नेपाललाई विश्वकै ‘स्पोर्टस् हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै ‘स्पोर्टस् हब’ का रूपमा विकास गर्न सकिने बताउनुभएको छ ।
सेतो मच्छिन्द्रनाथको फोटो प्रदर्शनी
सेतो मच्छिन्द्रनाथको रथजात्राको अवसर पारेर नेपाल फोटो पत्रकार सङ्घ (एनएफपिजे) ले तीन दिने फोटो प्रदर्शनी गरेको छ ।
‘र्यापिड एक्सन फोर्स’ को शैलीमा मिटरब्याजीमाथि कारबाही गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताउनुभएको छ ।
सालझण्डी–ढोरपाटन सडकको दुरदशा: १३ वर्षमा १९ किमी कालोपत्रे
सालझण्डी–ढोरपाटन सडक निर्माण सुरु भएको १३ वर्ष बित्यो । राष्ट्रिय प्राथमिकताको आयोजना अन्तर्गत रहेको यो सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको नौ वर्ष बितिसक्यो ।
मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गरिने
सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।
चिसो हटेसँगै लेकतिर फर्किँदै भेडीगोठ
चिसोको समयमा बेसी झरेका भेडीगोठ यती बेला गाउँ फर्किन थालेका छन् । बूढी नन्दा, हिमाली , स्वामिकार्तिक, जगनाथ लगायतका अधिकांश स्थानीयहरूको मुख्य पेसा भेडा बाख्रापालन रहेकोले उनीहरू हिउँदको केही महिना चिसो छल्न र भेडा बाख्रा पाल्न सहजताका लागि गत कात्तिकमा बेँसी झरेका थिए ।
गैडहवाको डोलही शिव मन्दिर
गैडहवा गाउँपालिका वडा नं ८ मा अवस्थित प्राचीन डोलही शिव मन्दिर निकै प्राचीन मन्दिर मध्ये एक हो । यो मन्दिर गाउँको मध्य भाग वा सडकको दाहिने तर्फ शिखर शैलीको रहेको छ।
बजेट निर्माणको नयाँ कार्यतालिका
सरकार फेरबदल तथा अर्थमन्त्री नै नहुँदा अलमलमा परेको बजेट निर्माण प्रक्रियालाई गति दिन अर्थ मन्त्रालयले समय तालिकासहितको योजना बनाएको छ । आव २०८०/८१ को बजेट निर्माणका कतिपय प्रक्रियामा ढिलाइ भएकाले मन्त्रालयले नयाँ कार्यतालिका बनाएको हो ।
सिंहदरबारमा सार्वजनिक धारा
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक खानेपानीको सार्वजनिक धारा सञ्चालनमा ल्याइएको छ। जार तथा बोतलको पानी विस्थापित गर्ने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि बगैँचामा सञ्चालनमा ल्याइएको सो धाराको निवर्तमान खानेपानी मन्त्री अब्दुल खानले शुक्रबार उद्घाटन गर्नुभयो।
प्रधानमन्त्रीका १६ सारथि
शुक्रबार मन्त्रिपरिषद् विस्तारसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ ।
नेपाललाई थ्री नेसन्स कपको उपाधि
नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि उचालेको हो ।
मन्त्रिपरिषद्मा हेरफेर र कार्यविभाजन (पूर्ण विवरण)
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ। शुक्रबार नवनियुक्त मन्त्रीले राष्ट्रपति समक्ष मन्त्रीकाे पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
नवनियुक्त मन्त्रीको शपथ
नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गर्नुभएको हो ।
मन्त्रिपरिषद् विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासमा कहिल्यै नमर्ने प्रतिबद्धताका साथ केही ठूला र नयाँ काम गर्ने योजना आफूले बनाइरहेको बताउनु भएको छ ।
भृकुटीमण्डपमा फूलको प्रदर्शनी सुरु (फोटो फिचर)
आजबाट काठमाडौंको भृकुटीमण्डपमा फूलको प्रदर्शनी सुरु भएको छ ।
बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा महत्त्वपूर्ण कामहरू गरेको बताउनुभएको छ ।
राजनीतिक दलको भूमिका बदलिनुपर्छ : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक दलहरुको भूमिका अब बदलिनुपर्ने बताउनुभएको छ ।
पानीको मूल्य पाँच महिनाभित्र घट्छ : मन्त्री खान
शुक्रबार सिंहदरबारभित्र चार स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्नुहुँदै मन्त्री खानले बोतल र जारमा महँगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्नुहुँदै पानीको मूल्य पाँच महिनाभित्र घटाएरै छोड्ने दाबी गर्नुभएको हो ।
पूर्वअमेरिकी राष्ट्रपतिलाई फौजदारी अभियोग
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फौजदारी अभियोग लागेको छ । वर्षौको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उहाँलाई फौजदारी अभियोग लगाएको हो ।
तन्नेरीलाई शिरफुले भाका सिकाउँदै पाका पुस्ता
कुनै समय शिर फुले भाकाले गाउँघर गुन्जायमान हुन्थे। मेलापात,गोठ ओडार र चौतारीमा भेला भएर शिर फुले मायाको भाकामा गीत गाउने र नाच्ने प्रचलन थियो । तर आजकल नयाँ लोक संस्कृतिको विकासले पुराना प्रचलित भाकाका गीतहरू लोप हुँदै जान थालेका छन् ।
सुरु भयो एसईई परीक्षा (फोटो फिचर)
आज (शुक्रवार) देश सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) को तथ्याङकनुसार देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले परीक्षामा सहभागिता जनाएका छन् । परीक्षा बिहान ८ बजेबाट सुरु भएको छ ।
बन्द संस्थामा सरकारको दुई अर्ब लगानी बक्यौता
विभिन्न कारणले अस्तित्व नै गुमाएका २९ वटा सार्वजनिक संस्थामा सरकारको करिब दुई अर्ब रुपियाँ ऋण लगानी छ । दायित्व फरफारक गरेर मात्र संस्था बन्द वा निजीकरण गर्नुपर्नेमा त्यसो नगर्दा एक अर्ब ९३ करोड २७ लाख रुपियाँ ऋण बक्यौता रहेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको सार्वजनिक संस्थामा सरकारको लगानीसम्बन्धी प्रतिवेदनले आव २०७८/७९ सम्म त्यस्ता संस्थाको नाममा एक अर्ब ७६ करोड ६१ लाख रुपियाँ आन्तरिक र १६ करोड ६६ लाख रुपियाँ वैदेशिक ऋण लगानी रहेको उल्लेख गरेको छ ।
पूर्ण रूपमा खुल्दै चीनसँगका नाका
नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका कारण अवरुद्ध नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बसेको बैठकमा चैत १८ गतेदेखि रसुवागढी–केरुङ नाकामार्फत दुईतर्फी व्यापार र जनसम्पर्कका लागि आवतजावत पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो ।
मन्त्रिपरिषद् विस्तार हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सरकारलाई पूर्णता दिने हुनुभएको छ । सत्ता गठबन्धनको बैठक बिहीबार पटक–पटक बसेको थियो तर सहमतिमा ढिलाइका कारण मन्त्रीहरूको शपथग्रहण शुक्रबारका लागि तय गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।