प्रधानन्यायाधीश सिफारिसमा कानुनी शून्यता
सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा चलेको १३ महिना पुगेको छ। २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा महाभियोग दर्ता भएयता अदालत कायममुकायमका भरमा चलिरहेको छ। वर्तमान सत्ता गठबन्धनमा रहेका बहुमत दलले त्यसबेला प्रधानन्यायाधीश जबरामाथि महाभियोग दर्ता गरेका थिए तर सात महिनासम्म प्रस्तावबारे कुनै निर्णय भएन। अदालत कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा चल्यो। असोज १७ देखि कार्कीले अवकाश पाएपछि पुनः हरिकृष्ण कार्कीले कायममुकायमको जिम्मेवारी सम्हाल्नुभएको छ। महाभियोग लागेका प्रधानन्यायाधीश जबराले मङ्सिर २७ गते उमेरहदका कारण अवकाश पाएको तीन महिना पूरा भइसके पनि अझै प्रधानन्यायाधीश सिफारिस हुने अवस्था छैन।
निजामती, शिक्षा र प्रहरी समायोजन ऐन छिट्टै ल्याउँछौं : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय निजामती ऐन र शिक्षा ऐन तथा प्रहरी समायोजन ऐन निर्माण प्रक्रिया तीव्र गतिमा बढाइएको बताउनुभएको छ।
राष्ट्रपति पौडेललाई भारत, चीन र अमेरिकाको बधाइ
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारत, चीन र अमेरिकाले बधाइ दिएका छन्।
राष्ट्रपतिका जेलका साथी भन्छन् : पौडेल असाध्यै शालीन र सरल व्यक्ति
“म असाध्यै खुसी छु उहाँ (राष्ट्रपति रामचन्द्र पौडेल) को राम्रो सेवा गर्न पाएकोमा । जेलबाट निस्किएर सभामुख बन्नुभयो, पटकपटक मन्त्री हुनुभयो तर विगतको दुःख कहिल्यै भुल्नु भएन ।
अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा निवर्तमान राष्ट्रपति भण्डारीको भूमिका
काठमाडौं, फागुन २९ गते। २०७२ साल कार्तिक १२ गते गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपतिका रूपमा निर्वाचित विद्यादेवी भण्डारी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो। सात वर्षभन्दा बढी समय राष्ट्राध्यक्ष रहँदा उहाँले विभिन्न मुलुकको राजकीय भ्रमण गर्नुभयो । उहाँको कार्यकालमा विभिन्न राष्ट्रका राष्ट्रप्रमुख‚ सरकारप्रमुख तथा उच्च प्रतिनिधि मण्डललाई नेपालमा स्वागत गर्नुभएको छ। विदेश भ्रमण उहाँले महामारी र प्राकृतिक विपदका समयमा विश्वभरका आफ्ना समकक्षीसँग टेलिफोन संवाद‚ पत्राचारका साथै अन्य माध्यमबाट सहयोगका लागि पहल गर्नुभएको छ। सन् २०१७ को अप्रिलमा उहाँको राजकीय भ्रमण मित्र राष्ट्र भारतमा भएको थियो। तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै आपसी सरोकार‚ चासो र प्राथमिकताको विषयमा छलफल भएको थियो। सोही वर्ष नोभेम्बरमा उहाँले संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नुभयो । सन् २०१८ को अक्टोबरमा कतारको राजकीय भ्रमण गर्नुभयो। मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपतिको सी चिनफिङलाई २०७७ असोज २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः राष्ट्रपति कार्यालय सन् २०१९ को अप्रिलमा चीनको राजकीय भ्रमण गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै विश्वका अन्य राष्ट्रप्रमुख तथा सरकारप्रमुखसँग साक्षात्कार गर्नुभयो। सन् २०१९ वर्ष अक्टोबरमा उहाँले म्यानमारको भ्रमण गर्नुभयो भने मार्च २०२१ मा बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रमको विशिष्ट अतिथिका रूपमा बङ्गलादेशको राजकीय भ्रमण गर्नुभयो। त्यसैगरी उहाँले जापानका वर्तमान सम्राटको गद्दी आरोहरणका अवसरमा जापानको औपचारिक भ्रमण गर्नुका साथै श्रीलङ्काको राजकीय भ्रमणसमेत गर्नुभएको थियो। राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले सन् २०१६ नोभेम्बर‚ चीनका राष्ट्रपति सी चिनफिङले अक्टोबर २०१९ मा तथा बङ्गलादेशका राष्ट्रपति महमुद अब्दुल हमिदले नोभेम्बर २०१९ मा नेपालको राजकीय भ्रमण गर्नुभयो । राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा आयोजित श्रममा महिला शीर्षकको सम्मेलनलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुभयो। नेपालले सन् १९६६ मा आईएलओको सदस्यता ग्रहण गरेपछि सम्बोधनका निम्ति आमन्त्रण गरिएको पहिलो अवसर भएकाले यसको ऐतिहासिक महत्त्व छ। पोल्याण्डको राजधानी वार्सामा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२४) मा राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुभएको थियो। भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँगको भेटमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : राष्ट्रपति कार्यालय सन् २०१९ मार्चमा संयुक्त राष्ट्र सङ्घको महासभाका अध्यक्षद्वारा अमेरिकाको न्यूयोर्कमा आयोजित ‘सत्तामा महिलाहरू’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि‚ पहल तथा संवैधानिक प्रबन्धलाई सशक्त रूपमा प्रस्तुत गर्नुभयो। उक्त सम्मेलनमा निम्त्याइएका तीन जना राष्ट्र प्रमुखमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीका साथै लिथुआनिया तथा ट्रिनिडाड र टोबागोका महिला राष्ट्रपति हुनुहुन्थ्यो। नेपाली महिला आन्दोलनको नेतृत्व गर्दै लैङ्गिक समानताका लागि विश्वलाई नै उदाहरण हुने भूमिकाको कदर गर्दै राष्ट्रपति भण्डारीलाई सन् २०२२ को नाभेम्बरमा विश्व महिला नेतृत्व परिषद्ले आइसल्याण्डको राजधानी रेक्जाभिकमा ठूलो कार्यक्रम आयोजना गरी पुरस्कृत गर्यो। जर्मनीकी पूर्व चान्सलर एन्जेला मर्केल‚ न्यूजिल्याण्डकी पूर्व प्रधानमन्त्री हेलेन क्लार्कजस्ता सशक्त महिला नेत्रीहरुले स्थापना गरेको उक्त परिषदद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीको राजनीतिक पृष्ठभूमि‚ सङ्घर्ष र जीवनको उच्च प्रशंसा गरिएको थियो। साही अवसरमा उहाँलाई परिषद्को सबैभन्दा ठूलो पुरस्कार ट्रेल ब्लेजर अवार्डद्वारा सम्मान गरिएको थियो। गणतन्त्र भारतको राजकीय भ्रमण (२०७४ वैशाख ४ देखि ८ गते)का क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिष्टाचार भेट गर्नुहुँदै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर: राष्ट्रपति कार्यालय नेपालको कूटनीतिक सम्बन्धलाई अझ बलियाे बनाउँदै अझ बनाउँदै सरकारको पहल र समन्वयमा राष्ट्रपति भण्डारीले कोभिड-१९ महामारीको बेला विश्वका विभिन्न मुलुकका समकक्षीसँग विभिन्न माध्यमबाट प्रत्यक्ष विचार आदानप्रदान गर्नुभयो। चिनियाँ राष्ट्रपतिसँग उहाँले टेलिफोन संवादको फलस्वरूप नेपालले तत्कालै १० लाख मात्रा खोप प्राप्त गर्यो। दक्षिण एसियामा खोप प्राप्त गर्ने पहिलो राष्ट्र बन्न राष्ट्रपति भण्डारीको भूमिका उल्लेखनीय छ। यसैगरी उहाँले खोप उत्पादक मुलुकका राष्ट्रप्रमुखलाई खोप खरिदका निम्ति सहजीकरण गर्न पत्राचार गर्नुभएको थियो।
राष्ट्रपतिको शपथ ग्रहणका झलक
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
रामचन्द्र पौडेलले राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएपछि तनहुँमा खुसीयाली (भिडियोसहित)
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कार्यभार सम्हाल्नुभएपछि उहाँको गृह जिल्ला तनहुँको व्यास नगरपालिका–८ रिस्ती, बाहुनपोखराका बासिन्दा हर्षित भएका छन् ।
रामचन्द्र पौडेलद्वारा राष्ट्रपति पदको शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
पीएनजीमाथि नेपालको सहज जित
आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई नौ विकेटले हरायो ।
सरकार सङ्घीय शिक्षा ऐन जारी गर्ने गृहकार्यमा छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार सङ्घीय शिक्षा ऐन जारी गर्न गृहकार्यमा रहेको बतउनुभएको छ ।
राष्ट्रपतिको शपथ ग्रहणमा ‘दुःखका साथीदेखि दूधबाजेसम्म’
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवनमा हुने शपथ ग्रहण समारोहमा आफूसँग बन्दी जीवन बिताएका राजनीतिककर्मीहरूलाई आमन्त्रण गर्नुभएको छ ।
नेपाललाई पीएनजीको ९६ रनको सहज लक्ष्य
सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिएपछि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले ९६ रनको सहज लक्ष्य दिएको छ ।
जनचेतनाको विकास भएमा अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिन्छ
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नेपालमा अङ्गदानसम्बन्धी जनचेतनाको विकास भएमा अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउन सकिने दाबी गर्नु भएको हो ।
ऊर्जा क्षेत्र सहकार्य विस्तारमा जोड
नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने गरी स्थापित दुईदेशीय सचिवस्तरीय संयन्त्र संयुक्त निर्देशन समितिको पाँचौँ बैठक चैतको दोस्रो साता हुने भएको छ । सन् २०१८ मा सम्पन्न नेपाल–बङ्गलादेश ऊर्जा सहकार्यसम्बन्धी समझदारीको व्यवस्थाअनुसार नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समिति स्थापित भएको थियो । बङ्गलादेशले आयोजना गर्न लागेको सो बैठकमा नेपाल–बङ्गलादेश विद्युत् व्यापार प्रवद्र्धनदेखि नेपालका जलविद्युत् आयोजना विकासमा बङ्गलादेशको लगानी भित्र्याउनेलगायतका एजेन्डामा छलफल हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । “बङ्गलादेशले नेपालको विद्युत् खरिद गर्ने, नेपालको जलविद्युत् आयोजनामा लगानी गर्ने चासो देखाउँदै आएको छ । यीलगायत अनुभव आदानप्रदानका अन्य विषयवस्तुमा पनि छलफल हुन्छ,” उहाँले भन्नुभयो ।
सहज बन्दै विदेशी मुद्रा सञ्चिति
आयात अत्यधिक बढेपछि अघिल्लो वर्ष यसै समयमा विदेशी मुद्रा सञ्चिति घट्दो प्रवृत्तिमा थियो । अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने विदेशी मुद्राको सञ्चितिलाई सुधार गर्न सरकारले वैशाखदेखि १० वस्तुको आयातमा प्रतिबन्ध नै लगायो । त्यसअघि नेपाल राष्ट्र बैङ्कले आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्दै झन् कडाइ गरेको थियो ।
राष्ट्रपति भण्डारीको बिदाइ पौडेलको शपथ आज
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालको अन्तिम दिन आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ ग्रहण गर्नुभयो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको हो । उहाँ सोमबार शीतल निवासबाट आफ्नो निवासमा सर्नुहुनेछ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ ।
कानुन छैन, समाजले पनि मान्दैन !
रुपन्देहीको भैरहवाकी २२ वर्षीया स्वस्तिका नेपाली र कञ्चनपुर महेन्द्रनगरका २३ वर्षीय चन्द्रसिंह कार्की प्रेमी–प्रेमीकाका रूपमा लिभिङ टुगेदर (सँगै बसोबास गर्ने जोडी) बस्न थालेको तीन वर्ष भयो । प्रेमी–प्रेमिकाबाट दम्पती बनेर सँगै जीवन बिताउने सपना साँचेको यो जोडीलाई न परिवार र समाजले इजाजत दिन्छ न त कानुनी मान्यता पाउने कुनै आधार नै बनेको छ ।
तनहुँ जलविद्युत आयोजना : दुई वटै सुरुङ छेडियो
तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ-२ छेडिएको छ।
उपराष्ट्रपति पदको अन्तिम नामावली प्रकाशन : चारै जनाको उम्मेदवारी कायम
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।
नेपालले जोगायो एकदिवसीय मान्यता, विश्वकप छनोट खेलबाट दुई खेल टाढा
नेपालले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ७७ रनले हराएसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको हो ।
विदेशी मुद्रा सञ्चितिमा सुधार, १० महिनाको वस्तु आयात धान्ने
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा माघ मसान्तसम्ममा १० अर्ब ५० करोड अमेरिकी डलर कायम भएको छ ।
अर्थतन्त्रको सूचक सुधार्न सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउन ध्यान दिइरहेको बताउनुभएको छ ।
नेपालद्वारा युएईलाई दुई सय ४९ रनको लक्ष्य
आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको छ ।
हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि महत्त्वपूर्ण मानिएको निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा कहिले सम्पन्न हुने हो कुनै छेकछन्द देखिएको छैन ।