शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शालिग्राम नेपाल
चितवन, कात्तिक १६ गते । पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुमखोलामा सुक्खा पहिरो खस्दा राजमार्ग अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ चुमखोलामा माथिबाट झरेको सुक्खा पहिरोले गर्दा राति ९ बजेदेखि राजमार्ग अबरुद्ध भएको चितवन प्रहरी प्रमुख गोबिन्द पुरीले जानकारी दिनुभयो ।
पहिरो पन्छाउन इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षक प्रतीक सिंहको कमान्डमा प्रहरी परिचालन भएको छ । बाटो अबरुद्ध भएपछि राजधानीबाट बाहिरिने र भित्रिने सवारी साधनहरु बाटोमै रोकिएका छन् ।