‘समयमा उद्धार भएको भए धेरैको ज्यान बच्थ्यो’
समयमा नै उद्धार भएको भए धेरैले अकालमा नै ज्यान गुमाउन नपर्ने धादिङ बस दुर्घटनाका घाइतेहरुले धारणा राख्नुभएको छ । राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सी कक्षमा उपचाररत रहनुभएका काठमाडौँ बौद्धकी ४७ वर्षीया याङ्जी शेर्पाले सरकारले समयमा नै उद्धार गरिदिएको भए धेरैको जीवन बचाउन सकिने अवस्था हुन्थ्यो भन्नुभयो ।
एकै वडाका साढे पाँचसय बढी किसान आलु खेतीमा संलग्न
सल्यान बाफुखोला क्षेत्रमा पाँचसय ५० बढी घर धुरीका किसान व्यवसायिक आलु खेतीमा संलग्न छन् ।
प्युठानमा उम्मेदवारको शक्ति परीक्षण, जित्ने दाउमा सबै
प्रतिनिधिसभा निर्वाचन फागुन २१ नजिकिँदै जाँदा एक निर्वाचन क्षेत्र रहेको प्युठानमा चुनावी माहोल तातिएको छ । एक लाख ६५ हजार ४ सय १० मतदाता रहेको जिल्लामा यस पटक अनुभव, संगठन र नयाँ अनुहारबिच प्रतिस्पर्धा देखिएको छ ।
बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार
दुर्घटनाग्रस्त ग.२ ख. १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ ।
धादिङ बस दुर्घटना : २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप एकको मृत्यु
पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएको ग. २ ख. १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
खानेपानी र बाढी मुख्य समस्या
काठमाडौँको कागेश्वरी मनोहरा वडा नं. ८ गोठाटारका राधेश्याम शर्मा भण्डारी भोट माग्न आउने उम्मेदवारलाई प्रश्न गर्नुहुन्छ, “मेलम्ची आयोजनाको खानेपानी कहिले आउँछ ?” उहाँको प्रश्न पूरा हुन नपाउँदै उम्मेवादहरूको जवाफ हुन्छ, “निर्वाचनमा विजयी भएपछि पहल गर्छु ।”
उपभोक्तालाई चुनावी वर्ष महँगा
प्रतिनिधि सभा सदस्य निर्वाचन दुई अङ्कका दिन सकिएर एक अङ्कका दिन तिर लम्केको छ । फागुन २१ गते गणना शून्य मितिमा पुग्दा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले प्रत्यक्षतर्फ १६५ सिटका लागि ३४०६ जना र समानुपतिकतर्फ ११० सिटका लागि ३१३५ जनाको परीक्षण गर्ने छन् । तीमध्ये प्रत्यक्षतर्फका १६५ सिटका लागि तीन हजार ४०६ र समानुपातिकतर्फका ११० सिटका लागि तीन हजार १६५ जना उम्मेदवार छन् ।
धादिङमा बस दुर्घटना : १७ को मृत्यु, २८ घाइते (नामावलीसहित)
पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २८ घाइते भएका छन् ।
सबै दलका नारामा सुशासन
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरेका छन् । आवधिक निर्वाचनभन्दा दुई वर्षअघि नै हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको जग भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्ने, सरकारी सेवा डिजिटल माध्यमबाट सहज र सर्वसुलभ सेवा हो । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको मूल मुद्दा यही हो ।
पूर्वाधार विस्तारको पर्खाइमा विराटनगर
राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगरको औद्योगिक ताज फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर ती प्रतिबद्धता कार्यान्वयनमा भने शङ्का छ ।
समृद्धिको जडी तितेपाती पनि
नेपालका अधिकांश स्थानमा पाइने प्रमुख वनस्पति तितेपाती बहुगुणीय औषधी मात्रै होइन, यो आर्थिक समृद्धिको पनि जडी बन्न सक्छ । पूजाआजा र श्राद्धमा प्रयोग हुने तितेपाती पशुलाई सोत्तरदेखि मानव स्वास्थ्य रक्षकसँगै सौन्दर्य प्रशाधन– अत्तरका रूपमा प्रयोग गरेर आर्थिक समृद्धिको जडी बनाउन सकिने जानकारहरू बताउँछन् ।
निर्वाचन भयरहित सम्पन्न गर्न मिडियाको भूमिका महत्त्वपूर्ण हुन्छ : सचिव बस्नेत
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
निर्वाचनको विकल्प निर्वाचन नै हो : प्रमुख भण्डारी
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता शिक्षाका लागि गोरखापत्र संस्थानले आइतबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उदघाटन निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गर्नुभयो ।
सुदूरपश्चिम र गण्डकीलाई हक्की उपाधि
सुदूरपश्चिम र गण्डकी प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि जितेको छ । सुदूरपश्चिम पुरुष र गण्डकी महिलामा च्याम्पियन बनेको हो ।
वसन्तसँगै ढकमक्क फुल्यो सिमल
शिशिर याममा उराठिलो देखिने वनजङ्गलका बिच सिमलले मनको उदासी चिर्दै आशा जगाउने प्रतीकका रूपमा स्थान पाएको छ। साहुको भारी बोकेर थकित भरियालाई सिमली छायाँले शीतलता दिने सन्दर्भदेखि सामाजिक बन्धन तोडेर सिमलको भुवाजस्तै उड्ने चाहनासम्म, सिमल चौताराको महत्व लोकगीत र साहित्यमा झल्किएको छ।
पेचिलो निर्वाचनलाई सरल बनाएका छौं : प्रमुख निर्वाचन आयुक्त भण्डारी
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शताब्दीकै पेचिलो निर्वाचनलाई आयोगले सरल बनाएको बताउनुभएको छ ।
निर्वाचन समाचार अभिमुखीकरण (प्रत्यक्ष प्रसारण)
निर्वाचन समाचार अभिमुखीकरण (प्रत्यक्ष प्रसारण)
बाँदर नियन्त्रणदेखि मल कारखानासम्म
राजनीतिक दलले भने यस पटक कृषिलाई केन्द्रमा राखेर समृद्धिका आधारका रूपमा अघि सारेका छन् । किसानका धेरै समस्या र गुनासा उस्तै रहे पनि दलहरूले किसानलाई समृद्ध बनाउने आधार देखाएर आफ्ना घोषणापत्र त्यस्ता विषय समेटेका हुन् ।
‘निर्वाचनलाई निष्पक्ष शान्तिपूर्ण बनाउनूस्’
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । शुक्रबार साँझ बुटवल आएकी प्रधानमन्त्री कार्कीले शनिबार बिहान लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्वाचन निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण बनाउन निर्देशन दिनुभएको हो ।
नयाँ र पुराना होइन नवीनता खोजी
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न शनिबारदेखि १२ दिन बाँकी रहँदा राजनीतिक विमर्श दुई धारमा विभाजित भएको छ । राजनीतिक दलका नेता कार्यकर्ता र सामाजिक सञ्जालमा हुने निर्वाचनसम्बन्धी बहस सिद्धान्त, नीति र अबको संसद्ले गर्नुपर्ने कामका सन्दर्भमा भन्दा पनि ‘पुराना’ कि ‘नयाँ’ दल भन्दै सामाजिक ध्रुवीकरण सिर्जना गर्ने खतरा देखिएको हो ।
प्रतिबद्धता जनाउने, कार्यान्वयन नगर्ने
प्रतिनिधि सभा निर्वाचन प्रतिस्पर्धामा रहेका ठुलादेखि साना दलले समेत आफूहरू सरकारको नेतृत्व गर्ने तहमा पुगेमा शिक्षामा आमूल परिवर्तन गर्ने उद्घोषसहितको घोषणापत्र सार्वजनिक गरेका छन् ।
मतदाता फकाउने फरक शैली
प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवारले अनेक प्रचार शैली अपनाउन थालेका छन् । उम्मेदवारले मतदातासँग साखुल्य हुन गर्ने गरेका व्यवहार सामाजिक सञ्जालमा रमिता देखाउने ‘ट्रोल’ बन्ने गरेका छन् ।
रौतहट घटनाप्रति सुरक्षा समितिको चासो : आपसी सद्भाव कायम राख्न आह्वान
केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ।
आचारसंहिता पालना गराउन निर्वाचन आयोग गम्भीर बनोस् : ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गते हुने निर्वाचन भाँड्न विभिन्न शक्तिबाट कसरत भइरहेको बताउनुभएको छ ।