बेलायतमा नेपाली
कुनै समय फाट्टफुट्ट रूपमा मात्र विदेश जाने नेपालीको सङ्ख्या यतिबेला निकै माथि उक्लिएको छ । सयौँ, हजारौँ होइन, लाखौँमा पुगेको छ । कोही कामको क्रममा, कोही अध्ययनका लागि त कोही आफ्ना सपना पूरा गर्न पुगेकाहरू पछि त्यहीँका ‘रैथाने’ पनि बनेका छन् । अहिले नेपालीको आकर्षक गन्तव्य युरोप, अमेरिका र अस्ट्रेलिया बन्दै गएको छ । उज्ज्वल भविष्यको सपना देख्दै घरखेत बन्दकी राखेर आकर्षक कमाइ हुने देशमा जान नेपाली लालयित छन् । तथ्याङ्कले पनि यस कुरालाई पुष्टि गर्छ
अवरुद्ध प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ। प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो।
नेपालमा सुरु भयो ‘आला कार्ट’
स्वदेशी टेलिभिजन च्यानल वितरकहरूले लामो समयदेखि माग राख्दै आएको ‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उक्त प्रणाली सुरु भएको जानकारी दिएको हो । यो प्रणाली कार्यान्वयनमा आएसँगै टेलिभिजन च्यानलहरूको सिग्नल वितरण गर्ने केबुल, एमएसओ, डीटीएच, आईपीटीभीजस्ता संस्थाले उपभोक्ताबाट लिन पाउने शुल्कमा एकरूपता कायम भएको छ ।
स्वास्थ्यमा कृत्रिम फोक्सो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी)को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरिएको हो ।
विश्व परिवेशअनुरुपको सन्तुलित व्यवहार जरुरी : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेश अनुरुपको सन्तुलित व्यवहार जरुरी रहेको बताउनु भएको छ ।
खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा छौँ : अर्थमन्त्री महत
अर्थतन्त्र सङ्कटतर्फ उन्मुख भएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका बेलामा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सक्रिय पहल सुरु गर्नुभएको छ।
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्याउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सरकारले राष्ट्रहित केन्द्रमा राखेर ऐन, कानुन तर्जुमा गर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै ऐन, कानुन तर्जुमा गर्ने बताउनुभएको छ।
डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ ।
दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सरकारले कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
सङ्घीयताले समृद्ध बन्दै छ कैलाली
कैलालीको मध्य क्षेत्रमा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत घोडाघोडी ताल, पौराणिक र पुरातात्त्विक महत्व बोकेको पद्मप्रकाशेश्वर शिव मन्दिर, नेपालकै ठूलो मानिएको मानव निर्मित टीकापुर बृहत् उद्यान, विश्वकै दुर्लभ जलचर डल्फिन यहाँ छन्। धार्मिक महत्व बोकेका नैनादेवी, बेहडाबाबा, बर्दगोरिया र गोदावरी धाम धार्मिक तथा पर्यटकीय आकर्षकका लागि उपयुक्त रहेका छन्। राणाकालीन गर्भा दरबार, एउटा खम्बा अडिएको कर्णाली पुललाई पनि एतिहासिक सम्पदाको रूपमा लिन सकिन्छ।
चियाको कर उठाउन स्थानीय सरकार अदालत जाने
नेपाल सरकारको स्वामित्वमा रहेका चिया बगान लिजमा लिएको भारतको त्रिवेणी सघाई ग्रुपसँग चिया बगान रहेको इलाम र झापाका पालिकाहरूले कर उठाउनका लागि अदालत जाने तयारी थालेका छन् ।
म्याद सकिए पनि बनेनन् पुल
धादिङ जिल्लाको गल्छी गाउँपालिकास्थित त्रिशूली नदीमा निर्माण भइरहेका दुईवटा मोटरेबल पुलको निर्माण सम्पन्न हुन सकेको छैन। पुल निर्माणका लागि तोकिएको म्याद गुज्रिएको दुई वर्ष नाघिसक्दा पनि पुल निर्माण सम्पन्न हुन नसकेको हो। त्रिशूली नदीमाथिका दुईवटा पुल निर्माण गरिसक्नुपर्ने म्याद सकिएको २७ महिना भएको छ। निर्माण ढिलो हुनुमा निर्माण व्यवसायीले कोरोना महामारीलाई दोष देखाएर पन्छिँदै आएका छन्। पुल निर्माणको ठेक्का लगाउने निकायले भने १० प्रतिशतसम्म हर्जना तिर्नुपर्ने व्यवस्था रहेको बताउँदै आइरहेका छन्। काम लगाउने र काम गर्ने दुवैको ढिलासुस्तीको मारमा भने स्थानीय परेका छन्।
आमाको विकल्पमा मावली
एकल महिलाको विवाह भएको अवस्थामा विवाहअघि जन्माएको बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न सरकारले निर्देशन दिएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एकल महिलाका बच्चाको जन्मदर्ताको विषयमा यस्तो परिपत्र जारी गरेको हो। परिपत्रमा उल्लेख भएअनुसार विवाह भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएका महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए सो बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिन भनिएको छ।
दिनभरको काम, बयासी रुपियाँ दाम
६० वर्षीय किसान घिले मन्दिरमा नगरा बजाउन थालेको २१ वर्ष पूरा भयो। सरकारी जागिर खाएको भए उहाँको अहिलेसम्म पेन्सन पाक्थ्यो तर उहाँ अहिले पनि दैनिक ८२ रुपियाँ १३ पैसामा काम गर्दै आउनुभएको छ। अहिलेसम्म कुनै पनि नियमले घिलेको काम र श्रमलाई सम्बोधन गर्न सकेको छैन।
आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा गुप्ता दह
वारि हिमाल, पारि हिमाल । सिस्नेसँगै टल्किएको द्धवारी हिमाल । हिमालै–हिमालको बीचमा साना–ठूला पहाडका थुम्का । अनि तिनै थुम्काको बीचमा टिलपिलाइरहेका दह, सानो गुप्ता र ठूलो गुप्ता । तिनै दुई गुप्तामा मुस्कुराउँदै फुलेको सिस्ने हिमाल । मनै लोभ्याउने सुन्दर दृश्य ।
साँखुमा बज्रयोगिनी जात्रा सुरु
काठमाडौं, चैत २३ गते । साँखुमा बज्रयोगिनी जात्रा आज बिहिबारबाट सुरु भएको छ । मूलत चैतेदसैंको दिनदेखि जात्रा सुरु भएको संकेतस्वरूप नाय्खीं बाजा बजाएर नगर परिक्रममा गरेर खबर गर्ने गरिन्छ ।जात्राका लागिका बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीेसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखुमा नगर प्रवेश गराइएको छ । गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई जात्रा गर्ने परम्परा छ ।चार दिनपछि आइतबार मुँ जात्राका रुपमा साँखुबासीहरुले मनाउने गर्छन्, जुनदिन साँखुबासीहरुले आफ्ना आफन्तहरुलाई नखत्या बोलाउने चलन रहेको छ । जात्रामा बज्रयोगिनीको मुर्तिसँगै चिभाःद्यः, सिंहमुखी, बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्ती घुमाउने चलन छ ।
उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग बनाइने
सुशासनयुक्त एवम् भ्रष्टाचारमुक्त शासकीय व्यवस्था निर्माण गर्न इ–गभर्नेन्स ऐन यथाशीघ्र संसदमा प्रस्तुत गरी पारित गरिने विषय उल्लेख छ ।
अर्थतन्त्र सुधार गर्न पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकता दिइने (पूर्णपाठसहित)
सरकारले देशको अर्थतन्त्र सुधारका लागि सरकारले पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
‘सामाजिक सञ्जालको विज्ञापनलाई करको दायरामा ल्याइने’
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले सामाजिक सञ्जालमा गरिने विज्ञापनलाई करको दायरामा ल्याइने बताउनुभएको छ । सरकारको नीति तथा साझा कार्यक्रमलाई आज विशेष समारोहबीच सार्वजनिक गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
नारायणगढ–बुटवल सडक : ४ वर्षमा २८ प्रतिशत विस्तार
विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा चार वर्षमा २८ प्रतिशत काम भएको छ । दैनिक ५० हजारभन्दा धेरै सवारी चल्ने यो सडकमा धुलो उडेर दिउँसै अँध्यारो हुन्छ ।
पुँजीगत खर्च बढाउन विशेष मेहनत गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशित गर्नुभएको छ ।
किसानलाई गहुँ भित्र्याउन चटारो (फोटो फिचर)
कैलालीका किसान गहुँ भित्र्याउन व्यस्त भएका छन् । बाली भित्र्याउने सिजन चलेसँगै किसानलाई गहुँ काट्ने, थ्रेसिङ गर्ने, बाली भित्र्याउने चटारो बढेको हो । यसवर्ष अघिल्लो सातासम्म पानी परेर मौसम प्रतिकूल देखिएका कारण केही ढिलो गरेर गहुँ काट्ने काम गरिरहेको किसानले बताएका छन् ।