• ११ असार २०८१, मङ्गलबार

‘इन्जिनियरिङ शिक्षाको गुणस्तरीयतामा समस्या छ’

blog

नेपाल इन्जिनियरिङ परिषद्को कार्यालय । फाइल तस्बिर

काठमाडौं, चैत १६ गते । नेपाल इन्जिनियरिङ परिषद्ले लिएको इन्जिनियरिङ लाइसेन्स परीक्षामा सहभागीमध्ये साढे २८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । सहभागी एक हजार ९८१ जनामध्ये ५६५ मात्र उत्तीर्ण भएका हुन् ।

सहभागीमध्ये विदेशमा पढेर नेपाल आएर परीक्षा दिनेहरू बढी अनुत्तीर्ण भएको नेपाल इन्जिनियरिङ परिषद्का रजिष्ट्रार शिवमंगल गिरीले बताउनुभयो । देशमा अध्ययन गरेर आएका ४०० जनाले परीक्षामा भाग लिएका थिए । जसमध्ये १५ प्रतिशत मात्र उत्तीर्ण भएको उहाँले बताउनुभयो । अधिकांश छिमेकी देश भारतमा इन्जिनियरिङ पढेर आउनेहरू रहेको उहाँको भनाइ छ । 

त्रिभुवन विश्वविद्यालयबाट सहभागी भएका परीक्षार्थीमध्ये ४६ प्रतिशत उत्तीर्ण भएका छन् । यस्तै, पोखरा र पूर्वाञ्चल विश्वविद्यालयबाट सहभागी भएका परीक्षार्थी समान ३० प्रतिशत उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो । 

त्रिभुवन विश्वविद्यालयबाट सहभागी भएका परीक्षार्थीमध्ये ४६ प्रतिशत उत्तीर्ण भएका छन् । यस्तै, पोखरा र पूर्वाञ्चल विश्वविद्यालयबाट सहभागी भएका परीक्षार्थी समान ३० प्रतिशत उत्तीर्ण भएका छन् ।

तर अन्य कलेजका कतिले परीक्षामा सहभागी जनाए र कति उत्तीर्ण भए भन्नेबारे छुट्टाछुट्टै तथ्याङ्क भने नराखिएको गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परीक्षामा सहभागिता जनाएर पास हुनेहरूमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयका विद्यार्थी छन् । त्यसपछि पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको समान उत्तीर्ण भएका छन् । पक्षपात  गरेजस्तो देखिने भएकाले अन्य क्याम्पसका कतिले परीक्षा दिए र कति उत्तीर्ण भएको फरक फरक तथ्याङ्क निकालेका छैनौँ ।” तर अन्य क्याम्पसबाट सहभागिता जनाएर उत्तीर्ण  हुनेको सङ्ख्या भने ज्यादै न्यून रहेको उहाँको भनाइ छ ।  बताउनुहुन्छ । 

गुणस्तर सुधार आवश्यक 

पहिलो पटक भएको इन्जिनियरिङ लाइसेन्स परीक्षाको नतिजाले इन्जिनियरिङ क्षेत्रको पढाइको गुणस्तर सुधार गर्नु आवश्यक रहेको रजिष्ट्रार गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “हालै आएको नतिजाले इन्जिनियरिङ क्षेत्रमा भएको पढाइको गुणस्तर कमजोर रहेको प्रस्ट बुझ्न सकिन्छ । शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय तथा शिक्षकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।”

इन्जिनियरिङको कोर्ष उत्तीर्ण गर्नेवित्तिकै लाइसेन्स हातमा दिँदा कमजोर संरचाहरु निर्माण हुने जोखिम बढेको र गुणस्तर पनि खस्केको हुनाले परीक्षा सञ्चालन गरेर मात्र लाइसेन्स दिने व्यवस्था गरिएको उहाँको भनाइ छ । रजिस्ट्रार गिरीले भन्नुभयो, “पहिले विश्व विद्यालयबाट इन्जिनियरिङ कोर्ष सकेलगत्तै लाइसेन्स प्रदान गरिएको थियो । यसो गर्दा दक्ष इन्जिनियर पैदा नभएकाले यो नियम ल्याएका हौँ । कम प्रतिशत उत्तीर्ण हुनुले पनि प्रष्ट देखियो ।”

२० वटा विधामा जाँच भएकोमा सबैभन्दा धेरै सिभिल इन्जिनियरिङमा उत्तीर्ण भएका छन् । सिभिल इन्जिनियरिङमा एक हजार १५३ जना थिए । 

२० वटा विधामा जाँच भएकोमा सबैभन्दा धेरै सिभिल इन्जिनियरिङमा उत्तीर्ण भएका छन् । सिभिल इन्जिनियरिङमा एक हजार १५३ जना थिए । पास भएका इन्जिनियरले इन्जिनियर व्यवसाय गर्न काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सका लागि परीक्षा सुरु गरेको उहाँले बताउनुभयो। इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीसँग परीक्षा लिनेगरेको थिएन । 

काउन्सिलले विश्व विद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा परीक्षाबिना लाइसेन्स दिएर इन्जिनियरको रूपमा काम गरिरहनुभएको थियो । तर अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्न काउन्सिलको परीक्षा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।