
सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलले सङ्घीय निजामती सेवा विधेयकमा कर्मचारीको सरुवा, बढुवा र सेवा प्रवाहलाई प्रभावकारी बनाउनेदेखि ट्रेड युनियनसम्मका विषयमा समयानुकूल सुधार गरेर पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतकले निजामती सेवा विधेयक ल्याउन ढिलाइ हुँदा सङ्घीयता कार्यान्वयनमै समस्या हुने भएकाले आवश्यक सुधारसहित ऐन बनाइने बताउनुभएको हो।
चौध वर्षपछि स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा नेविसङ्घ विजयी
आइतबार सम्पन्न त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। निकै महत्वसाथ लिने गरिएको केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी सङ्घले बाजी मारेको छ। सो क्याम्पसको स्ववियु सभापतिमा श्यामराज ओझा निर्वाचित हुनुभएको छ।
तिलौराकोट उत्खनन : विहार क्षेत्रमा भेटियो गजुर
शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र तिलौराकोटसँगैको कन्थक स्तूपको दक्षिणतर्फको उत्खननका क्रममा गजुर फेलापरेको छ। कन्थक स्तूपनजिकै रहेको विहार र पोखरीको उत्खननमा उक्त गजुर भेटिएको हो। माटोबाट निर्मित उक्त गजुर ४२ सेन्टिमिटरको छ।
सूचना प्रविधि क्षेत्रका कानुन परिवर्तनलाई प्राथमिकता दिएका छौं : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार र सूचना प्रविधि सम्बन्धी कानुन परिवर्तनलाई प्राथमिकताका साथ अगाडि सारेको बताउनुभएको छ।
स्ववियु निर्वाचनमा ६० प्रतिशत मतदान
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका छन् ।
स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर
बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ ।
‘एच थ्री एन टु’ फ्लुका कारण लामो समय खोकी लागिरहन्छ
पछिल्लो केही समय यता भारतमा ‘एच थ्री एन टु’ फ्लु व्यापक रूपमा फैलिरहेको छ । एच थ्री एन टु फ्लुबाट केही मानिसको मृत्यु पनि भएको विभिन्न भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
कृषि क्षेत्रको अनुदान कटौतीप्रति सांसदले गराए ध्यानाकर्षण
कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकोमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सरकारमा सहभागी हुने कांग्रेसको निर्णय
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ ।
हिमपातपछि सुन्दर देखियो खोप्रालेक (फोटो फिचर)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएपछि सुन्दर देखिएको छ । यतिखेर खोप्रालेक वरपर फुरुफुरु हिउँ परिरहेको छ । यसपटक ढिलो गरी हिमपात भएको हो ।
स्ववियुकाे निर्वाचन उल्लासमय हुँदै
देशभर त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान उल्लासमय तरिकाले भइरहेकाे छ । स्ववियु निर्वाचन १४ वर्षपछि भएको कारणले पनि यस मतदान उल्लासमय भएकाे हाे ।
शिलान्यास भएको तीन वर्ष बित्दा पनि अस्पताल निर्माण सुरु भएन
पश्चिम नवलपरासीको सुनवल वार्ड नम्बर आठको सिरान टोलमा अस्पताल निर्माणका लागि शिलान्यास भएको तीन वर्ष बितिसक्दा समेत अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन ।
विहारको प्रसारण ग्रिड प्रयोगको मोडालिटी बनाइने
नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले भारतको विहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने निर्णय गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४औँ बैठकले विहारको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत भारतका अन्य प्रान्तमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको हो ।
नासिँदै जैविक विविधता, हराउँदै छन् चरा
कपिलवस्तुको जगदीशपुर ताल आगन्तुक चराको प्रमुख आकर्षक गन्तव्य हो। यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीको ताँती नै देखिन्थ्यो। हिउँदे जाडो छल्न आएका चराले तालआसपासको क्षेत्र रमाइलो र मनमोहक देखिन्थ्यो। चराचुरुङ्गीको क्रियाकलाप हेर्न स्थानीय पर्यटकको घुइँचो नै लाग्ने गर्दथ्यो तर अहिले जगदीशपुर तालमा त्यस्तो अवस्था विरलै देख्न पाइन्छ। यहाँ कङ्क्रिटको संरचना निर्माण भएसँगै आगन्तुक चराको सङ्ख्या बर्सेनि घट्दै गएको छ।
विधेयक पेस गर्न मन्त्रीलाई अवरोध
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका पूर्वमन्त्रीहरूले ट्रेड युनियनका कारण सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस गर्न अप्ठ्यारो परेको बताउनुभएको छ । उहाँहरूले निजामती सेवा क्षेत्रको सुधारका लागि विधेयक तर्जुमा गर्दा ट्रेड युनियनको स्वार्थ बाझिएकाले विधेयक मन्त्रिपरिषद्मै पनि प्रस्तुत गर्न नपाएको अनुभव सुनाउनुभयो ।
मौलिकता गुमाउँदै बारपाक
पुनर्निर्माणपछि मौलिक पहिचान गुमाएको गोरखाको बारपाकले पर्यटक गुमाउने खतरा बढेको छ। परम्परागत सीप र विधिबाट बनाइएका एकनासे घर नै प्रमुख आकर्षक बनेको बारपाकमा २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरियो। नयाँ भवन निर्माण भएपछि मौलिक पहिचान गुमाएकाले पर्यटन क्षेत्रमा असर पर्ने देखिएको हो।
सरकारलाई विश्वासको मत दिन १० दल सहमत
सकारलाई विश्वासको मत दिने विषयमा सत्ता गठबन्धनका १० दल सहमत भएका छन्।
कला र सङ्गीतको विकासमा सहकार्य आवश्यक छ
नेपाली नाटक क्षेत्रमा चार दशक लामो अनुभव सँगाल्नुभएका कलाकार निशा शर्माले भर्खरै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपतिको जिम्मेवारी पाउनुभएको छ।
साताका चर्चित सात तस्बिर
यो साता आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको खेलले सबैभन्दा बढी चर्चा पायो।