• ८ मंसिर २०८१, शनिबार

प्रेमिकाको टाई (कथा)

blog

‘‘आज पनि महारानीको सवारी भएको छैन, रातको आठ बजिसक्यो । होइन हो ! ‘काम छ ! काम छ !’ मात्र भन्छे तेरी श्रीमती ! तँ पनि डाक्टर हो । तेरो बाबु पनि अझै काम गर्दै हुनुहुन्छ तर तेरी श्रीमतीको चाहिँ फुर्ती र ढाँचा हेर्नु पर्छ बाफ रे बाफ ! कस्तो काम हो सधैँ ढिलो हुने ? बुहारी मान्छेले रातिराति गर्नुपर्ने काम किन गर्नु ? खानलाउन दुःख छैन अनि किन यो जात्रा गरेकी हँ तेरी श्रीमतीले । समयमै श्रीमतीलाई तह लाउनू है छोरा ! नत्र पछुतो होला । तीन महिना भयो तेरो बिहे भएको पनि आज । जागिरको पैसा दिने कुरो पनि केही गर्दिन । साँच्चै के काम हुन्छ भन् त बैङ्कमा ? कि राति पनि पैसा लिन आउँछन् बैङ्कमा ? कि आफैँ पैसा छापेर बस्छे अबेरसम्म । त्यसलाई जागिर छोडिहाल भन है, बुहारी भएपछि छोरी जस्तो फुक्काफाल हुन पाइन्छ र !’’ आमा बिन्देश्वरीले छोरा सुरजलाई सम्झउँछे तर ल्यापटपमा एकोहोरो हेरिरहेको सुरज ढुङ्गा बोल्ला बोल्दैन । 

“सुरज ! दराजको चाबी तँसँग छ ? भए दे त । सबै सुनचाँदी भोलि नै लकरमा लगेर राख्छु ।’’ लोभले ब्वाँसा भएका बिन्देश्वरीका आँखाले सिरानीमुनिको चाबीको झुप्पो देखिहाल्यो । छोराबुहारीको सुत्नेकोठा वरपर एकटक उसले धेरैबेर हेरिरही । अनि सिरानीमुनिबाट फुत्त साँचो निकालेर दराज खोली । एक एक गरेर सामान झिक्दै मिल्काएर असरल्ल पारी । त्यतिखेर नै छोरी आरजु पनि कोठामा पसी । उसका आँखा पनि कम लालची थिएनन् ।

“मम्मी ! आहा ! यो सेट कस्तो राम्रो । भाउजूको मम्मीले दिएको होला । मलाई पनि यस्तै सेट चाहिन्छ है । यस्तो सेट भएन भने त म घरै जान्न ।’’ आरजु लाडे पल्टिँदै भाउजूका गहनाहरू एक एक गरेर ओल्टाइपल्टाइ हेर्न थाली । बिन्देश्वरीले बुहारीको माइतीले दिएको सुनको सेट तुरुन्तै आफ्नी छोरीको हातमा थमाउँदै भनी, “ल यो सेट तँलाई नै भयो दाइको बिहे भाग ।’’ आरजुको खुसीको सीमा रहेन । आरजुलाई आफ्नी आमा संसारको सबै आमाभन्दा दानी र दयालु लाग्दै थियो । बिन्देश्वरी बुहारीका सबै गहनागुरिया पोको पारेर कोठाबाट बाहिरिइ । सुरजका आँखा, कान र हृदय सबै पत्थर भएका थिए । पूजाको केही कुराको उसलाई प्रवाह थिएन, आमा भए पुग्थ्यो । मूर्तिवत् ऊ ल्यापटपमै अझै घोरियो । पूजा पनि टुप्लुक्क आइपुगी । ओठ लेप्य्राउँदै आरजुले भनी, “महारानीको बल्ल सवारी ?’’ 

नन्दको मुखबाट हेयको यस्तो बोली सुन्नु पर्दा पूजालाई पनि झनक्क रिस नउठेको त कहाँ हो र ? तर संस्कारको ताल्चा जो मुखमा झुन्डिएको थियो । पूजा कोठामा पस्दै मुस्कानको लहर खोलेर बोली, “आज क्लोजिङ डे थियो । त्यसैले ढिलो भयो । खाना खानु भयो हजुरहरूले ।’’ अरू दिन पनि ढिलो हुँदा पूजाका लागि को नै कुरेर बस्थ्यो र आज ऊ आश गरोस् । हट्केस हाँसी रहेको हुन्थ्यो कुकरको चिसो भात हेरेर । ‘तातो भात खान्छे पूजा’ भन्ने आफ्नी आमाको आँगन त्यहाँ थिएन  । ऊ अभ्यस्त हुँदै थिई सम्बन्धभित्रका तीता विष पिउन ।

सुरज केही बोलेको थिएन । पूजा लुगा फेरेर भान्सातिर दगुरी । खाना खाएर काम सकेर आउँंदा १० बज्यो । सुरज अझै गजधम्म परेर ल्यापटपमै टाँसिएको थियो । “पूजा तँ भोलिदेखि अफिस जानु पर्दैन । आरामले घर बस । खानलाउन दुःख छैन । कुलघरानकी छोरीबुहारी यसरी रातिराति अरू लोग्ने मान्छेहरूसँग नारिएर हिँडेको मम्मीलाई राम्रो लाग्दैन रे !’’ 

सुरजको बोली रुखो मात्र थिएन । उसको बोलीमा पूजाप्रतिको असन्तुष्टि छर्लङ्ग बुझिन्थ्यो । पूजा अक्क न बक्क भई । दराज खुला भएको देखेर सुरजको कुरालाई वास्ता नगरी त्यता नियाली । हतारहतार पैसा र गहनाको डब्बा खोली । सबै बट्टा खाली भएको देखेर आत्तिँदै सुरजलाई प्रश्न गरी, “तपाईं कोठामा हुँदाहुँदै मेरो सारा गहन कसले चो¥यो 

होला ? गहना राखेको डब्बा रित्तो छ । दुईचार÷जोर गहना त थियो मसँग, त्यो पनि कसले चो¥यो होला, हे भगवान् !’ यति भन्दै पूजा क्वाँक्वाँ गर्दै रुन थाली ।

एक्कासि पछाडिबाट आरजुले पूजाको कपालमा पिङ खेल्दै चिच्याइ, “यसले मेरी मम्मीलाई चोर भन्ने । हेर सुरज ! तँ के हेरेर बसेको छस् । यसको जिब्रो झिक । यसले यस्तो आँट कसरी गरी ?’’ के निहुँ पाऊँ कनिका बुक्याऊँ भनेझैँ घरका सदस्यलाई गतिलो बहाना मिल्यो पूजालाई तर्साउन ।

बिन्देश्वरी पनि जथाभावी बोल्दै पूजाको मुखमा मुक्का बर्साउँदै रिस पोख्न थाली, “तैँले मलाई चोर भन्ने, तँ जस्ती यो घरमा बस्न पाउँदिनस्, लु खुरूक्क गइहाल ।” सासू र नन्दको पिटाइले आक्रान्त भएकी पूजा केही बोल्न खोज्दै थिई तर बिन्देश्वरीले सुरजलाई उकास्न कुनै कसर बाँकी राखिनँ । डाक्टर भए पनि भेडाजस्तो सुरज पनि आँखा चिम्लेर पूजालाई भकुर्न थाल्यो ।  “मेरो मम्मीलाई चोर भन्ने, तुरुन्त माफी माग !’’ पूजाको कपाल समातेर बिन्देश्वरीको चरणमा टाउको जोतिदियो सुरजले । पूजाको शरीर मात्र घायल भएन, आत्मा पनि थिलथिलो भयो । मम्मीलाई केही भनेको छैन भन्ने अन्तरआत्माबाट आइरहेको सत्यलाई सुन्ने कान त्यहाँ कसैको थिएन । त्यसपछि पूजाले ठूलो सहास बटुल्दै एक श्वासमा बोली, “मलाई थाहा थिएन मम्मीले लगेको कुरा । चोर नै आयो कि भनेको मात्र थिएँ । कसैलाई दोष लगाएको छैन मैले, मलाई नपिट्नूस् मेरो बच्चा खेर जान्छ बिन्ती छ ।’’ दुवै हात जोड्दै पूजा स्पष्टीकरण दिँदै थिई । तर पूजाको आवाज सुन्ने हृदय अहङ्कार र लोभको ठूलो चट्टानले अटेसमटेस भएर बसेको थियो ।

उनीहरूलाई निहुँ मात्र चाहिएको थियो, पूजालाई यातना दिन । यस्तो स्वर्णिम पल कहाँ आउँछ र उनीहरूका लागि बारम्बार ? त्यसैले सबैले आ–आफ्नो रिस र कुण्ठा पोखेका थिए पूजामाथि । मरणासन्न हुने गरी पिट्दा पिट्दै पूजाले रगत छाद्न थाली । त्यही बेला घरको घण्टी बज्यो । हतारहतार आदर्शको मुखुण्डो भिर्दै पूजालाई घिसारेर स्टोररुममा उनीहरूले पु¥याए । अनि मुखमा कपडा कोच्दै हात बाँधेर छोडिदिए । 

घरको दलाल आएको रहेछ । अस्ति भर्खर तीनकुनेमा घर किन्ने कुरा गरेर आएकी थिइ बिन्देश्वरीले । अचानक आफ्नो आँगनमा अकबरेलाई देखेर आत्तिँदै सम्भ्रान्त वर्गको रवाफ ओकल्न थाली– “भाइ, केही दिन दिनुहोला । म सबै व्यवस्था गर्छु । पैसा आउन अलि समय लाग्ने भो । भित्र सवारी होस् न । नानी ! ए नानी ! दाइलाई जुस टक्क्राऊ त ।’’ आरजुले जुस ल्याएर अकबरेको हातमा राखिदिई । एक श्वासमा जुस पिएर एक महिनाभित्र पास गरिसक्नू पर्ने उर्दी दिएर गयो अकबरे ।

अकबरे बिदा भएपछि तीनै जना बाजले चल्ला झम्टेझैँ पूजालाई झम्टन स्टोररुममा फेरि पुगे । पूजा भर्खर होसमा फर्किएकी थिई । सुरजको अत्याचार अझ सकिएको थिएन । उसले भन्यो, “तेरो बाउलाई भनिहाल पन्ध्र दिनमा एक करोड ठिक पार्न । होइन भने तेरो हालत ठीक हुँदैन । एक महिनाभित्र मलाई पैसा चाहिन्छ । मेरो बाबुले काठमाडौँमा घर किन्ने पैसाले मलाई डाक्टर पढाएको हो बुझिस् । तेरो बाउ खुब छाती फुलाएर हिँड्छ रे ! छोरी डाक्टरलाई दिएँ भनेर । डाक्टर पढाउन मेरो बाबुले कति खर्च गर्नु प¥यो । त्यो पैसा तेरो परिवारले नदिई हुन्छ ? यो त हाम्रो संस्कार हो । डाक्टर ज्वाइँ खोज्ने अनि दाइजो दिनेबेला चाहिँ आनाकानी गर्ने ?’’ 

पूजाका आँखा घरी चिम्म हुन्थे घरी खुल्थे । ‘हुन्छ म पिताजीलाई भन्छु’’ भन्ने आवाज मात्र पूजाको मुखबाट निक्लिरहेको थियो । सुरज भने पूजालाई तथानाम बोलिरहेको थियो, “अनुहार हेरेर मैले तँलाई बिहे गरेको होइन । तेरो बाउको तिजोरीसम्म पुग्न मैले तँलाई बिहे गरेको हुँ । मेरो जालमा तँ कति सजिलै फसिस् । तँलाई बैंस चढेको थियो, मलाई पैसा चाहिएको थियो । मसँग हाँसेर बस्ने भए अब एक करोड लिएर आइज । होइन भने बिनाकारण तेरो शरीरले दुःख पाउँछ ।’’ 

“अस्ति त्यत्रो खर्च गरेर बुबाले हाम्रो बिहे गरिदिनु भयो । एक करोड पचास लाख त बिहेमै सकियो । सुन, चाँदी, फर्निचर र नगद गरेर झन्डै तीन करोड त बाबुले हजुरको परिवारलाई दिएको होइन र ! अब फेरि म कसरी माग्न जाऊँ, मबाट यो हुन सक्दैन ।’’ अलि होस आएपछि पूजाले भनी । कुरा नटुङ्गिँदै पूजाको पेटमा सुरजले लात्ती हान्दै फेरि चिच्यायो, “मसँग मुख लाग्छेस् । त्यो पनि डाक्टर लोग्नेसँग । तैँले नै होइन, बिहेको प्रस्ताव राखेकी । तँलाई मेरो सुगठित शरीर चाहिएको थियो, मलाई तेरो बाबुको सम्पत्ति । तँ मेरो पछि पागल भएर लागेकी होइन । तेरा बाउछोरीको घमण्ड चकनाचुर पार्न मैले तँसँग बिहे गरेको हुँ । हेर्दै जा अब म के के गर्छु ।’’ 

छोराबुहारीको यो दृश्य देखेर बिन्देश्वरीका आमाछोरी भने आनन्द मानिरहका थिए । तर सुरज भने चिच्याइरहेको थियो, “पैसा चाहिएर तँं जस्ती केटीलाई भिœयाएको बुझिस् । तेरो बाउले पैसा नदिए तँलाई मार्छु या एसिड छरेर तँलाई विरूप पार्छु । घरको न घाटको बनाउँछुु । तेरो बाउसँग राम्रो मुखले 

पैसा मागिहाल ।’’

पूजा दुई महिनाकी गर्भवती थिई । पेट र ढाडमा बर्सिएको मुड्की र लात्तीले रगतको खोलो बग्यो । पूजा बेहोस् भएपछि हतारहतार अस्पताल पु¥याए तर पूजाको होस् आएन । कसरी यस्तो भयो भनेर डाक्टरले सोधपुछ गर्दा सुरजले सजिलै भनिदियो भ¥याङबाट लडेर । 

दस घण्टापछि पूजाको बल्लतल्ल होस् आयो । सुरज नीलो सुटमा रातो टाई लगाएर रिमिक्क परेर अस्पताल आएको थियो । यो ड्रेस पूजाले पहिलो भेटमा उपहारस्वरूप सुरजलाई दिएकी थिई, जुन पूजाको कमजोरी थियो । पूजाको कमजोरी कहाँ छ भलिभाँती थाहा थियो सुरजलाई । त्यसैले पूजाले दिएका सबै उपहार लगाएर सुरज सजिएको थियो । जुत्ता, चस्मा, सर्ट, सुट, क्याप र त्यो प्रेमको प्रतीक रातो टाई । 

सुरज छेपारोझैँ रङ फेर्न माहिर थियो । ऊ पूजालाई अँगालोमा राखेर गोहीका आँसु झार्दै बोल्दै थियो, “पूजा म तिमीलाई असाध्यै माया गर्छु । तर मलाई माइग्रेन भएर हो कि मानसिक रोग भएर हो रिस उठेपछि के गर्दै छु, के बोल्दै छु केही याद हुँदैन, हेर पूजा तिमीले भन्छ्यौ भने म साइक्याट्रिकलाई देखाएर औषधि पनि खान्छु । यो पटक माफ गरिदेउ, बाहिर पुलिस आएका छन्, अब हाम्रो घरको इज्जत तिम्रो हातमा छ । पूजा म तिम्रो शरणमा छु । मलाई माफ गरिदेऊ ।’’ फेरि पनि पूजाको मन जित्न सक्छु भन्ने विश्वासले रातो टाई मिलाउँदै सुरजले कुटिल मुस्कान छ¥यो । 

पूजा यस्तो उदण्ड पुरुषलाई पुनः माफ गर्न तम्तयार हुन्छे । साँच्चै प्रेम गरेकी थिई उसले सुरजलाई । पूजाको आँखाले अघिसम्मका हिंसात्मक दृश्यहरू क्षणभरमा भुलेर आफूलाई असाध्य माया गर्ने त्यो पागलप्रेमीको छवि मात्र देख्न थाली त्यो छद्म मुहारमा ।

अघिदेखि पुलिसहरूले पूजाको बयान लिन आएका थिए । तर पूजाले लडेकै हो भनेर सुरजको परिवारलाई जोगाउँदै जेलको यात्राबाट ती पाखण्डीलाई फेरि बचाई । सुरज यसरी नै पटक पटक सफल हुँदै आएको थियो । ऊ पूजालाई सजिलै आफ्नो जालमा पार्न सफल हुन्छ । आफ्ना पुराना साथीसँग रक्सी पिएर मातिँदा अक्सर भन्ने गथ्र्याे रे मेरो जीवन मेरो प्रेमिकाले दिएको टाईमा छ । सुरजजस्तो कपटी मान्छेले पूजाले दिएको त्यो प्रेमिल टाईको खुब दुरुपयोग ग¥यो । सुरजको खेललाई पूजाले प्रेम मानेर आराधना गर्दै गई, आफू दिनरात पिल्सिँदै गई ।