• १३ साउन २०८१, आइतबार

साँखुमा बज्रयोगिनी जात्रा सुरु

blog

साँखुमा बज्रयोगिनीको खटलाई नगर प्रवेश गराइँदै । तस्विर : मनोज रत्न शाही

काठमाडौं, चैत २३ गते । साँखुमा बज्रयोगिनी जात्रा आज बिहिबारबाट सुरु भएको छ । मूलत चैतेदसैंको दिनदेखि जात्रा सुरु भएको संकेतस्वरूप नाय्खीं बाजा बजाएर नगर परिक्रममा गरेर खबर गर्ने गरिन्छ ।

जात्राका लागिका बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीेसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखुमा नगर प्रवेश गराइएको छ । गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई जात्रा गर्ने परम्परा छ ।

चार दिनपछि आइतबार मुँ जात्राका रुपमा साँखुबासीहरुले मनाउने गर्छन्, जुनदिन साँखुबासीहरुले आफ्ना आफन्तहरुलाई नखत्या बोलाउने चलन रहेको छ । जात्रामा बज्रयोगिनीको मुर्तिसँगै चिभाःद्यः, सिंहमुखी, बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्ती घुमाउने चलन छ ।



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।