राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील रहेको बताउनुभएको छ ।
मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति
सरकारले मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ ।
बिजुली बजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी
निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुली बजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ । सडक वारपार गर्न बनाइएको पुलमुनिको सडक निर्माण सुरु भएको दुई वर्षमा प्रगति जम्मा १४ प्रतिशत मात्रै छ ।
पार्किङका लागि निर्माण गरिएको काठमाडौं भ्यू टावर वैशाखबाट प्रयोगमा ल्याइने
काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावर नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
काठमाडौं महानगरको राजश्व सङ्कलनमा २७.१ प्रतिशतले वृद्धि
काठमाडौं महानगरको राजश्व सङ्कलनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको फागुन मसान्तको तुलनामा यस आर्थिक वर्षको फागुन मसान्तमा महानगरपालिकाको २७.१ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ ।
सत्ता साझेदारको बैठक आज
सत्ता साझेदार राजनीतिक दलहरू मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा मङ्गलबार निर्णायक संवादमा जुट्दैछन्। सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको सोमबारको बैठकले मङ्गलबार सत्ता साझेदार दलहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने निर्णय गरेको हो।
संरक्षण नभएको अनौठो ओडार
धनकुटा नगरपालिका वडा नम्बर २, सुन्तलेका ध्रुव बस्नेत ७१ वर्षको पुग्नुभयो। उहाँलाई करिब ६० वर्षयता एउटै कुराले कौतूहल जगाइरहेको छ। त्यो हो उहाँको घरनजिकै सल्लेरी सामुदायिक वनभित्र रहेको अनौठो घर। हालसम्म कुनै लिखित इतिहास फेला नपरेको र किंवदन्तीमै सीमित रहेको उक्त जङ्गलभित्रको ढुङ्गाको ओडारमा निर्मित घर कसले, कहिले र किन बनाएथ्यो भन्ने कौतूहल उहाँको मनमा वर्षौंदेखि रहिरहेकै छ।
मिटरब्याज पीडितको पीडा : ऋण तिरेको तमसुक नबन्दा घरजग्गा लिलाम हुन्छ
काठमाडौं आउनेमा सप्तरी, धुनषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाका पीडित धेरै छन्। उनीहरुले मिटरब्याजी पीडकलाई कारबाही गर्नुपर्ने र न्यायको मागसहित संघर्षमा उत्रेको बताएका छन्।
नेपालमा पर्यटनको अथाह सम्भावना : प्रधानमन्त्री ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पर्यटनको अथाह सम्भावना रहेकोले यस क्षेत्रको विकास र विस्तारमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
सरकारी वेबसाइटमा रहेका पुराना वेबपेजका लिङ्क हटाउन निर्देशन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेबसाइटहरूमा रहेका पुराना वेबपेजका सामग्री र लिङ्क हटाउन निर्देशन दिएको छ ।
प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
हरेक वर्ष नयाँ शैक्षिक सत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो ।
'कलाकार आफू र समाजप्रति इमानदार हुनुपर्छ'
आज ६२ औँ विश्व रङ्गमञ्च दिवस अर्थात् रङ्गकर्मीहरूको उत्सवको दिन । नेपालका स्थापित र सुपरिचित रङ्गकर्मीहरूको विचारमा सच्चा कलाकारमा आफू र समाजप्रति इमानदार हुनु जरुरी छ । यो क्षेत्रमा लाग्न चाहने व्यक्तिले यसको अध्ययन गर्न जरुरी छ ।
पैदलयात्रीको रोजाइमा ‘देवचुली डाँडा’
पूर्वी नवलपरासीको ‘देवचुली डाँडा’ पैदलयात्रामा रुचि हुनेहरूको रोजाइमा पर्न थालेको छ । नवलपुरको देवचुली नगरपालिकामा रहेको सो स्थान समुद्र सतहदेखि करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको छ ।
चट्याङ्ग : सहरको तुलनामा गाउँमा धेरै जोखिम
प्रि मनसुन सुरु भएसँगै देशभर मौसम बदली हुनाको साथै चट्याङ्ग पनि पर्न थालेको छ । नेपाल विश्वमा चट्याङ्ग पर्ने चौथो उच्च जोखिममा छ ।
गठबन्धन दलको बैठक बोलाउने तीन शीर्ष नेताबीच समझदारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच गठबन्धन दलको बैठक मङ्गलबार बोलाउने समझदारी भएको छ ।
सेतो मच्छिन्द्रनाथ रथ निर्माण
सेतो मच्छिन्द्रनाथ रथ निर्माण तीन धारा पाठशाला अगाडी सुरु भएको छ । आउँदो बुधबार चैते दसैँ देखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को रथ यात्रा को लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो ।
राजनीति समाज र जनताप्रति समर्पित हुनुपर्छ: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौँमा पूर्व मन्त्री स्व.नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै उहाँले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनु भएको हो ।
नवलपरासीमा गाडिएको अवस्थामा बम भेटिए
पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा आज (शनिबार) बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडी गाउँको बारीमा बम फेला परेको हो ।
आवास बन्यो तर बस्न समस्या
दोलखाका भूकम्पपीडितलाई सरकारको मापदण्डअनुसार निर्माण भएका घरमा बसोबास गर्न कठिनाइ भएको छ। मापदण्डअनुसार निर्मित भवनका कोठा तथा अन्य संरचना साँघुरो भएपछि यस्ता आवासमा पाहुनापात राख्न निकै अप्ठ्यारो हुने पीडितको गुनासो छ। भीमेश्वर नगरपपालिका–९ का पेमाग्याल्बु लामाले सरकारी अनुदानमा केही ऋण थप गरेर दुईकोठे घर बनाउनुभयो तर अहिले त्यो घर उहाँलाई घरजस्तै लाग्दैन। किनभने घरमा सबै परिवार जम्मा भएका बेला बस्ने, सुत्ने ठाउँ नै हुँदैन। अझ पाहुनापात आएका बेला डेरा खोजेर राख्नुपर्ने अवस्था आएको उहाँको गुनासो छ।
असुरक्षित गन्तव्य बन्दै साउदी अरब
पछिल्लो पटक साउदी अरब नेपाली श्रमिकका लागि असुरक्षित गन्तव्य बन्दै गएको छ । साउदी अरबमा रोजगारीका लागि गएका नेपाली श्रमिक विभिन्न समस्याका कारण असुरक्षित हुने क्रम बढेको हो । सन् २०२३ जनवरीदेखि मार्च २० सम्म ५४५ जना नेपाली श्रमिक विभिन्न कारणले स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार जनवरीमा २३१ जना, फेब्रुअरीमा ९८ जना र मार्चको २० सम्म २१६ जना नेपाली बहिर्गमन भिसा प्राप्त गरेर स्वदेश फर्किएका हुन् ।
मन्त्रिपरिषद् विस्तार केही दिनपछि
सरकारको साझा नीति र कार्यक्रमपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भएको छ । यसअघि सोमबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने आन्तरिक सहमति भएकोमा अब साझा नीति र कार्यक्रम पहिलो प्राथमिकतामा परेको छ । त्यसका लागि गृहकार्य भइरहेको छ । सत्ता साझेदार १० राजनीतिक दलले मन्त्रिपरिषद् विस्तारबारे आन्तरिक र संयुक्त छलफल तीव्र पारेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदार दलका शीर्ष नेताहरूसँगको परामर्श तीव्र पार्नुभएको हो ।
अगाडि बढेन स्वदेशी उत्पादन उपभोग अभिवृद्धि कार्यक्रम
स्वदेशी उत्पादन र उपभोग अभिवृद्धि गर्ने गरी ल्याइएको प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम अगाडि बढ्न सकेको छैन । उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम दशक बनाउने घोषणा गरेको थियो ।
अनुदानमा निर्माण, ऋणमा मर्मत
अनुदानमा बनाइएको सडक ऋण लिएर बनाउन थालिएको छ । चीन सरकारको अनुदानमा बनेको चक्रपथको बल्खु–कलङ्की सडकको सर्भिस लेन काम नलाग्ने भएको भन्दै विश्व बैङ्कबाट ऋण लिएर बनाउन थालिएको छ । उक्त सडकखण्ड निर्माण सम्पन्न भई २०७५ मा नै हस्तान्तरण भइसकेको छ तर अहिले आएर उक्त सडक काम नलाग्ने भएको भन्दै रातारात भत्काइएको छ । डिजाइन, निर्माणमा कमजोरी देखिएको भन्दै र अनुगमनमा लापारबाहीका कारण अनुदानमा बनेको सडक ऋण लिएर बनाउनुपरेको सडक विभागले जनाएको छ ।
पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिनुभएको छ।