संवैधानिक परिषद् विधेयकमा संशोधन पेस गर्न ७२ घण्टाको समय
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस भएको छ।
ढोरपाटन सिकार आरक्ष जहाँ पुग्छन् महँगा पर्यटक
नेपालको एक मात्रै सिकार पर्यटन सञ्चालन हुने क्षेत्र ढोरपाटन सिकार आरक्ष बागलुङमा यस वर्षको अन्तिम सिकार पर्यटन सुरु भएको छ ।
‘सवारी’ को सट्टा ‘आवागमन’ शब्द प्रयोग गर्न राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले सवारीको सट्टा भ्रमण शब्द प्रयोग गर्नु राम्रो हुने बताउनुभएको छ । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल गोरखाको गोरखनाथ र गोरखकाली मन्दिरमा दर्शनका लागि आउनु भएका उहाँले यस्तो बताउनुभएको हो ।
प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकमा शून्य समयमा प्रतिनिधि सभाका सदस्यले धारणाराख्नेक्रम जारी छ ।
देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक छ : गृहसचिव सिंह
गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताउनुभएको छ ।
प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा : प्रहरी महानिरीक्षक कुँवर
नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेल गोरखा भ्रमणमा
राष्ट्रपति रामचन्द्र पौडेल गोरखा भ्रमणमा पुग्नु भएको छ । आइतबार बिहान ९ः३० बजे उहाँ गोरखा पुगेर कालीका मन्दिर र गोरखनाथ मन्दिरमा पूजा गर्नुभयो ।
२८ महिना बित्दासमेत अझै बनेन् आधारभूत अस्पताल
सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने घोषणा गरेको २८ महिना बित्दा समेत हालसम्म पनि कुनै पनि अस्पतालमा निमार्ण भइसकेका छैनन् ।
लुम्बिनी प्रदेश सभा कामविहीन, सरकार सङ्कटमा
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभालाई काम (बिजनेस) नदिँदा प्रदेश सभाको बैठक अनिश्चित जस्तै बनेको छ । प्रदेश सभाको पहिलो अधिवेशनको छैटौँ बैठक गत फागुन १७ मा बसेको थियो । त्यसयता बस्न सकेको छैन । सातौँ बैठकको बैठकपछि बस्ने सूचना सार्वजनिक गर्ने गरी सभामुख तुलाराम घर्तीले बैठक सकिएको जानकारी दिए पनि हालसम्म बस्न सकेको छैन । सङ्घीय सरकारमा देखिएको राजनीतिक समीकरणको प्रभाव यस प्रदेशमा परेपछि बैठक पनि अनिश्चित भएको हो ।
सहुलियतपूर्ण कर्जा : सहज छैन पहुँच
चार वर्षअघि स्वदेशी सेनेटरी प्याड उद्योग सञ्चालन गर्ने र आयात कम गर्ने योजना सुनाउँदा जो कोहीले गजब भनेर हौस्याउँथे गोमा खनाललाई तर अहिले उद्योगमा लागिसकेपछि अरू त अरू बैङ्कले ऋणसमेत दिन मान्दैनन् । सहयोगी ट्रेड सप्लायर्स अनि रोयल विङ्स ब्रान्डको सेनेटरी प्याड उद्योगमा अहिलेसम्म करिब एक करोड रुपियाँ लगानी गरिसक्नुभएकी खनाल सरकारले महिला उद्यमीका लागि अनेक योजना ल्याए पनि सबै कागजमा मात्रै सीमित भएको गुनासो गर्नुहुन्छ ।
लगानीको नतिजा देखिएन साक्षरतामा
राष्ट्रिय जनगणनाको परिणामले शिक्षामा गरिँदै आएको लगानीअनुसारको परिणाम हासिल हुन नसकेको प्रस्ट देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनगणनाको विस्तृत विवरणले यसलाई थप पुष्टि गरेको छ। जनगणनाअनुसार मुलुकको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ। शुक्रबार सार्वजनिक गरिएको भए पनि यो तथ्याङ्क गत वर्ष नै सङ्कलन गरिएको हो। जब कि सरकारले सन् २०१५ भित्रै मुलुकबाट निरक्षरता उन्मूलन गर्ने अन्तर्राष्ट्रिय रूपमा लिखित प्रतिबद्धता गरेको थियो।
मिटरब्याजी धन्दा रोक्ने विधेयक ल्याइँदै
चर्को ब्याजदर, दसौँ गुणासम्मको तमसुक वा चेक लिएर मिटरब्याजी धन्दा सञ्चालन गर्दै आएको गिरोहमाथि कानुनी कारबाही चलाउनका लागि कानुन निर्माणको तयारीमा सरकार जुटेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र गृह मन्त्रालयले ‘मिटरब्याजी’लाई कानुनी दायरामा ल्याउन विधेयक तर्जुमा गरिरहेका छन्। विधेयक मन्त्रिपरिषद्को आगामी बैठकमा प्रस्तुत गर्ने तयारी कानुन मन्त्रालयले गरिरहेको छ।
'थिएटर आर्ट सम्पूर्ण कलाको सङ्गमस्थल'-रङ्गकर्मी श्रेष्ठ
“थिएटर आर्ट सम्पूर्ण कलाको सङ्गमस्थल हो । आर्ट र अर्टिस्ट कहिले पनि सिद्ध हुँदैन । थिएटरले कलालाई गहिराइसम्म बुझ्न मद्दत गर्दछ ।”
उत्पीडितले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिब, विपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताउनुभएको छ।
साताका सात तस्बिर
हवाई जहाजबाट देखिएको कास्कीस्थित बेगनास ताल र रुपा ताल आसपासको दृश्य।
संविधानको पालना र संरक्षण प्रमुख दायित्व : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताउनुभएको छ । नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
रूपान्तरणको अभियानलाई दूरदराजमा पुर्याउन आवश्यक छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यसमितिसँग शनिबार राष्ट्रपति भवनमा भेट गर्नुहुँदै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
पशुपतिमा एक दिन (फोटो फिचर)
पशुपतिनाथको नाम सुन्ने बित्तिकै उपासना र आराधना गर्न मन लाग्छ । त्यसैले त पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन स्वदेशी मात्र नभई विदेशी भक्तजनको पनि त्यत्तिकै भीड हुने गर्छ ।
जमुनाह नाकामा भेटियो कोभिड सङ्क्रमित
बाँकेको जमुनाह नाका भएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ । यसअघि लामो समयसम्म फाट्टफुट्ट मात्रै कोभिड सङ्क्रमण देखिएकोमा केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको नेपालगञ्ज उप–महानगरपालिका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो ।
नवलपरासीमा विश्वकै अग्लो कृष्ण भगवानको मूर्ति
जिल्लाको सुनवल नगरपालिका वडा नं. ४ रमवापुरमा स्थित कृष्णधाममा विश्वकै अग्लो कृष्ण भगवानको मूर्ति स्थापना गरिएको छ ।
रहरमै बाँचेको रङ्गमञ्च
नेपालमा टोलटोल र डबलीमा देखाइने नाटकको आफ्नै किसिमको परम्परा थियो । हामीले अहिले हेर्ने पश्चिमी शैलीको ‘थिएटर’ नाटक भने नाट्यसम्राट् बालकृष्ण समले भित्र्याउनु भएको हो । उहाँले नाटक लेख्ने, मञ्चन गराउने काम मात्र गर्नुभएन, नाटकको एउटा पुस्ता नै तयार पारिदिनु भएको थियो । समले तयार पारिदिनु भएको त्यो पुस्ताको पनि अन्त्य भइसकेको छ ।
धामी-झाँक्रीको भर पर्दा गर्भवतीको ज्यान गुम्यो
धामी झाँक्रीको भर पर्दा कैलालीको गोदावरी नगरपालिका –८ स्याँउलेगाउँमा एक गर्भवती महिलाको ज्यान गएको छ । अस्वस्थ भएपछि घरमा धामीलाई बोलाएर झारफुकको भर गर्दा २२ वर्षीया कल्पना विकको ज्यान गएको हो ।
प्रेमिकाको टाई (कथा)
‘‘आज पनि महारानीको सवारी भएको छैन, रातको आठ बजिसक्यो । होइन हो ! ‘काम छ ! काम छ !’ मात्र भन्छे तेरी श्रीमती ! तँ पनि डाक्टर हो । तेरो बाबु पनि अझै काम गर्दै हुनुहुन्छ तर तेरी श्रीमतीको चाहिँ फुर्ती र ढाँचा हेर्नु पर्छ बाफ रे बाफ ! कस्तो काम हो सधैँ ढिलो हुने ? बुहारी मान्छेले रातिराति गर्नुपर्ने काम किन गर्नु ? खानलाउन दुःख छैन अनि किन यो जात्रा गरेकी हँ तेरी श्रीमतीले । समयमै श्रीमतीलाई तह लाउनू है छोरा ! नत्र पछुतो होला । तीन महिना भयो तेरो बिहे भएको पनि आज । जागिरको पैसा दिने कुरो पनि केही गर्दिन । साँच्चै के काम हुन्छ भन् त बैङ्कमा ? कि